कविताः जब लुकीलुकी चियाउँछ रंगीन शरद
लाग्छ हरपल तिमीले-काँध कोट्याएर बोलाइरहेजस्तो
पछाडिबाट सुटुक्क-
आँखा छोपेर झुक्याएजस्तो
जब लुकीलुकी चियाउँछ रंगीन शरद
दोबाटोमा अलिक छेलिएर-
तिमी मलाई कुरिरहेजस्तो
र हरेक घुम्तीमा म मोडिँदा-
तिमी मेरो छातीमा ठोक्किएजस्तो
जब लुकीलुकी चियाउँछ रंगीन शरद
हेर, मभित्र बगेको तिम्रो याद
झन् झन् गाढा भईरहेको
जब लुकीलुकी चियाउँछ रंगीन शरद
ए मेरो देश!
हेर, तिम्रो मिहिन स्पर्शले मात्तिएको म
तिमीसंगको मेरो प्रेमकथा
निष्फिक्री, बेपर्वाह
यी घुम्ती-घुम्तीलाई सुनाइरहेको
घुम्ती कुरेर बसेका
यी बस्ती-बस्तीलाई सुनाइरहेको ।
-सेप्टम्बर २००८
नागोया, जापान
mitho Romantic kavita
ReplyDeleteDashain aauna lagda..Deshko yaad jhan jhan aauchha hola hai ?
Hi you have a nice blog. Please join http://nepaliblogawards.blogspot.com
ReplyDeleteशरदले लुकीलुकी चियाउँदा , शरदको पछिल्तिरबाट झनै लुकेर दशैंले चियाएझैं , मनले पुराना सम्झनाका पोकापन्तुरा फोएर मेटिन मेटिन लागेका शारदिय दिनहरु चियाएझैं साह्रै गज्जब अनिभुति भयो । वसन्तजी यस्लाई आकारमा अलिकति लामो पार्दा कसोहोला ? भन्दाभन्दै समय नपुगेर भन्नबाँकी रहे झैं भान भो अन्तिममा , कि हैन हौ ?
ReplyDeletegood peom.. and also nice pic.. where is that place??
ReplyDeleteमलाई त कविता धेरै राम्रो लाग्यो । दीपक दाइले भनेको कुरा हो जस्तो पनि लाग्छ तर अलि लम्ब्याउँदा यस्तै गहकिला शब्दा आउँछन् भने त ठिकै हो तर ट्यास्स टाँसेजस्तो पनि हुनसक्ने भएकाले यति नै धेरै राम्रो होला जस्तो लागेको छ मलाई ।
ReplyDeleteNice poem. & the picture too!
ReplyDeleteधन्यबाद सबैलाई!
ReplyDeleteअविनाशीजी, ठीक कुरा गर्नुभयो। देशको याद सधैं आउँछ तर यो बेलामा झन बढी आउँछ। यो समयको रसायननै बेग्लै छ कि के हो, अत्यन्त भावुक र रुमानी बनाउँछ।
Nepali Blog Awardsजी, यहाँको प्रयासको लागि धन्यबाद! नेपाली ब्लग जगतलाई यसको खाँचो परिसकेको थियो।
बद्रीजी, यो ठाऊँ कुन हो मलाई पनि थाहा छैन। कविताको भावसंग मिल्ने लागेर राखेको हुँ।
दीपेन्द्रजी, प्रशंशाको लागि आभारी छु।
अन्त्यमा दीपकजी र उजेलीजीसंग छोटो कुराकानी, कविता लेखनसम्बन्धी मेरो मान्यताको बारेमा । दीपकजीले भनेजस्तै कविता छोटो हो तर जानीबुझीकनै मैले यसलाई नलम्ब्याएको हुँ। कवितालाई म आफ्नो भावनाको शुद्ध संप्रेषणको माध्यम मान्छु। यसमा सन्देशहरु, घटनाक्रमहरु, आफ्ना मान्यताहरु घोल्न त्यति मन पर्दैन मलाई। भावनालाई धेरै ब्याख्या ग-यो भने त्यो भावनाको सौन्दर्य मर्छ र रचना कुरुप हुन्छ जस्तो लाग्छ मलाई। यसैले म सकेसम्म छोटो कविता लेख्छु, र अचानक फुरेका आफ्ना भावनाहरुलाई सकेसम्म जस्ताको तस्तै राखिदिन्छु। यहाँ 'सकेसम्म' किनभने लयात्मकता दिनको लागि केहि शब्दहरु फेर्ने (समानार्थी अरु शब्दहरु राखेर) वा केहि हरफका लम्बाईलाई तानतुन पार्ने 'खेल' भने अलिअलि खेल्छु। म कविता लेख्न भनेर कहिल्यै बस्दिन किनभने कविता 'प्राविधिक' कुरो होइन, पहिला खाका कोरेर पछि ज्यान भर्ने। मेरा लागि कविता आउँछ भने एकैपटक सशरीर र जीवन्त भएर आउँछ, नत्र आउँदै-आउँदैन।
आफ्नो मान्यता र विचारलाई ब्याख्या सहित प्रस्तुत गर्न मलाई कथा वा निबन्धहरुको माध्यम मनपर्छ (भलै मैले त्यतिधेरै लेख्न सकेको छैन अझै)।
अनि मलाई, केहिलाई छोडेर धेरैजसो लामा कविताहरु पढ्न पनि दिक्क लाग्छ।
माथि दीपकजीले भन्नुभएको छ, "भन्दाभन्दै समय नपुगेर भन्नबाँकी रहे झैं भान भो अन्तिममा", मेरो उद्देश्य पनि त्यहि हो। मैले यहाँहरु र अरु सबै पाठकहरुमा छोड्नचाहेको चस्का पनि त्यहि हो। अनि भन्न बाँकी रहेका कुराहरु? मैले भन्न चाहेका कुराहरु मैले भन्दिएँ, बाँकी भन्ने पालो यहाँहरुकै।
गज्जब !
ReplyDeletesadhubad 6 tapailai , tapaile lekhnu bhaa 6 ni"ए मेरो देश! हेर, तिम्रो मिहिन स्पर्शले मात्तिएको म तिमीसंगको मेरो प्रेमकथा निष्फिक्री, बेपर्वाह" ou kati mithas 6 , tapaile aaphono desh prem lai ramrari pokhna saphal hunu bhayeko 6....
ReplyDeletenice poem i like it yr feelings. Poem is short and nice so i can able to read it many times.
ReplyDeleteधन्यबाद आकारजी, बेदनाथजी र समीरजी!
ReplyDeleteमिठो छ देशको याद अनी तपाईं को कविता :)
ReplyDeleteधन्यबाद रजिना!
ReplyDelete