December 05, 2007

झण्डै आफ्नै ब्लग बिरानो भएको!

जिन्दगीले बेस्सरी ब्यस्त बनाइदिएको छ। ब्लगलाई समय दिन पाइएन लामो समयसम्म। केहि समय पहिला पढेको थिएँ, दिनमै हजारौं ब्लगहरु शुरु हुन्छन् रे इण्टरनेटको दुनियाँमा, र झण्डै सबैजस्तै केहि समयपछि (केहि त एक-दुई पोष्टिङ्गपछिनै!) 'मृत: ब्लग' बन्छन् रे! 'मृत: ब्लग' भनेको नयाँ कुरा केहि पनि नथपिने ब्लग। त्यस्ता ब्लगहरु करोडौँ भईसके रे। एकजना लेखकले त्यस्ता ब्लगहरुलाई सोत्तर भएर मरेका किराहरुसंग दाँजेका थिए कतै।

मलाई एकदम डर लागिरहेको थियो, मेरो ब्लग पनि 'मृत:'को दर्जामा पुग्ला भनेर। त्यसैले अलिकति सास भर्न आज पसेको हुँ यहाँ। यति सासले कतिदिन धान्छ कुन्नि, तर यो ब्लगमा अलि गतिलो 'ज्यान' नभरी भने भएको छैन।

अलि दामी 'डाइट' लिएर आउँला अब फेरि, कम्तिमा हप्ताको एकचोटि!

जय होस् सबैको!

4 comments:

  1. ठिक कुरो गर्नु भयो बसन्त जी । मैले यस कुरा बारे चै सोचेको हुँ । त्यसैले म पनि सकेसम्म महिनाको एकचोटि मात्र भएपनि केई न केहि चै लेखने गर्छु । पछि लेखने हो भने खालि save मात्रै गरेर राख्छु, पछि publish गर्नुको लागि ।

    ReplyDelete
  2. धन्यबाद क्याप्छ्याकीजी!
    हेरौं, सके हप्तामा, नसके महिनामाचाहिं एकचोटि लेख्नै पर्ला।

    ReplyDelete
  3. I am also writting nowadays n the speed is so fast that within one month i wrote alomst 40 posts.But is it my unfortune or smthing like that i even don't know what is the meaning of blog in Thet Nepali.I hope u may be help me.

    ReplyDelete
  4. ametyajee, thank you for visiting this blog and the comment!

    Do you want to know the meaning of 'blog' in Nepali? Sorry bro, I have also thought a lot about that, but haven't found the appropriate one yet.

    ReplyDelete