May 29, 2007

नेविसंघमा गणतन्त्रवादी(?) को जीत

(article still under composition)

नेपाली कांग्रेस यसै पनि देशको सबैभन्दा ठूलो सामन्ती संरचना (राजतन्त्र भन्दा पनि ठूलो!) हो जो 'केन्द्रीकृत' मात्रै नभएर 'केन्द्रीय सभापतिकृत' छ। नेपाली कांग्रेसको महासमितिको के कुरा, दलका जिल्ला वा गाउँ समितिका मात्रै के कुरा, नेविसंघ र महिला संघ जस्ता भातृ संगठनहरुका पनि केन्द्रीय समितिहरु मात्रै नभएर इकाइ समितिहरु समेत गिरिजा (अथवा उनका सीमित आसेपासे) को हस्तक्षेपविना बन्न र संचालन हुन विरलै पाउँछन्। यो अवश्थामा प्रदीप पौडेलको जीतले खासै ठूलो अर्थ नराख्न सक्छ, उनले गिरिजालाईनै दह्रो प्रभाव पार्न सक्छन् भने एउटा कुरो हो, तर त्यसको सम्भावना छँदैछैन।
तर पनि यो जीतले थोरै भएपनि खुशी र झिनोमात्रै भएपनि आशा दिएको छ। नेपाली काँग्रसभित्र गणतन्त्रको पल्लालाई भारी बनाउन केहि न केहि प्रभाव त पार्लानै यो जीतले। नेपाली काँग्रसले गणतन्त्रको स्पष्ट धार लिनु दुई कारणले अत्यावश्यक ठानेको छु मैले। पहिलो त यसको आफ्नै अस्तित्व रक्षाको हो। गणतन्त्रको बाटो नलिने हो भने काँग्रेसले बिघटनको बाटो लिनेछ, मोरियार्टीहरुले जत्ति मन पराएपनि। यो यथार्थलाई काँग्रेसको समर्थक र कार्यकर्ता पंक्तिले बुझिसकेको छ, नेतृत्वले पनि चाँडै बुझ्नेछ भन्ने आशा गरौं र के पनि आशा गरौं भने प्रदीप पौडेल जस्ताले बुझाउन सक्नेछन् तीनलाई। नेपाली काँग्रेसजस्तो मध्यमार्गी राजनीतिक-आर्थिक चिन्तन बोकेको दल नेपाललाई सधैंका लागि आवश्यक छ।
दोश्रो, माओवादीको एकदलीय अधिनायकवादी गणतन्त्रको सम्भावनालाई न्यून पार्न पनि काँग्रेस लगायतका मूलधारका दलले गणतन्त्रको मुद्दालाई अगाडि बढाउनै पर्छ। हुनत, बिभिन्न राष्ट्रिय-अन्तर्राष्ट्रिय कारणले गर्दा माओवादीको एकदलीय अधिनायकवादी सत्ताको सम्भावना अहिले पनि कमै छ, तर यसलाई अझ कम गराउनै पर्छ। त्यसको लागि एउटा राम्रो उपाय भनेकै माओवादीका सहि मुद्दाहरुलाई मूलधारका दलहरुले आफ्नै मुद्दाका रुपमा जनताका माझमा लिएर जानु हो। यसै क्रममा गणतन्त्रको नेतृत्वनै काँग्रेसले गरोस् भन्ने मेरो चाहना छ।
************************************

No comments:

Post a Comment