September 22, 2008

किन यति निर्दयी हुन्छन् मान्छेहरु????



चीनको विषाक्त दूध प्रकरणले यता जापानमा पनि हल्ला फैलाएको छ। चीनमा उत्पादित दूध र दूध मिसिएका खानेकुराहरु भटाभट हटाईँदैछन् बजारबाट। चीनको द्रूत आर्थिक विकासको 'बाइ प्रोडक्ट'का रुपमा यस्ता दुर्घटनाहरु लगातार बढिरहेका छन्। चीनमा उत्पादित 'ग्योउजा'(Dumplings)मा किटनाशक विषादि मिसिएको भेटिएको एक वर्ष पनि भएको छैन। त्यसका कारण जापानी मनमा चिनियाँ खाद्य उद्योगले खडा गरेको आतंक साम्य हुन नपाउँदै यो घटना घटेको छ। यस्ता कुरामा जापानीहरु अत्यन्त संवेदनशील छन्। हुनपनि गुणस्तर, त्यो पनि खानेकुराको सवालमा, जापानीहरुजति संवेदनशील अरु कमै होलान्। अब लामो समयसम्म चिनियाँ खानेकुराहरु कम देखिएलान् बजारमा। हाम्रो छिमेकी बंगलादेशले पनि यस विषयमा आवश्यक निर्णय गरिसकेको छ। हाम्रो देशमा के भईरहेको होला? हाम्रो देशमा पनि चिनियाँ सामानहरु र खानाहरु छ्यास्छ्यास्ती छन्। विषाक्त दूध हाम्रो बजारमा पनि आईपुगेको थियो होला। यस बारेमा सरकार कत्तिको चनाखो भएको छ कुन्नि?

मान्छेहरु आफ्नो कुत्सित स्वार्थका लागि कतिसम्म तल गिर्न सक्छन् भन्ने कुराको प्रमाण हो यो। ती लाखौं-करोडौं अबोध निर्दोष बच्चाहरु जसले ती कम्पनीहरुका दूध पिए, तीनको के दोष थियो?! सैयौंले आफ्नो सुन्दर जीबन गुमाएका छन्, हजारौं सिकिस्त विरामी भएका छन्। यो घटनाको खुलासा नहुँदै कति बच्चाहरुले ज्यान गुमाईसकेका थिए होलान्। यसको असर धेरै पछिसम्म देखिनेछ। ती बच्चाहरु कुनै न कुनै हिसाबले शारीरिक-मानसिक रुपमा अशक्त वयस्क भएर बाँच्नेछन्।

सुन्दर फूलजस्ता निर्दोष बच्चाहरुप्रति पनि कोहि किन यति निर्दयी हुनसक्छ? बच्चाप्रति निर्दयी हुने 'मानिस' मानिस होइन जस्तो लाग्छ। मेरो लागि त पृथ्वी सुन्दर हुनुको एउटै कारण बच्चाहरुनै हुन्।

आफ्नै देशबाट पनि नराम्रा खबरमात्रै आउँछन्। हिमालखबरमा केहि दिन पहिला पढेको थिएँ, एउटा गरीबको बच्चालाई कथित तान्त्रिक र केहि ठूला-ठालू मिलेर बली दिएछन्। त्यो पढेदेखि मनस्थिति एक हिसाबले ठीक ठाउँमा छैन अचेल। यो कस्तो धर्म? अबोध बच्चाको बली नखाइ 'नअघाउने' तीनका देउता कस्ता? तर दोषीहरु भने अझै चोखै छन्, उल्टो तीनको संरक्षणमा प्रशाशन राजनीतिका माथिल्ला तहका ब्यक्तिहरु लागेका छन्! यो कस्तो विडम्बना हो? कस्तो नियति हो हाम्रो? हामी २१ शताब्दीमा आईपुगेका हौं कि नरभक्षी युगमा फर्केका हौं?

13 comments:

  1. " बच्चाप्रति निर्दयी हुने 'मानिस' मानिस होइन जस्तो लाग्छ । मेरो लागि त पृथ्वी सुन्दर हुनुको एउटै कारण बच्चाहरुनै हुन् । "
    वसन्तजी पूर्ण सहमति राख्छु तपाईंसँग यो कुरामा । पैसाले माया प्रेम सद्भाव जस्ता सबै कुराहरु बिस्थापित गर्दै लगेकोले यो सब भै रहेको छ अहिलेको दुनियाँमा ।

    ReplyDelete
  2. खै यसै भन्न सकिँदैन, चाइनिज सामान को बारेमा !
    हिजोआज जोक गर्ने गर्छन्, चाइनामा डाक्टर पढेर आ'को लाई "चाइनिज डाक्टर" भनेर, सिम्बोलिक रुपमा !

