August 06, 2012

'स्वाभाविक' कन्तबिजोग!

जारी लण्डन ओलम्पिकमा नेपालले कुनै पनि पदक जित्न सकेन। यसलाई कसैले पनि अस्वाभाविक ठानेको छैन, किनकि ओलम्पिकमा पदकको आशा गर्ने बानी छैन हाम्रो, हाम्रो भागमा पर्दैन त्यस्तो सपना! 'स्वाभाविक' कन्तबिजोगको अर्को एउटा कडी सिध्दियो, बस् त्यत्ति हो।

खेलाडीहरुको यसमा कत्ति पनि दोष छैन। उनीहरुले आफ्नो क्षमताले भ्याएसम्म कोशिश गरे, आफूले पाएको प्रशिक्षण र स्याहारले दिन सक्ने भन्दा उपलब्धि ल्याए। दोष त खेलकूदलाई कहिल्यै पनि प्राथमिकतामा नराख्ने राज्ययन्त्र र हाम्रो सामाजिक सोचको हो। हाम्रो समाज शारीरिक र मानसिक दुबै रुपमा एउटा अल्छी र रोगी समाज हो।  परम्परादेखि चल्दै आएका केहि खेलकूदजन्य सांस्कृतिक गतिबिधि हामीसंग नभएका होईनन्, तर अरु देशले गरेजस्तो तिनको संरक्षण र संवर्धन गर्दै समग्र खेलकूद संस्कृतिको स्तर उठाउने कोशिश कहिल्यै भएको छैन। अलि- अलि भएका खेलकूद संरचना र गतिबिधिलाई पनि फोहरी दलीय राजनीति स्खलन गराउने रछ्यानका रुपमा परिणत गरिएको छ। खेलाडीहरुलाई प्रोत्साहन र आवश्यक तालीमको प्रबन्धको सोच कसैको दिमागमा पसेको देखिँदैन, नेताहरु र तिनका गोटी बनेका कथित 'खेलकूद पदाधिकारीहरु' उल्टो खेलाडीहरुलाई विभाजित गरेर जुधाउने-बझाउने र त्यहि मेसोबाट थरी-थरीका माछा मार्ने दाऊमा छन्। वर्षौंदेखि, विभाजित ओलम्पिक कमिटिले देशको ईज्जतमा हिलो छ्यापिरहेको छ। 

यसरी कतैबाट प्रोत्साहन र सम्मान नपाएका 'कुपोषित' हाम्रा खेलाडीहरुले कताबाट पदक जितुन् त!

धन्न प्रहरी र सेनाले अलि-अलि निकालेका छन् खेलाडीहरु र नीजि क्षेत्रले अलिक भरथेग गर्न थालेको छ। तर समग्र राष्ट्रिय परिकल्पना र सोच विना तिनका मात्रै भरमा ओलम्पिक जस्ता विश्वस्तरीय प्रतिस्पर्धाहरुमा हाम्रो झण्डा गर्वले उचालिने र हाम्रो राष्ट्रिय धून बज्ने दिन नआउने स्पष्ट छ।

6 comments:

  1. केही समयअघि हेरेको चलचित्र 'पानसिं तोमर'ले खेलाडिको अवस्था बताउँछ ! लगानी नभइ प्रतिफल मात्र खोजेर पनि नहुने, १ महिनाको दौडधुपले केही गर्न सकिँदैन ।

    ReplyDelete
  2. धेरै पछी आँगनमा टेक्न पाउदा खुसी महशुस भैराखेको छ।ब्लगको आत्मियता फेरी फराकिलो पार्दैछु बसन्त जी। खेलाडी उत्पादन भन्दा ब्यक्तिगत राजनितिक स्वार्थमा हानिने हाम्रो जस्तो राष्टको कन्तबिजोग त हुने नै भयो।

    ReplyDelete
  3. त्यो ४०-४५ जनाको जम्बो टीम सहभागिताको लागि पठाउने पैसालाई आधा भन्दा कम गर्न सकियो भने पनि खेलाडिको लागि धेरै कुरा गर्न सकिन्छ । सहभागिताको लागि मात्र सहभागिता हुँदैछ भन्ने थाहा हुँदा पनि हामि केही बोलिरहेका छैनौं यही हो हाम्रो कमजोरी ।

    ReplyDelete
  4. राम्रो लाग्यो.सबैको मनको कुरा,यहाँले ब्यक्त गरिदिनु भाछ.

    ReplyDelete