September 23, 2009

ओलीको बोलीको गोली

एमाले नेता केपी ओली जापानमा थिए केहि दिन। नागोयमा पनि उनीसंग अन्तर्कृया कार्यक्रमको आयोजना भएको थियो, १९ तारीख शनिबार साँझ। त्यो कार्यक्रममा भाषणबाजी बढी र वास्तविक अन्तर्कृया (प्रश्नोत्तर) कम भयो भनेर भोलिपल्ट बिहानको कार्यक्रम (पूर्व-योजना अनुसार जुन एमाले-जापानको कार्यकर्ता-प्रशिक्षण थियो) मा पनि सबैलाई  डाकिएको थियो। आईतवार गुँड सर्ने मेसोमा थिएँ, त्यसैले जाने कुरो भएन। गुँड नसर्ने भएपनि नेताका उनै पुराना कुरा सुन्न नजानका लागि कुनै बहाना त खोज्नेनै थिएँ, निम्तो दिने साथीहरुको निम्तो टार्न, गुँडका कारण 'झूटो' बोल्न परेन:)

केपी ओलीका बारेमा मेरो जानकारी कम छ। आफ्नो सीमित बुझाईका आधारमा, केपी ओलीको तुलनात्मक स्पष्टवादिता मलाई मन पर्छ। उनको स्पष्टवादिताकै कारण माओवादी उनीमाथि खनिएर लागेको छ सधैं। एमालेभित्रका 'माओवादी केन्द्रीय नेता' वामदेवझैं माओवादीका सामु 'त्वं शरणं' नगरेका र झलनाथलेझैं जटिल र अमूर्त शैलीमा चेपारे कुरा नगर्ने हुँदा माओवादीलाई केपी ओली मन नपर्नु स्वाभाविक हो।

केपी ओली र त्यो पुस्ताका नेताहरुले संघर्ष गरेका पक्कै हुन् र आफ्नो ब्यक्तिगत जीवनको एउटा लामो चरणलाई बलिदान गरेकै हुन् तर देश संघर्ष र संक्रमणको चरणबाट अझै पार हुन सकेको छैन। स्थिति उल्टो झन्-झन् गम्भिर हुँदैछ। स्पष्ट भएर भन्नुपर्दा, त्यो पुस्ताको नेतृत्व अथवा अहिलेको राजनीतिको केन्द्रमा जो-जो छन्, उनीहरुलाई सफल भन्न सकिने दिन अझै आएको छैन। भन्न त कत्रा-कत्रा क्रान्ति ग-यौं, राजा फ्याँक्यौं, यो ग-यौं र त्यो ग-यौं भन्लान् तर राजनीतिक परीवर्तन मात्रै हुँदैमा केहि हुने होईन; जनताको पेट भरिने पनि होईन, देश निर्माणको चरणमा जाने पनि होईन र जनताले सम्मानजनक जीवन बाँच्न पाउने पनि होईन। राजनीतिक परीवर्तन र कथित क्रान्तिहरुले जबसम्म शान्ति, आर्थिक विकास र निर्माणको चरणमा देशलाई लान सक्दैनन् तबसम्म तिनको केहि अर्थ हुँदैन, चाहे ती जतिसुकै चर्का र कर्णप्रिय नाराका खोल ओढेर सम्पन्न भएका किन नहुन्।    

खैर यी कुरा छोडौं र लागौं कार्यक्रमतिरै। लगभग दुई-घन्टा लामो कार्यक्रममा जापानवासी नेपालीका तर्फबाट बोल्ने केहि साथीहरुमध्ये म पनि एउटा थिएँ। बोल्नुपर्ला भन्ने मलाई लागेको थिएन, त्यसैले तयारी पनि थिएन। बढीमा तीन चार मिनेट खोकें हुँला मैले। सबै नेपालीझैं देशको बिग्रँदो स्थितिप्रतिको चिन्ता र खबरदारी सुनाउने न हो नेताहरुलाई!

केपी ओलीजीको भाषणको बारेमा म कुरा नगरौं, ईच्छा छ भने यहाँ गएर पढ्न सक्नुहुन्छ केहि विवरण। 'ईच्छा छ भने' किनभने नेताहरुका भाषण सुनी-सुनी तपाईँहरुको कान पाकिसकेको हुनसक्छ:) ब्यक्तिगत रुपमा भने मलाई यो भाषण राम्रै र तर्कपूर्ण लागेको हो।

