September 18, 2011

दुई 'नाङ्गा' मुक्तकहरु

"हामी नेपाली"
झूटो-साँचो हावा थोरै बहिदिए पुग्छ
रेलिङ्ग भाँच्ने शक्ति थोरै रहिदिए पुग्छ
जस्को पनि जन्ती, जस्को पनि मलामी
हामीलाई बस् केहि भईदिए पुग्छ।


"राष्ट्रिय पोशाक नीति"
पाईण्टमाथि कट्टु लगाए पनि हुन्छ
रातो साडीको फेटा सजाए पनि हुन्छ
अबदेखि सभासद र मन्त्रीहरु
कार्यालय नाङ्गै आएपनि हुन्छ।

5 comments:

  1. सभासद नांगै आउने होइन जनता नांगै बनाउने काम चै गर्छन पक्कै

    ReplyDelete
  2. दुबै विषय मनमा एकदमै गडेको विषय भएकोले दुबै 'झट्का' एकदम चित्त बुझ्दो लागे :)

    ReplyDelete
  3. पहिलो मुक्तकत सारै राम्रो लाग्यो,तर दोस्रो लेख्नुको कुनै कारणछ कि,कुनै विशिस्ट घटना ?

    ReplyDelete
  4. कत्ति बेजोड मुक्तकहरु! जवाफै छैन!

    ReplyDelete