अब आज फेरि 'इतिहासको ब्याज'। 'इतिहासको ब्याज' अब त धेरै बाँकी पनि छैन, सावाँनै सिद्धेर ऋण लाग्ने स्थिति आउला जस्तो पो छ:)
कुरो चाहिँ मेरो छोटो गजल-लेखन यात्रा बाट हो। नेपालमा दोश्रो जन-आन्दोलन सकिएको केहि महिनापछिको समय थियो। त्यतिखेरको वातावरणमा तीन शेर फुरे। अलिक निराशावादी लागे यी र समयलाई 'न्याय' दिन भनेर एउटा सकारात्मक संस्करण पनि तयार पारें। यहि स्वरुपमा दुबैलाई साझाको गजलको धागोमा राखें। कुनैदिन दुबैलाई पूरा गरौंला/सपारौंला भन्ने थियो तर बिस्तारै मन मर्दै गयो। अब यतिखेर आएर पूरा गर्न खोज्दा त झन् त्यो समयको मनोदशा माथि घोर अन्याय हुने पक्का छ।
आज तपाईँलाई पनि तिनै दुई 'अधूरा' घरहरुमा स्वागत गर्दैछु। कताको बसाई राम्रो भयो, भन्न नभुल्नुहोला।
यो ,पहिला जन्मेको अलिक 'निराशावादी';
न साँच्चै फेरियो तिम्रो ठेगाना!?
दागै-दाग देख्छु फिर्ता चिठ्ठीमा
कहाँ-कहाँ हेरियो तिम्रो ठेगाना!
आगतसम्म तन्किने फाँट भएन
बिगतमै बेरियो तिम्रो ठेगाना
(‘केरियो’ लाई ‘लेखियो’को अर्थमा प्रयोग गरिएको हो!)
अनि यो चाहिँ, 'निराशावादी' लाई ठेगान लगाउन जन्माइएको 'आशावादी';
वर्षौं मैले लेखें खाममा तिम्रो ठेगाना
आज बल्ल देखें खाममा तिम्रो ठेगाना
थाहा छ बजारमै खोसाखोस भएको
दाग थोरै भेटें खाममा तिम्रो ठेगाना
रोईरहें धेरैबेर छातीमा टाँसी
दाग मैले मेटें, खाममा तिम्रो ठेगाना
थाहा छैन के छ भित्र, तर ढुक्क छु
मैले आगत टेकें खाममा तिम्रो ठेगाना
बसन्त जि गजलका प्रतेक शेरहरुले आफ्नै अस्तिव र महत्व बोकेका हुन्छन मैले त्यही बुझेको छु त्यसैले होला यि तपाईंका गजललाई पूर्ण रुपमा अधुरो भन्न भने मैले सकिन र यदी यसो भनिन्छ भने यसमाथी अन्याय हुन्छ जस्तो लाग्छ मलाई त।
ReplyDeleteअब कुरा गरौ गजलको तपाईंका दुबै गजल मन छुने पाए जुन सत्यताभित्र कोरिएका छन। प्रष्ट रुपमा भन्दा पिडा भित्र यथार्थ लुक्ने भएर होला मलाई किन किन अली पिडाकै शब्दहरु बढी भएका गजल मन पर्छ फेरी आसाबादी हुँ भनेर गफ दिन पनि पछी परिदैन अनी कसरी भन्नु आसाबादी भएर लेखिएको गजल भन्दा निरासाबादी गजल मन पर्यो भनेर होइन र।
बसन्तजी, कती राम्रो लेख्न सक्नु भा'को ? मन ज्यादै गहिरो रुपमा छोयो । कता कता "पहिलो प्रेम" याद आयो । [ अहिले श्रीमती नभएकी बेलामा खुसुक्क भन्या है !]। नयाँ खाममा सहि ठेगाना सहित पत्र पठाउन भनेर मैले भर्खरै { यहाँको ११:३० बिहानी } तपाईंलाई तार हानेको तर उठेन । शायद समय नमिलेर होला । खैर,केही छैन । बातमा कुरा गर्दै गरौला, त्यो पनि नभए, ब्लगमा गजल हेरेर चित्त बुझाउला !
ReplyDeleteकि गलत केरियो तिम्रो ठेगाना
ReplyDeleteन साच्चै फेरियो तिम्रो ठेगाना !!
वा! गजब! मलाई यो चै निकै मनपर्यो । हुनत दुबै निकै राम्रो लाग्यो तर पहिलो चै जीवन्त देखे है मैले।
-रमा
हुनत म आशावादी नै हुँ । तर माथिको गजल पढ्दा भने किन किन यो निराशावादीलाई 'ठेगान लगाउन' लेखीएको आशावादी भन्दा उहि निराशावादी नै बढी जमेको जस्तो लाग्यो ।
ReplyDeleteहुन त उर्दुमा पनि चार शेरहरुका गजल भेटेको छु, त्यो हिसाबले यसलाई अधुरो भन्न नपर्ला की !
:)
ReplyDeleteबसन्तदाइ, हजुरको यो बहिनी पनि पनि निराशावादी चै छैन है, अघि प्रतिकृया लेख्दा आशा र निराशा तिर ध्यानै दिएनछु ।तर मलाई पहिलो नै मनपर्यो। समयले कहिले अलिक फरक मोडसंग पनि जुधाउदो रहेछ--साच्चै भन्ने हो भने म त सधै रमाउदै बाँच्न चाहान्छु---नामपनि त्यस्तै छ .....