भाषणबाजीपछि सहभागीबाट आएका दुईटा प्रश्नको उत्तर पनि दिएका थिए ओलीले। पहिलो प्रश्न नेता  ओलीले आफ्नो भाषणमा ब्यक्त गरेको "बन्द-हड्तालजस्ता कुरालाई प्रतिबन्धनै नलगाई नेपाल बन्दैन" भन्ने बिचारसंग सम्बन्धित थियो। प्रश्नकर्ता साथीको प्रश्न एकदम सटीक र आवश्यक थियो; "त्यसो हो भने एमालेले आफूले अब बाट बन्द-हड्ताल नगर्ने प्रतिबद्धता देखाऊँछ त? र आफ्ना कार्यकर्ताहरुलाई त्यसै अनुसारको कडा निर्देशन दिन्छ त?"। यो प्रश्नको अत्यन्त अमूर्त र दार्शनिक जवाफ मात्र पाईयो-चीन-भियतनामको प्रसंग मिसिएको एउटा लामै ब्याख्यान। नेताज्यूको उत्तर सकिएपछि मैले फेरि मूल प्रश्न  "त्यसो हो भने एमालेले आफूले अब बाट बन्द-हड्ताल नगर्ने प्रतिबद्धता देखाऊँछ त? र आफ्ना कार्यकर्ताहरुलाई त्यसै अनुसारको कडा निर्देशन दिन्छ त?" नेताज्यूलाई सम्झाएँ र एमालेले विगतमा गरेको बन्द-हड्ताल-तोडफोड, अझ अस्तिमात्रैको त्रि-चन्द्रको गोली-काण्ड पनि सम्झाएँ। नेताज्यूको जवाफ अनुसार विगतमा एमालेले गरेका बन्द-तोडफोड आदि, शान्तिपूर्ण आन्दोलनलाई सरकारले नसुनेपछि र दमनमा उत्रिएपछि बाध्य भएर अन्तिम विकल्पको रुपमा गरिएका हुन् रे! यस्तो तर्क सबै नेता र दलले - छुट्टै देश माग्ने गोईत र ज्वाला सिंहसमेतले दिन्छन्। यो सबैलाई थाहा भएकै कुरो हो कि आफू बलियो भएको बेला ताण्डव-नृत्य देखाउन एमाले कोहिभन्दा कम छैन र बन्द-तोडफोड गर्न र आन्दोलनको शुरुवातनै रेलिङ्ग भाँचेर गर्न एमाले कार्यकर्ताहरु पोख्त छन्। त्रि-चन्द्रको गोलीकाण्डको बारेमा भने नेताज्यूको यस्तो प्रतिकृया थियो, "अचेल सबै नेपालीले कुनै न कुनै दलसंग आफूलाई जोडेका हुन्छन्, कोहि माओवादी, कोहि कांग्रेस, कोहि एमाले, कोहि फोरम आदि। त्रि-चन्द्रमा गोली काण्ड मच्चाउने मध्येको कोहिले आफूलाई एमाले भन्यो होला, तर एमाले कार्यकर्ताले त्यो काण्ड मच्चाएको होईन।" यो पनि हामी झुक्किन्छौं भनेर फ्याँकिएको एउटा अर्को 'बाठो' तर्क बाहेक केहि पनि होईन। बन्द-हड्ताल नगर्ने एमालेको भावी 'नीति(?)' को बारेमा एउटा झिनो प्रतिबद्धता भने झ-यो यस पटक। तर ब्यबहारमै नदेखी कसले पत्याऊँछ?!

अर्को एउटा प्रश्नमा माओवादीले शुरु गरेको 'झण्डा फेर्ने राग' को बारेमा नेताज्यूको ब्यक्तिगत धारणा सोधिएको थियो; स्पष्ट असमहतिको जवाफ आयो।

साँझ सात बजेपछि ओलीज्यू नागोयाका मेयरद्वारा आयोजित रात्रिभोजमा जानुपर्ने हुँदा कार्यक्रम सकियो।

हाम्रो 'रात्रिभोज' चाहिँ कार्यक्रम भएकै पूजा नेपाली रेष्टूरेण्टमा 'भब्यताका साथ' सम्पन्न भयो:)

यो 'रात्रिभोज'मा मेरो राजनीतिक (दलीय) आस्थाका बारेमा पनि अलि-अलि कुरा निकाले केही हितैषी साथीहरुले। धेरै पटक यस्तै भएपछि मलाई झोंक चल्न थालेको छ अचेल:) अस्कलको विद्यार्थीको रुपमा जिन्दगीका पौने-तीन वर्ष जसको घोडा भएर हिँडेपनि विगत १७ वर्ष यता म नेपालका कुनै पनि दलको घोडा होईन र म आफ्नो विवेक र चेतनाका आधारमा विश्लेषण र कसैको समर्थन वा विरोध गर्ने एउटा सामान्य नेपाली मतदाता हुँ। मलाई के लाग्छ भने कुनै पनि ब्यक्तिमा राजनीतिक सचेतता हुनु अति जरुरी छ, तर सबै मान्छे कुनै दलको घोडै हुनुपर्छ भन्ने जरुरी छैन।

म के हुँ-किन हुँ र के होईन-किन होईन भनेर अस्कल कालदेखि हालसम्मका कुरा खोतलेर एउटा टाँसो हान्दिऊँ जस्तो झोंकले पनि जरा गाडेको छ मनमा:)
 

11 comments:

  1. लेखको अन्त तिर को अभिब्यक्ती सटिक छ बसन्त जि ।
    राम्रो लेखको लागि धन्यवाद ।

    ReplyDelete
  2. waste enough writing!!!