    अब मान्छे निर्दयी भए, भएनन्, त्योबेग्लै कुरा हो, कहिलेकाँहि अन्जानमा नै ठूलो भुल हुने गर्छ । जहाँसम्म नेपाल को कुरा गर्ने हो भने, दिनैपिच्छे जस्तो खबर आइरहेको हुन्छ, यहाँ विषाक्त खानाले, यति लाई यसो भो भन्दै । फुड पोइजनिङ पनि धेरै हुने गरेको छ । अनि मिनरल वाटर, कोक, पेप्सी जस्ता पेय पदार्थमा फोहोर र लेउ भेटिएको छ, सोफी नामको रक्सीले गाउँ नै सोत्तर पनि बनाएको छ ।

    बाढिग्रस्त क्षेत्रमा पनि यही खानेकुराले नै फुड पोइजनिङ भएको खबर पनि आइरहेको छ । नेपाली ले गुणस्तरिय खाद्यान्न खै, कहिले भेट्लान र ????

    ReplyDelete
  3. बिषयवस्तु उठान अत्यन्तै संवेदनशील लाग्यो । यसको जवाफ त मसँग छैन । तर के लाग्छ भने यो यसको जवाफ त मसँग छैन । तर के लाग्छ भने संसारमा शक्तिको मातको लागि जतिसुकै उन्मत्त हुन पनि मान्छे आज तयार छ ।

    ReplyDelete
  4. चीनमा विषाक्त दूध बनेको र यसरी बाल-बलीकाहरु शिकार भएको यो पहिलो पटक होईन ।

    करिव ३-४ बर्ष अगाडी पनि 'कृतिम दूध' बनाएर धेरैको ज्यान र स्वास्थ संग खेलवाड भैसकेको छ त्यहाँ ।

    समष्टीमा मानवता अझै परिपक्क नभईसकेको जस्तो लाग्छ मलाई। नत्र चीनको कडा कानूनको बारेमा हामि सबैलाई थाहा नै छ, त्यस्तो कडा कानूनको बिचमा समातिने बित्तीकै ज्यान गुमाउनु पर्ने स्थिति छँदा छँदै पनि मान्छेले यस्तो काम कसरि गर्न सक्छ ?

    ReplyDelete
  5. I have been following this news since last few days. Today, I got shocked after I read that the China's biggest producer of powdered milk had known for months that its baby formula was tainted with the industrial chemical melamine. Melamine, which can cause kidney stones and kidney failure in babies, has since been found in infant formula and other milk products from 22 of China's dairy companies. The tainted baby formula has already killed four babies and sickened nearly 53,000.
    Probably, Dilip Acharya ji is right in pointing that the Chinese laws are very strict. I have heard it too. However, according to a report by China Central Television, there were complaints about the infant formula sold by the Sanlu Group Co. since as early as December, 2007. Then why the information was overlooked? WHO has also indicated the necessity of a robust reporting and regulatory system saying "It is important to know if information was withheld, where and why it was withheld".
    The head of the Chinese agency that monitors food and product safety has resigned following this incident; but does it compensate to the tragedy it has caused? well, nothing can repair the disaster already happened. but, I hope Chinese government shall take toughest action against the culprits.
    Though, there is a negative perception about the Chinese goods, specially in south Asian market. But, the fact is, they have become an essential component of our life-style. so, we sincerely hope that new regulations and procedures are introduced in an attempt to restore the consumer confidence back in Chinese goods.

