February 15, 2012

बर्ड फ्लू?

'जा गिर्!' संग सम्बन्धित कामको सिलसिलमा ईञ्जिनियरिङ्ग अध्ययन संस्थान (त्रि. वि.) को कार्यालय, पुल्चोक पुगेको थिएँ। डिन कार्यालय पछिल्तिरको चउरमा दुईटा मरेका काग थिए। त्यहाँका कर्मचारीहरुका अनुसार तिन दिन भित्र पाँच वटा कौवा मरीसके रे यसरी।

केहि समय यता नेपालका पूर्वी क्षेत्रमा देखिएजस्तै बर्ड फ्लूनै हुन नसक्ला र यो पनि? वरिपरि फ्याँकिएका विषाक्त खानाका कारण पनि हुनसक्छ यो, तर दिनदिनै यसरी मर्ने शृंखला जारी रह्यो भने चाहिँ त्यो एउटा भयावह स्थितिको संकेत हुनेछ। कुनै फार्मभित्र पालिएका कुखुराहरुमा मात्र फैलिएको बर्ड फ्लू नियन्त्रण गर्न त धेरै कठिन छ भने खुल्ला रुपमा शहरमा विचरण गर्ने कौवा र परेवाहरुमा पनि यो फैलियो भने नियन्त्रण झण्डै असम्भवनै हुन्छ, विशेष गरी हाम्रो जस्तो, चेतना र परिआऊँदाको तयारी ठ्याम्मै नभएको राज्यमा।

काठमाण्डौंको अनियन्त्रित भिडभाड र फोहर दैनिकीले धेरै महामारीलाई खुल्ला निम्तो दिईरहेको यथार्थले जहिलेपनि आतंकित बनाऊँछ मलाई।   




3 comments:

  1. पढ्दा नै डर लाग्यो ... कारण जे पनि हुनसक्छ । छिट्टै सम्बन्धित निकायको ध्यान यसतर्फ जाओस् ।

    ReplyDelete
  2. साच्चै काठमान्डुमा भगेरा र परेवा पनि मरिरहेका खबर आउन थालिसकेको छ। साच्चै यो निकै डरलाग्दो स्थिति हुन सक्छ।

    ReplyDelete
  3. स्वास्थ्य मन्त्रीलाई उस्तो फुर्सत छैन| बिहारबाट फर्केपछि प्रधानमन्त्रीको ध्यान जान्छ कि त्यतातिर !

    ReplyDelete