August 17, 2009

'संगठन' कि 'ई-मेल समूह'?

(यो टाँसोमा 'नेपाली ब्लगरहरु' भनेर नेपाल अथवा विदेशमा रहेर नेपाली वा अरु कुनै पनि भाषामा ब्लग चलाऊँदै आएका नेपालीहरुलाई जनाउन खोजिएको हो।)

नेपाली ब्लगरहरुको कुनै प्रतिनिधि समूह/संगठन बनाउने अथवा अरु कुनै हिसाबले संगठित हुने भन्ने बारेमा विगत केहि समयबाट हामीबीच छलफल चल्दै आएको छ। यस प्रसंगमा, केहि वर्ष पहिलानै एउटा Bloggers Association of Nepal (BLOGAN) नाम गरेको समूह बनिसकेको पनि देखिन्छ। तर BLOGAN यसको निर्माणको केहि समय पछिबाट हालसम्म पूर्ण रुपमा निष्कृय देखिन्छ। ब्लग शुरु गरिसकेपछि सम्पर्क गर्न खोज्दा BLOGAN बाट कुनै उत्तर/प्रतिकृया नआएको कुरा हामी सबैको अनुभव हो। यो अवश्थामा, देश-विदेश सबैतिर बढिरहेका नेपाली ब्लगरहरुको एकापसी सम्पर्क र ब्लगिङ्ग सम्बन्धी ज्ञान आदानप्रदानका लागि एउटा साझा सम्पर्क सूत्रको आवश्यकता निश्चय पनि छ। त्यो सम्पर्क सूत्रको संरचना कुन रुपको हुने भन्ने बारेमा भने सबैको एउटै विचार नहुन सक्छ।

Nepali Bloggers लगायत अरु केहि साइटहरुले नेपाली ब्लग र ब्लगरहरुलाई सूचिकृत गरिरहेका छन्। नियमति रुपमा अपडेट हुने नेपाली ब्लगहरु HAMRO CIRCLEनेपाली भाषाका ब्लगहरुमा पनि सूचिकृत छन्। नविनजीले Nepali Blog Updates भन्ने Google Widget विकास गर्नुभएको छ। नेपाली ब्लग जगतका लागि गर्नुभएको योगदानका लागि उहाँहरु सबैलाई हार्दिक धन्यबाद!

नेपाली ब्लगरहरुको एउटा अन्तर्कृयात्मक मञ्च बन्न भने बाँकी थियो। हुनत, फेसबुकमा Nepali Bloggers नामको एउटा समूह पनि छ तर त्यो त्यति अन्तर्कृयात्मक हुन सकेको छैन। फेरि धेरै ब्लगर साथीहरुमा फेसबुकप्रति त्यति लगाव नहुन पनि सक्छ।

केहि समय पहिला 'दौंतरी'को पहलमा भएको नेपाली ब्लगरहरुको प्रथम अन्तर्राष्ट्रिय (अनलाईन) नेपाली ब्लगर भेलामा पनि यस विषयमा धेरै छलफल भयो। त्यतिखेर ब्यक्त विचारहरुलाई मूलत: तीन समूहमा राखेर हेर्न सकिन्छ;

१) नेपाली ब्लगरहरुको ई-मेल समूहलाई सम्पर्क सूत्रको रुपमा विकास गर्ने।
२) कुनै औपचारिक सांगठनिक संरचनाको शुरुवात गर्ने।
३) BLOGAN लाई नै पुन: सकृय गराउने।

दोश्रो र तेश्रो विचार सारमा उस्तै हुन्, सबै नेपाली ब्लगरहरुको एउटा प्रतिनिधि संगठन बनाउने। यस बारेमा केहि कुरा गरौं पहिला।

