May 19, 2007

अब भने गम्भिर भएरै लाग्छु!

इण्टरनेटमा यति धेरै समय बिताईन्छ, तर उद्देश्यपूर्ण तरिकाले, प्रणालीबद्ध भएर यसको प्रयोग गर्न अझै सकेको छैन मैले। ब्लगिङबाट शुरु गरेर बिस्तारै अगाडि बढ्ने विचार छ मेरो।
पहिला पनि एक दुई पटक शुरु नगरेको हैन, तर अगाडि बढ्न सकेन; मेरै आलस्यको कारणले हो। अब भने गम्भिर भएरै लाग्छु!

ब्लगिङ शुरु गर्नुको मेरो उद्देश्य नेपालको समसामयिक परिवेशका बारेमा आफ्ना विचारहरुलाई सशक्त ढंगले राख्नुनै हो। साथमा, मेरो दैनिक जीवनका उल्लेखयोग्य घटनाहरु पनि बेला-बेलामा राख्ने छु।

No comments:

Post a Comment