March 19, 2013

प्रतिवद्धता

काम विशेषले दुई दिन काठमाण्डौंमा हुने क्रममा हिजो दिऊँसो दिलिप दाइ, श्वेता बहिनीधाइबा भाइसंग गफगाफ भयो एक-डेढ घण्टा। र म ब्लगमा नियमित नभएको कुरो निक्लियो।

कुरो ठिक हो, म नियमित छैन र म आफैं पनि आफैंसंग गुनासो गरीरहेछु। भरपर्दो र निरन्तरको इण्टरनेट नहुनुलाई मैले एउटा बहाना बनाएको छु तर यसो हेर्छु मैले आफ्नो समय र उर्जालाई अचेल फेसबुक (र अलिअलि ट्विटर)मा विवाद गर्नमा धेरै खर्च गरीरहेछु। यदाकदा त ठिकै हो तर त्यस्ता विवादहरुमा धेरैजसो उत्तेजना र भावनामा बहेर लेखिन्छ र यसैले सूझबूझपूर्ण कमै लेखिन्छ। त्यसैले त्यो समय र उर्जालाई फेरि ब्लगतिर सोझ्याउन जरूरी भैसकेको देख्छु।

आज यहि प्रतिबद्धता ब्यक्त गर्न यहाँ उपश्थित भएको छु। आफ्नो 'अनलाइन' उर्जाको ठूलो हिस्सा फेरि ब्लगकर्मलाई दिनेछु।


1 comment:

  1. यो अचेलभरी सबैमा भैरहेको कुरा रहेछ क्यार । फेसबुकको भित्तोमा के के न छ भनि ठोक्किएको ठोक्कियै गरिन्छ । फेसबुकको भित्तोले ब्लग लेखन र सिर्जनात्मक अन्य लेखनलाई ढ्याप्पै छेलेको पत्तै नहुँदो रहेछ । मलाई पनि फेसबुकले खाइसकेको छ । ट्विटरको चैं आफूले स्वाद लिन नसकेर उसले खा'को छैन ।

    ReplyDelete