सामान्यतया प्रतिनिधि संगठन दुई अवश्थामा खडा हुन सक्छन्; पहिलो, उहि वा उस्तै पेशा हुनेहरु पेशागत हकहितको सुरक्षा आदिका लागि प्रतिनिधि संगठनमा आबद्ध हुन चाहन्छन्। दोश्रो, समान विचार र उद्देश्य हुनेहरु कुनै प्रतिनिधि संगठनका माध्यमले संगठित हुन्छन्। ब्लगरहरु यी दुबै स्थितिभन्दा बाहिर छन्। विकसित समाजमा ब्लग गरेकै भरमा बाँच्न सक्नेहरु होलान् केहि, तर अझै पनि ब्लगिङ्ग पेशा बनिसकेको छैन। ब्लगलाई नै पेशा बनाएका नेपाली ब्लगरहरु, जहाँसम्म लाग्छ, छैनन्। ब्लगिङ्गको चरित्रनै यस्तो छ कि भविष्यसम्म पनि यो एउटा औपचारिक पेशा बन्ने सम्भावना अत्यन्त न्यून छ। अर्कोतिर ब्लगरहरु, नेपाली ब्लगरहरु, न एउटै विचारका हुन्छन् न त एउटै साझा उद्देश्य बोकेका हुन्छन्। आफ्नो नीजि जिन्दगीका घटनाहरुका बारेमा लेख्नेहरु, राजनीतिको बारेमा लेख्नेहरु, साहित्य लेख्नेहरु, प्राविधिक विषयमा लेख्नेहरु, तस्बीर ब्लग संचालन गरिरहेकाहरु,स्वास्थ्य सम्बन्धी लेख्नेहरु, अर्थतन्त्र बारे लेख्नेहरु, नेपालीमा लेख्नेहरु, अंग्रेजी र अरु भाषामा लेख्नेहरु---------- ब्लगिङ्गको विविधताको कुनै सीमा छैन र सबै ब्लगरहरुका आ-आफ्नै उद्देश्य छन्। यो अवश्थामा एउटा संगठनले कसरी सबैलाई समेट्न सक्छ? र त्यो कसरी प्रतिनिधि हुनसक्छ? नेपाली ब्लगरहरुको कति संख्यासम्मलाई समेटे 'सबै'लाई समेटेको मान्ने? अझ, नेपाली ब्लगरहरुको यकीन संख्या कति छ भन्ने कसलाई थाहा छ?

यदि त्यस्तो संगठन खडानै भयो भनेपनि संरचनाको कुरा गर्दा-गर्दै त्यसै अल्मलिनेछ र कुनै सानो भूगोलमा सीमित हुनेछ। संसारभरि छरिएर रहेका नेपाली ब्लगरहरुको एउटा सानो अंशलाई पनि समेट्न सक्ने छैन त्यसले। देखाउनका लागि फलानो ठाऊँको प्रतिनिधि फलानो भनेर राख्न सकिन्छ, तर उसलाई सम्बन्धित ठाऊँका अरु नेपाली ब्लगरहरुले प्रतिनिधि मान्नैपर्छ भन्ने के कर छ?

केहि मित्रहरु त्यस्तो संगठन बनाएपछि त्यसले नीति-नियम बनाउने र नेपाली ब्लग जगतलाई अनुशाशित बनाउने खुस्केट कुरा समेत गर्छन्। त्यस्तो संगठनले बनाएको नीति-नियम सबैले मान्नुपर्छ भन्ने के छ? संगठनमा बसेकाहरुले त मान्लान् रे लौ (त्यो पनि के भर छ र!), नबस्नेले किन मान्ने?

हाम्रो नेपाली चरित्रको खोईरो खन्न पनि मन लाग्यो यहि प्रसंगमा। हामी नेपालीहरु जुट्न जति छिटो छौं, जुटेपछि फुट्न त्यसको तीन गुना छिटो छौं। यो कथित प्रतिनिधि संगठनको शुरुवात फुटको शुरुवात पनि हुनेछ। नेपालको काईते दलीय राजनिति यसमा पसेर यसलाई टुक्रा-टुक्रा बनाईदिनेछ।

तर ब्लगिङ्गसम्बन्धी अनुभव र ज्ञान एकापसमा बाँड्न र प्राविधिक कुराहरुका बारेमा छलफल गर्न एउटा अन्तर्कृयात्मक मञ्च भने अत्यन्त जरुरी छ भनेर माथि पनि लेखिसकेको छु मैले।

यिनै कुराहरुको पृष्ठभूमिमानै कथित प्रतिनिधि संगठनको सट्टा एउटा खुकुलो सामूहिक संरचनाको पक्षमा धेरै साथीहरु पुगेका हुन्। ई-मेल समूह (e-mail group) त्यस्तै एउटा संरचना हो र अहिलेका लागि सबैभन्दा भरपर्दो पनि। यो अन्तर्कृयात्मक छ, अन्तर्कृयामा कतिसम्म भाग लिने भन्ने कुराको निर्णय गर्न सदस्यहरु स्वतन्त्र छन् र यसमा कुनै सांगठनिक झमेला र दाउपेच पनि छैन।

Nepali Bloggers नामको त्यो गुगल ग्रुप सकृय गराईसकिएको छ र ब्लगर साथीहरु यसमा सम्मिलित हुने क्रम जारी छ।

