"होइन रहेछ !" ३२ महिनापछी लेख्दछु अघिल्लो पोष्टको जवाफ ।
सारा संसारलाई आतंकित पारेको कोभिड-१९ यतिबेला केहि मत्थर भइसकेको छ। यो पारिवारिक र व्यक्तिगत तहमै आइपुग्यो। दोश्रो मात्रा खोपपछिको संक्रमणका कारण त्यति गलाउनचाहिँ सकेन हामी बुढाबुढी दुबैलाई।
कोभिडमात्र होइन, डेंगुको प्रकोपले पनि धेरै सतायो नेपालीलाई यो बीचमा।
अब ब्लगलाई फेरि सकृय गराउने योजना हो मेरो। फेसबुक र ट्विटरमा लेख्दा अलि बढीनै सतही भइएजस्तो लागेको छ।
गहन कुरा केहि लेख्न सकिएन भने पनि कम्तिमा आफूले खिचेका तस्बीरहरु भएपनि राखेर नियमित हुने कोशिश गर्ने छु।
अब ब्लगलाई फेरि सकृय गराउन बसन्त सर छोटा छोटा र मिठा कुराहरु लेख्नु पर्ला जस्तो छ ! लौ निरन्तरताको लागी फेरी पुराना ब्लगर साथीहरु सबैले थोरै थोरै ब्लग लेख्न जारी राखौ !
ReplyDelete