February 27, 2012

शहरका केहि क्षणहरु

पीच सडकमा दौडने शहर र पुलमुनि 'सुत्ने' शहर। 


 अघि पोलमा टाँसिएको नारा पढीरहेका पुलमुनिको शहरका एक 'नागरिक', नारा पढीभ्याएर सुत्न फर्कीएका छन्। तिनको मनमा-मुखमा नेताहरुका विरुद्ध एक आमाचकारी गालीनै छ भन्ने कुरामा म उनान्सय प्रतिशत निश्चित छु।

अर्को एक क्षणमा पुलमुनिको शहरका दुई बासिन्दा यसरी डेण्ड्राईट सुँघेर आफ्नो भोक-रोग-शोकलाई मेटिरहेका थिए।
 
आकाशे पुल छँदाछँदै त्यसको प्रयोग नगरी ब्यस्त सडकबाटै वारीपारी गर्न खोज्नेलाई ट्राफिक प्रहरीले समातेर दुई घण्टा यस्तै 'खोर'मा राख्न थालेको छ अचेल। पचास रुपियाँ जरीवाना पनि गर्छ क्यारे।


पुलमुनिको शहरको एउटा परिवारको भान्सा पनि तयार हुँदैछ अर्को एक क्षणमा। 'खोर'मा नयाँ बसिन्दा आईपुगेका छन्।

पुलमाथि हिँड्ने शहर, पीचमाथि दौड्ने शहर भने यस्तो innovative छ! कस्तो होला यो 'कम्प्युटर चूल्हो? कहिल्यै ग्याँस भर्नु नपर्ने भनिएको छ, के ले बल्ने होला? हाम्रा गाऊँघरका चूल्हामा पनि कहिल्यै ग्याँस भर्नु पर्दैन, त्यहि हो कि?


शहरमा स्कूल-कलेज गएर पढ्न महंगो छ, तर सोझै 'विशेषज्ञ' बन्न भने साह्रै सस्तो छ। यति सजिलै पाईन्छ थेसिस:)


यो शहरको पार्कमा पनि भिड पसेको छ, बजार बसेको छ। साला यो शहरले सास कसरी फेर्छ हँ???????


4 comments:

  1. Haven't seen u on my blogs for quite some time!

    ReplyDelete
  2. हैन, यो कुन सह'राँ हो यस्तो ?। कहिल्यै ग्यास भर्न नपर्ने कम्प्युटर चुल्हो र १५००० को ल्यापटप त किन्न जानै पर्ला जस्तो छ ... । यो अनिका'लाँ यस्तो सस्तो जिनिस :)

    ReplyDelete
  3. Basant dai ab yo achamm ko desh ma achammko shahar betnu kunai naulo bhaen ... tar kahile samm yastai chalne ko kunni???

    ReplyDelete
  4. साँस फेर्न गाह्रो हुने तिम्रो शहर,
    गा'म छाडी आउने थिएन रहर,
    सुन्या'छु, यसपाली त आउँदै छ रे संबि-धान,
    ३ बर्षा' नि नफल्ने कस्तो खेती हो यो धान ?

    ReplyDelete