अनलाईन भेलामा नेपाली ब्लगरका नामबाट नेपाल भित्र कुनै सामाजिक काम आदि गर्न संगठनको आवश्यकता छ भन्ने आवाज पनि उठेको थियो। त्यस्तो कामको लागि छुट्टै संगठननै चाहिन्छ भन्ने छैन। समाजसेवाको पसल खोलेर बसेका अनगिन्ती संस्थाहरु छन् जसमध्ये केहिले अलि-अलि समाजसेवा पनि गर्छन् (र थोरैले साँच्चै समाजसेवा र समाजसेवामात्रै गर्छन्)। तिनै असल संस्थाहरुमध्ये कुनै एकलाई माध्यम बनाउन सकिन्छ। यथेष्ट आर्थिक क्षमता छ भने ब्यक्तिगत हिसाबबाटै पनि गर्न सकिन्छ। 'नेपाली ब्लगर'कै रुपमा गर्ने मन छ भने भौगोलिक रुपमा नजिक नेपाली ब्लगरहरुको एउटा अस्थायी संरचना बनाउन सकिन्छ। नेपालभित्र भरपर्दो र ईमान्दार सम्पर्क सूत्र भएको खण्डमा भविष्यमा यहि ई-मेल ग्रुपको माध्यमबाट अर्थ संकलन गर्न र पठाउन पनि सकिन्छ।

माथि ब्यक्त गरिएका कुराहरुलाई गलत अर्थमा नलिईयोस् भन्ने आशयले केहि कुरा अब। नेपाली ब्लगरहरुको संगठन हुनु निरपेक्ष रुपले गलत हो भन्ने मेरो विचार होईन। भौगोलिक रुपमा नजिक हुनेहरु अथवा समान विचार हुनेहरुले संगठन बनाउन सक्छन्, त्यो सबैको अधिकारको कुरा हो। मेरो भनाई कुनै पनि यस्तो संगठन सबै नेपाली ब्लगरहरुको प्रतिनिधि संगठन भने हुन सक्दैन भन्ने हो।

छलफलको निरन्तरताको लागि यो टाँसोले केहि योगदान दिनेछ भन्ने मेरो आशा छ। सबै साथीहरुबाट प्रतिकृया र नयाँ विचारहरुको आशा गरेको छु।

22 comments:

  1. You are very true Basanta Dai !

    ReplyDelete
  2. You are very true Basanta Dai !

    ReplyDelete
  3. यो ग्रुप सम्बन्धी केही जानकारी दिनभएकोमा धेरै धेरै धन्यबाद, म त अझै पनि मौन छु।

    ReplyDelete
  4. हैन बसन्त ब्रो, अगर मगर ... आफ्नो एउटा ब्लगलाई समय दिन त आच्छु अच्छु हुन्छ संगठन क्सरी सचालन हुन्छ होला ?

    ReplyDelete
  5. A Great Article Basanta G!
    The effort by Dautari to organize the Bhela is highly inspirational for Nepali Bloggers. It has opened way for us to keep informed on the single thread in Google Group. That is a good start. It is far better than creating ORG, capturing seats and then going back to hibernation!

    I am thankful for the mention of the g-Widget too!

    Cheers!
    -
    nkm

    ReplyDelete
  6. Basanta dai i'm new in blog world, its been just few months i have started my journey here and still left so many things to learn and trying to learn but you got different and solid view, i really appriciate the way you think but i cant say particulary about the things you have raised but of course i also believe in untity and it might bear friuts in our nepali blogs world.. what to say more ..prefer to wait and watch at the mean time !

    ReplyDelete
  7. ma pani yas mamalama maun nai chhu ajasamma tara basanta ji ko yo lekh padhepachhi bhane kehi sochna badhya banayako chha.

    ReplyDelete
  8. I support email group but not an organization

    ReplyDelete
  9. ब्लगर भनेकै भर्चुअल संसारका खेताला ( सबैको आ-आफ्नो भौतिक अस्तित्व पनि छ, त्यो भीन्दै कुरा है फेरि :)। त्यसैले मेरो बिचारमा पनि यो सबैलाई स्वस्थ सामुहिक दायरामा राख्‍न र एकताबद्द गर्न ईमेलल समुह नै सबैभन्दा राम्रो माध्यम हो ।

    कुनै बेलामा कुनै कार्यलाई भौतिक तलमा पुरा गर्नु परेमा पनि माथी यही टाँसोमा चर्चा गरीएका संसाधनको उपयोग गर्न सकिन्छ, त्यसमा कुनै शंका गर्नु पर्ने ठाउँ छैन ।

    ReplyDelete
  10. Basanta Jee very great post. Email group may be the best for now!!