    ReplyDelete
  3. lastko abhibyakti chai ekdum ramro lagyo....

    ReplyDelete
  4. Basanta jee le bhaneko "UML bhitra ka maobadi Kedriya neta" bamdev bhanne sarai satik lago.. KP Oli spasta manchhe ho... tara kahile kahee dahi chiure kura pani garchha.. Maobadi ko barema KP oli sanga ma 100 Percent sahamat ho....
    Basanta jee Ascol padhda ghoda hunu bhayeko chahi hoina hola.. Ghoda chahi khub chadnu bhayo hola he he.. just kidding..

    Tapaikai,
    Uhi ke ta...

    ReplyDelete
  5. Good article, yes kasaiko ghoda nabhaikana pani ta astitvako jagerna garna ani phulna ra phakrina sakinchha, subhakamana tapainlai ani sabailai, jo ghoda huna chahandainan.

    ReplyDelete
  6. हरिप्रसाद पोखरेलSeptember 23, 2009 at 9:19 PM

    बसन्त सरको आर्टिकल साह्रै राम्रो लाग्यो । कार्यक्रममा साक्षत्कार पनि भईयो । तपाईको हरेक आर्टिकल पढ्ने बानी परेको छ । बरु हाम्रो सरलाई कसले घोडा बनायो ?यो मैले पनि जान्न पाएको राम्रै हन्थ्यो । सबै जानकारी आउने गरि एउटा टाँसो फाद्यिएदेखि हाम्लाई पनि जाती नै हन्थ्यो ।

    ReplyDelete
  7. विजया दशमीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु, त्यो अन्तिम हरफको झोंक कुनै दिन यहि ब्लगमा फेरी पोखिनेछ र पढ्न पाइनेछ भन्ने रमाइलो अआषा लाग्न थाल्यो वसन्तजी !

    ReplyDelete
  8. प्रतिकृयाका लागि सबैलाई हार्दिक धन्यबाद र दशैंको शुभकामना!

    र मेरो त्यो 'झोंक' पनि अबश्य पोखिनेछ यहाँ केहि समयपछि, प्रतीक्षा गर्नुहोला:)

    ReplyDelete
  9. Oli jasto manchhe nepal ko chronic ho. Nitanta bejemmebar tarikale kura gardai ma prasta boleko hudaina jasto lagchha. Tapailai ajai KP oli jasto manchhe le kei garchha jasto lagchha bhane ma lai chahi tyo tapai hamro bidambana matra lagchha kinaki tapai haru jasto manchhe ni KP oli jasto manchhe ko tarif garnuhuncha...

    ReplyDelete
  10. Anonymousज्यू, प्रतिकृयाका लागि धन्यबाद!
    ओलीसंग तपाईँलाई एलर्जी छ जस्तो छ नत्र यो लेखमा ओलीको स्पष्टवादिताको प्रशंशा मात्रै छैन, उनको दल एमालेको दोहरो चरित्रको आलोचना पनि छ। ओलीले माओवादीले जे-जे गर्छ त्यहि भन्दिने हुँदा माओवादीलाई उनीसंग रिस उठेको हो। आफ्ना कार्यकर्ता जति चुटिएपनि अरु एमाले नेताहरु बाम-एकताको ललीपप चुसेर बस्छन् तर ओली माओवादीको ज्यादतीको विरोध गर्छन्। आफ्नो बारेमा चुँक्क कसैले केहि बोले माओवादीको नजरमा त्यो प्रतिगामी भईहाल्छ। बोलीको छुद्रताको कुरा गर्ने हो भने बाबुराम र प्रचण्ड ओलीभन्दा धेरै छुद्र र हावादारी देखिन्छन्।

    ReplyDelete
  11. माथि एउटा कुरा थप्न बिर्सेछु। रोमनमा लेखिएको नेपाली बिझायो, कि देवनागरी नेपालीमै कि अंग्रेजीमै लेख्नुहुन्थ्यो कि भन्ने मेरो विनम्र अनूरोध।

    ReplyDelete