मोबाइल फोन 'को' कुरा गरौं आज। सधैं मोबाइल फोन 'मा' मात्रै कति कुरा गर्नु:)
गएको शनिबार बिहान छोरीलाई खाना ख्वाउँदा निक्लेको हो यो टाँसोको विषयवस्तु। बच्चालाई खाना ख्वाउन समय लाग्नेनै भयो। अनेक थरी कुरा गरेर हुन्छ कि, गीत गाएर हुन्छ कि टि भी देखाएर हुन्छ कि, सकेसम्म छिटो त ख्वाउनै प-यो। पहिला-पहिला नेपाली लोकगीत र नाचका भिडियो देखाएपछि खुशी भएर खाना खान्थी। उसकै कारण हामी पनि यूट्यूबमा नेपाली लोकगीत-लोक दोहरी खोजी-खोजी हेर्न थालेका थियौं। तर किण्डरगार्टेन जान थालेपछि उसको रुचि विस्तारै फेरियो, जापानी बालगीतहरु र कार्टूनहरुमा रस बस्यो। नेपाली लोकगीत बजाउँदा झर्कन थालेकी थिई। केहि महिनै भईसकेको थियो, उसले नेपाली लोकगीत नेहरेको र उस्को निहुँ पारेर हामीले पनि नहेरेको।
गएको हप्ताको तीजको कार्यक्रम हेरेर आएपछि भने उसलाई फेरि लोकगीतमा रस बसेजस्तो छ। 'नेपा-रु उता मिरु!(नेपाली गीत हेर्ने!)' भन्न थालेकी छे अचेल। अस्ति पनि खाना खाने बेलामा त्यसै भनेपछि एउटा लोकगीतबाट अर्को लोकगीतमा फड्को मार्दै खाना ख्वाउँदै थिए; तल राखिएको गीतमा आँखा प-यो, रमाईलो लाग्यो।
साढे पाँच वर्ष पहिला नेपाल छोड्दा मोबाईल फोनको प्रयोग बढ्दै थियो। आफूले भने मोबाईल फोन समाउने सौभाग्य बिदेश आएपछि मात्रै पाईयो। अहिले ब्यापक भएको छ, र त्यो ब्यापकताले स्वाभाविक रुपमा समाजमा सांस्कृतिक प्रभाव पनि जन्माउँदैछ। यो गीत पनि मलाई मोबाइल फोनको त्यस्तै एउटा सांस्कृतिक प्रभाव लाग्छ।
*********************************************
अलिक पुरानो कुरा यहाँ पढ्नुहोस्, "घुम्दै-फिर्दै, फेरि नेपाली लोकगीत"।
बच्चालाई खाना खुवाउन कत्ती गाह्रो हुन्छ भन्ने मलाई पनि थाहा छ। मैले मेरो छोरीलाई खाना खुवाउने बहानामा "Ice Age" भन्ने Animation film ३०० पटक भन्दा बढि हेरें हुंला ।
ReplyDeleteअरु त सबै ठीकै हो बरु नेपाली बोल्न सिकाईएन को के हो आर्या लाई? । 'नेपा-रु उता मिरु!' मात्रै भन्न आउँछ कि "नेपालि गित हेर्ने" पनि...हा हा ...।
गीत चैँ साह्रै रमाइलो लाग्यो ।
ReplyDeleteदिलिप आचार्यको प्रश्नको जवाफ मलाई पनि सुन्न मन लाग्यो ।
Mobile ko kura aprampar cha dai ahile .Jata here ni mobile nai mobile cha.
ReplyDeleteBaru tapaiko yo geet herer malai pani youtube ma nepali geet haru khojna man lagyo. sarhai ramailo hune rahecha.
मैले त मोबाइल फोन कै बारेमा या मोबाइल कै बारेमा लेखिएको होला भन्ने सोचेको त । खैर, खुवाउनलाई साह्रै गाह्रो छ है !
ReplyDeleteकेहीसमय पहिले एकजना दाइ ले यसो भनेका थिए:"मेरो छोरोलाई खुवाउन साह्रै गाह्रो, खानै मान्दैन तर पनि म चाँहि सजिलै खुवाँउछु । खाना ठिक्क पारेर मुख नजिक लग्यो अनि, लौ मा-म ले त बचाउ बचाउ भनेर कराउँदैछ भन्यो भने मेरो छोरो ले खाइदिहाल्छ ।,टेन्सन नै साफ"
भलै बच्चाको मानसिकता जस्तो देखिएपनि, मलाई चाँहि ती दाइले भन्नुभएको कुरो साह्रै घत लागेको थियो ।
कमेण्ट लेख्न पो अल्मलिएं त म चैं , मोबाई फोनको बारेमा लेख्ने कि , छोरीलाई खाना खुवाउने बारेमा कि त्यो लोक गीतको बारेमा , अरु त्यस्तै हो छोरीले नेपाली गीत हेर्ने भन्न सकुन है
ReplyDeleteधन्यबाद सबैलाई!
ReplyDeleteदिलिप दाइ र उजेलीजी, आर्याले हामीले बोलेको नेपाली धेरै बुझ्छे तर बोल्न सक्दिन। एक वर्षकी भएबाट किण्डरगार्टेन जान थाली, नेपाली भन्दा जापानीनै बढी सुन्ने हुनाले जापानीमै कुरा गर्न थाली तोते बोल्ने भएबाटै। जुन वातावरणमा बच्चाहरु बढी बस्छन् त्यसकै प्रभाव हावी हुने भईहाल्यो। नेपाली बोल्दिए हुन्थ्यो जस्तो त लाग्छ, तर जबर्जस्ती सिकाउने कुरो भएन।
त्यति चिन्ता लागिसकेको छैन। नेपाल फर्कँदा चार-साढे चारकी होली। त्यो उमेरमा नेपाली सजिलै टिप्ली भन्ने लागेको छ।
अचेल हामीले नेपाली बोल्दा त्यसको नक्कल गरेर जिस्काउन पनि थालेकी छे।
भरतजी, नेपाली गीत सकेसम्म हेर्नुहोला। लोकगीतसंगै आफ्नो मुटु धड्किँदो रहेछ भन्ने कुरा बल्ल बुझ्दैछु म पनि।
आकारजी, टाँसोको शिर्षक 'मोबालले ल्याएको प्रसंग' राख्नुपर्ने रहेछ, त्यसो भए त्यति अष्पष्टता हुन्नथ्यो होला, माफ पाउँ।
ती दाइको तरिका दामी हो, तर म ठोकेर के भन्न सक्छु भने त्यो तरिका बढीमा महिना नत्र दुई हप्तामै पूरानो भयो होला त्यसपछि छोरालाई खाना खुवाउन उहाँले पक्का पनि अर्को तरिका अपनाउनुभयो होला।
दीपकजी, कोशिश त त्यहि हुनेछ उस्ले चाँडो नेपाली सिकोस् भन्ने।