February 04, 2011

TALKING MINDS - एउटा सानो चाँदीको घेरो

गत सोमबार एउटा कार्यक्रममा सानो प्रस्तुति दिने अवसर मिल्यो। म कार्यरत क्याम्पसमा अध्ययनरत केहि विद्यार्थीहरुको समूह TALKING MINDS ले "Future of Computing and Power Engineering" नाम दिएर एउटा कार्यक्रमको आयोजना गरेको थियो र सहकर्मी प्राध्यापक साथी शालीक राम सुबेदीले "Future of Computing" र मैले "An Overview of Power Engineering" शीर्षकमा प्रस्तुति दिएका थियौं। विद्यार्थीहरुको सहभागिता उत्साहजनक थियो र हरेक प्रस्तुतिपछि उनीहरुले अत्यन्त सामयिक र स्तरीय प्रश्नहरु पनि उठाएका थिए। TALKING MINDS को यो कार्यक्रमका माध्यमबाट जिज्ञासु विद्यार्थीहरुसंग एउटा गतिलो सम्बाद गर्न सकेकोमा ज्यादै खुशी लागेको छ। 

TALKING MINDS लाई मेरो हार्दिक धन्यबाद! 
 
TALKING MINDS; म नेपाल फर्केपछि-आफ्नो पूरानो अड्डामा प्राध्यापनमा फर्किएपछि साक्षात्कार हुन पाएको एउटा फरक संरचना हो। यो मैले यी केहि महिनामा झेलेको निरन्तरको नाकारात्मकताको बाढीभन्दा बिल्कुलै फरक एउटा सकारात्मक संरचना हो। म यसलाई यतिखेर आफ्नो वरिपरि देखिरहेको घोर कालो बादलको छेऊमा रहेको एउटा सानो चाँदीको घेराको रुपमा लिन्छु। यतिखेर देशका हरेक संरचना र तिनका गतिबिधिलाई देशमा जारी कुराजनीतिले गाँजेको छ, तर TALKING MINDS त्यो कुराजनीतिको प्रभावबाट मुक्त रहेछ। यो विशुद्ध रचनात्मक कामहरुमा समर्पित रहेछ।

११ जना रचनात्मक सोच र उर्जा बोकेका विद्यार्थीहरुद्वारा २०६५ सालमा स्थापित TALKING MINDS हालसम्म क्याम्पसमा थुप्रै पटक यस्ता कार्यक्रमहरु र अन्य गतिबिधिहरु सञ्चालन गरीसकेको रहेछ। 

TALKING MINDS जस्ता समूह/संरचनाहरुको महत्व हाम्रो समाज र युवा-समुदायका लागि झन्-झन् बढ्दैछ। लामो समयदेखि हाम्रो देश युवाहरुको उर्जालाई मूढे बल र हिँसामा परिणत गरी त्यसको भरमा सत्ता र सडकमा आफ्नो राज बनाउने सोचबाट परिचालीत नेता र दलहरुको हातमा परीरहेको छ। युवाहरुको उर्जालाई सकारात्मक दिशातिर लान राज्य र दलहरुले माखो पनि नमारेको अवश्था छ। यो स्थितिमा देशका युवाहरु आफैंले आफ्नो उर्जा र क्षमतालाई बुझी आफूलाई यसैगरी सकारात्मक सोचयुक्त संरचनामा बदल्नु जरुरी छ। 

TALKING MINDS का सबै CREATIVE MIND हरुलाई ब्यक्तिगत र पेशागत जीवनमा सफलताको लागि मेरो शुभेच्छा! 



5 comments:

  1. TALKING MIND लाई मेरो पनि शुभकामना !

    ReplyDelete
  2. हुनत तपाइंले राम्रो काम भने पछि पक्कैपनि राम्रोनै होला,तर Talking Mind मा भएको कुनै कामको उदाहरण पढ्न पाए हुन्थ्यो जस्तो लाग्यो.

    ReplyDelete
  3. गजब खुसीको कुरा हो । अब TALKING MINDS लाई यसरी 'TALKING MINDS:WORKING HANDS' पनि देख्न पाइयोस् । शुभकामना !

    ReplyDelete
  4. हाम्रो देस मा एजुकेसन भनेको बिदेस जान, जागिर खान या डिग्री लिन को लागि मात्र गरिन्छ /
    अनि Technical बिसयमा पदने हरु संग पनि कुनै टेकनीकल ज्ञान देखिन मैले/
    यो TALKING MIND आयोजना गर्ने समूह लाई बधाई अनि धन्यवाद /
    साथै हामीकहा TECHNICAL फेस्टिवल, सेमिनार्स, प्रेजेंतेशन पनि देसब्यापी रुपमा गरिनु पर्छा जसले हाम्रो प्रयोग्यात्मक ज्ञान लाई सहि उपयोग गर्न फ्लौरिश गरोस /
    अरु रिसर्च त ...........खोइ............. सपना जस्तो लाग्छ

    ReplyDelete
  5. अफ्सोच त्यो कार्यक्रम हेर्न समयले साथ् दिएन, तर यस्तो कार्यक्रम बराबर भाई रहोस् भन्ने चाहन्छु !

    ipc

    ReplyDelete