-रमा
Its really great gajal..........
ReplyDeleteदिलीप दाईको कुरामा मेरो पनि सहमती छ |
ReplyDeleteपहिलो दुई हरफ चाहीं अझ बढ़ी उत्कृष्ट लाग्यो ...
दोश्रोमा जोरजबर्जस्ती देखिएको छ । पहिलो नै रोजेँ मैले पनि सबैले झैं । एक शेर सम्म थपे पूर्ण नै मानिन्थ्यो (गायकी समयको हिसाबले समेत) ।
ReplyDeleteनिराशावादी र आशावादी को मेल एउटैमा !
ReplyDeleteनिकै मार्मिक र सौन्दर्य ले भरिपुर्ण छ ।
Awesome indeed! just loved it.
ReplyDeleteमलाई त दोश्रो एकदम मनपर्यो दाइ !!! किन हो निराशावादीभन्दा आशावादी रचनामा दम हुन्छ जस्तो लाग्छ मलाई चैँ !!
ReplyDelete'वाद'को धब्बा नलागेसम्म आशा र निराशा उही मान्छेका फरक परिस्थिति र अवस्थाका स्वाभाविक रङ हुन् । अत: कुनै एकलाई निषेध र फट्टा गर्न सकिँदैन र मिल्दैन पनि ।
ReplyDeleteमलाई पनि तीव्र घात र सरल प्रवाहका हिसाबले अघिल्लै निराशा(वादी !) भावमा लुटपुटिएको गजलले छोयो ।
तल्लो गजल त खोइ कत्ति खुलेन ।
अब इटिहासको ब्याज निख्रिँदै गएपछि साँवाको स्वाद गजल-कवितामा थपिएला बन्ने आशामा छु है म त ।
वा वा कस्तो मज्जाले लेख्नु भयो हो । बेस्करी चित्त बुझ्यो। म त पहिलो चाँहीको पहिलो नै हरपले दंग।
ReplyDeleteमलाई पनि गजल मज्जाले फुरेजस्तो लाग्यो बसन्त जी । निराशा र आशाहरुको जमघटलाई मिलाइएको इतिहासको ब्याज हरु फेरि फेरि पनि पढन पाइयोस भन्ने कामना ।
ReplyDeleteआशाबादी अनि निराशाबादि, दुबै धार मा लेखिएका शेर हरु (गजल) उत्कृष्ट छन । दुबै मध्य एउटालाई छान्नु पर्दा भने काफिया को हिसाब ले निराशाबादी धारमा लेखिएको गजल नै राम्रो छ ।
ReplyDeleteकी गलत केरियो तिम्रो ठेगाना ? ?
न साच्चै फेरियो तिम्रो ठेगाना ? ?
वाह्! कस्तो राम्रो मत्ला, सारै राम्रो गजल केर्नु भएछ बसन्त जी अझै उत्कृष्ट गजलहरु केर्दै जानुस, यही शुभ-कामना ।
Basanta ji tapako haraf haru malai ekdam ramro lagyo. strong presentation chha. malai ekdam maan paryo.
ReplyDeleteप्रतिकृयाका लागि सबैलाई हार्दिक धन्यबाद!
ReplyDeleteसाझामा राख्दा मैले पहिला 'आशावादी'लाई मात्रै राखेको थिएँ, मन प-यो भन्नुभयो साथीहरुले। पछि शुरुमै फुरेको 'निराशावादी'लाई राख्दा 'ए--, यो पो राम्रो रहेछ!' भन्ने प्रतिकृया आयो। यहाँ पनि त्यस्तै प्रतिकृयाहरु देखें। म आफैंलाई पनि पहिलो मन पर्छ। जुन रचना विना कुनै आग्रह, विना कुनै योजना आफैं अकस्मात फुर्छन्, तीनमा सौन्दर्य र शक्ति हुन्छ। यसो-यसो लेख्छु भनेर योजना बनाएर रचिएका रचनाहरुको प्राविधिक बनौट त राम्रो होला तर तीनमा मनलाई आघात दिनसक्ने शक्ति भने त्यतिे नहुने रहेछ।
बशन्तजी,
ReplyDeleteगजल जति सबल छ, गजलका हस्तिहरुको प्रतिक्रिया त्यो भन्दा बढी ।
निकटमा हुन गइरहेको नागोयाको साहित्यिक गोस्ठीमा तपाइँको मौखिक प्रस्तुति मा सुन्ने लालसा रह्यो । आशा गर्छु, निराश हुनु पर्ने छैन ।
आलोक
स्वागत र धन्यबाद आलोकजी!
ReplyDeleteनोगोयामा भेट हुनेछ भन्ने आशामा छु म पनि।
its gr8 ...........
ReplyDeleteधन्यबाद उमेशजी!
ReplyDeleteशुरुवात नै यत्ति सुन्दर बनेको छ अब म पढ्दै रमाउँनुको उचाईमा छु।
ReplyDeleteधन्यबाद प्रवाश! ब्लगमा स्वागत छ! तपाईँका प्रतिकृयाहरु, सुझावहरुको अपेक्षा राख्दछु।
ReplyDelete