September 28, 2011

त्यागको प्रतिस्पर्धा

लघुकथा
त्यागको प्रतिस्पर्धा
प्रधानमन्त्रीले महँगा गाडीको ‘त्याग’ गरेर र मुस्ताङ्ग चढेर वाहवाही लुटेकाले मन्त्रीहरुलाई पनि त्यस्तै वाहवाही लुट्ने लोभ लाग्यो। यसैले मन्त्रीहरु ‘त्याग’ का एक से एक रचनात्मक उदाहरणहरु देखाउन थाले। एक जना मन्त्रीले आफूले अब सरकारको केहि पनि नचढ्ने, चढ्नुपर्ने कुरा आफनै मात्र चढ्ने घोषणा गरे। यसपछि एक लालबुझक्कड मन्त्रीले आफू मोटरसाईकल मात्रै चढ्ने वाचा के गरेका थिए, शेरमाथिका सवा शेर अर्का निक्ले र घोषणा गर्दिईहाले, ‘म पनि अब मन्त्री छउञ्जेल साईकलमात्रै चढ्छु!”। यी त शेर माथिका सवा शेर मात्रै रहेछन्, अर्का साढे शेर निक्ले, “म त झन् केहि पनि चढ्दिन, पैदलै हिँड्छु!“।

यो त ‘त्याग’को पराकाष्ठानै भयो, अब त सकियो होला भनेर जनता गम्दै थिए, तर अर्का अझ 'महात्यागी' निक्ले र घोषणा गर्दिए, “म त अबदेखि चढ्ने-उड्ने कुरा त के हिँड्दा पनि हिँड्दिन ल। लौ मेरो भन्दा बढी त्याग गरेर देखाओस् त कसैले?!”

पढीसकेपछि लघुकथा जस्तो लागेन भने यसलाई एउटा जोकै मान्दिनुस्:)

3 comments:

  1. Navratree kee hardik shubh kamnayen!

    ReplyDelete
  2. यो 'जोक' हुन सकेको भए त ठिकै हुन्थ्यो । यथार्थ नै भइदिएर पो समस्या छ त ।

    अगाडिका २-३ घटना घटित भैसकेकाले अन्तिम 'महात्यागी' पनि ननिक्लेला भन्न सकिन्न ।

    आखिरमा यो जोक र लघुकथा भन्दा पनि 'सत्य कथा' साबित हुनेछ ।
    बडा दसैँको हार्दिक शुभकामना !

    ReplyDelete
  3. अगाडिका दुइ घटना भई सकेको भयेत यो लेख्ने पर्ने कुरा हो.जोक,सत्यकथा,र गम्भीर कथा,यो तिनै हो.

    ReplyDelete