    ReplyDelete
  6. मलाई चिनियाँ सामानको भन्दा बालबालिकाको चैँ कुरा गर्न मन लाग्यो । वसन्त दाइले भन्नुभएजस्तै साँच्चै नै बालबालिकाले संसारलाई धेरै नै सुन्दर बनाएका छन् । आफू जति नै तनावमा भएपनि एउटा सानो नानी आफूलाई हेरेर मुसुक्क हाँसीदियो भने कति चैँ रमाइलो हुन्छ भन्ने कुरा व्यक्त गर्न निकै कठिन छ । यस्ता संसारलाई खुशी बनाउने अबोध बालबालिकाको ज्यान समेत लिन सक्ने यस्ता खतरा उत्पादनका बारेमा नेपाल सरकार पनि जानकार भइदिएर चाँडै समाधानको बाटो अपनाइदिए हुन्थ्यो ।

    ReplyDelete
  7. चिनियाँ सामानमा यस्ता कैफियत देखिनु कुनै नौलो कुरा होईन। खासाबाट नेपाल भित्रिएका टाईगर बियरको कमगुणस्तरले पनि हामी सचेत भएका थियौँ। जापानमा भने चीनले राम्रै सामान पठाऊँछ की जस्तो लागेको थियो। तर त्यो विश्वास पनि ग्योजा कान्डले खत्तमै गरेको थियो। ग्योजा कान्ड पछि केही विदेशी चिनीयाहरुले लेखेका लेखहरु पढेपछि त अहिले म कुनै चिनियाँ खाध्य सामाग्री प्रयोग गर्ने पक्षमा छैन। कुकुर-विरालो देखि लिएर साना-साना नानीहरुसमेत चिनियाँ सामानको प्रयोगले मृत्यु अँगाल्न पुगेका छन। तर, चिनियाँहरु भने कसैलाई झुन्डाएर क्वालिटी बढाऊने सपना देख्छन। कतै पढेको थिएँ, यो समस्या सिस्टमेटीक भईसक्यो चीनमा भनेर। हो जस्तै लागेको छ।

    ReplyDelete
  8. मन नै सिरिङ्ग भो । यो लेख नेपाली अखबार पत्रीका मा पनि छपिए हुन्थियो ।

    ReplyDelete
  9. I have so many of your wonderful writings to read dai.I will be back soon, these days hospital is killing us.
    Hao jiu Bu jian gege, Hope you and family is doing good.:)

    ReplyDelete
  10. sachainai basanta g tapaiko sochai dherai ramro 6 , k garne manis dherai jan ne bho bhane khai k hun6 bhan the tystai ho ! aruko matlab rakhadainan sab aphnai bare ma matra socha6n ani yisabai niyatile banaayeka nirdayee manche haru hun....maile hereko rahin6u nepal ma pani balak lai bali di iiyo bhanera ....kasta ...dharma ho kuni? tinka kasta dewata holan bachaaharu nai khane ...baru uniharulai nai khaye hune bho ..tyso bhaeko bhaye yo world ma aauta papi bhaye pani minus hun6iyo ho la hain ra?

    ReplyDelete
  11. धन्यबाद सबैलाई!

    चीनियाँ उत्पादनहरुमाथिको विश्वशनीयता लगातार घटिरहेको छ यस्तै घटनाहरुले गर्दा। माओको कठोर नियन्त्रणकारी बन्द समाजबाट फुत्केर खुला समाज हुनासाथ चिनियाँहरुमा जसरी भएपनि सकेसम्म चाँडै धनी हुने होडबाजी चल्यो। त्यै होडबाजीको परिणति आजका यी घटनाहरु हुन्।
    जहाँसम्म चीनमा साह्रै कडा कानून छन् तैपनि--- भन्ने कुरा छ, कानून कडा हुनु-नहुनले केहि फरक पार्दैन यदि त्यो कार्यान्वयन हुन्न भने। चीनमा राज्यका माथिल्ला निकायहरुनै यस्ता कुरामा संलग्न छन्। जनस्तरबाट अलिकति पनि आवाज उठ्यो भने 'राज्य विरोधी' , 'देश द्रोही' भनेर उल्टो त्यसैलाई झुण्ड्याइन्छ। आर्थिक रुपमा खुल्ला भएपनि राजनीतिमा भने कठोर साम्यवादी नियन्त्रण जारीनै छ।

    यो विषयमा पछि पनि लेख्दै गरौंला।

    ReplyDelete
  12. This comment has been removed by the author.

    ReplyDelete
  13. चीनका 'elite' हरु भने कस्तो मोज गरेर बसेका छन् भन्ने कुरा यहाँ पढ्नुस्।

    http://news.yahoo.com/s/ap/20080924/ap_on_re_as/as_china_elite_foods;_ylt=AtVWfmm0XEDzuK0iyyf5HdWs0NUE

    साम्यवादीहरुले फलाक्ने 'समानता'को नारा भनेको 'नारा' बाहेक केहि पनि होइन।

    ReplyDelete