    ReplyDelete
  11. मलाई पनि तेस्तै लाग्यो, ई-मेल समुहनै राम्रो होला। बिशेष गरेर प्राबिधिककुराहरुमा छलफल गर्न मिलोस, कुनै समस्यामा छलफल गर्न मिलोस त्यहीनै राम्रो होला।

    ReplyDelete
  12. एकदमै सही बिचारको फैलावट गर्नु भयो बसन्त जी । ब्लग सन्चालन गर्नेहरुले आ-आफ्नो बिचार र मनोभावनालाई यसमा समाहित गराउनु आवस्यक देख्छु म पनि ।
    मित्रहरुले भने झै सबैको लागि सरल र सजिलो माध्याम यही (ईमेल ग्रुप) नै हुन्छ जस्तो लाग्छ मलाई पनि ।

    ReplyDelete
  13. यसपाली सबैको मतमा मेरो मत मिलेको छ | हावाका झोंका जस्तो जता मनलाग्यो त्यता बग्न चाहने स्वछन्द ब्लगरलाई एउटा कुनै संगठनको नाममा नियम कानुनले चेपी राख्न मुस्किल नै पर्छ |

    इमेल ग्रुप र दाइको विचारको म नि दिल खोलेर स्वागत गर्छु |

    ReplyDelete
  14. म त छुच्चो भएं । संगठनको एउटा प्रारुप हुन्छ । कुनै कुराको प्रारुपतामा राजनीति जोडीए खतरा हुने हो । आखिर हामी शुद्द ब्लग्गर हौं । राजनिती र ब्लग्गिङमा फरक छ । इ-मेल समुह पनि आखिर समुहै न तो हो नि । मैले त ब्लग्गर भेलामा संगठन(समुह) बनाऔं भनेको हो अल्पमतमा परियो । कुरो उठाको हो, जित्नै पर्छ भन्ने त कतै छैन । जे पनि स्विकार्य छ । फेरी भनौं । हामी शुद्द ब्लगर हौं, न कि राजनितिज्ञ , तर राजनीति आफ्नो ठाउंमा छ ।

    ReplyDelete
  15. हामी आशावादी हुनुपर्छ ।

    ReplyDelete
  16. हामी आशावादी बन्न सक्नुपर्छ ।

    यसअघि यस विषयमा कलमहरु चलिसकेका छन् । जसरी भएपनि अहिलेको सर्न्दर्भमा ब्लगरहरुको संगठन आवश्यक छ । यसविषयमा अझ विस्तृतमा छलफल हुन आवश्यक छ । 'ब्लगगान' स्वर्गे हुनुको कारण कमजोर संचालन कार्यप्रणाली हो जस्तो लाग्छ मलाई । संगठन हाक्ने मान्छे र संगठनका सदस्यहरु सकृय भए अवश्य संगठन चल्छ जस्तो लाग्छ मलाई ।

    जुन माध्यमबाट भए नि म चाहिँ यस कार्यमा सधैं तत्पर रहनेछु ।

    ReplyDelete
  17. बसन्त दाइ ले उठाउनु भएको प्रसंग को लागि धेरै धेरै धन्यवाद छ |
    नेपाली ब्लगर लाइ एउटा संगठन वा इमेल समुह जे बनाए पनि हामीमा एकता र पोजिटिभ भियु हुनु पर्यो - ब्लगिङ्ग गर्दा आइपर्ने समस्या र अप्ठेरा हरुलाई कसरि तह लगाउन सकिन्छ र नेपाली ब्लग लाइ हित कसो गरे राम्रो होला भने हामि एक बद्र हुनु जरुरि छ |
    दौतरी ले जुन काम को थालानी गरेको छ यो एक दम सहरानिय रहेको छ ,जहा सम्म नेपाली ब्लगर लाइ एक बद्र गर्न इमेल समुह , संगठन वा BLOGAN लाइ नै पुन क्रियाशील गराउने भन्ने सबाल छ त्यसमा मेरो चाहि के राय छ भने .. संगठानिक रुप मै अघि बढ्न सके दिगो हुने'थ्यो कि ? त्यसो गर्दा पछी कुनै व्यक्ति निस्क्रिय रहे पनि पछी अरुले त्यसलाई निरन्तरता दिन सक्छ तर तर इमेल समुह भयो भने केयरलेस हुन्छ जस्तो लाग्छ र केहि सिमित व्यक्तिहरु जसको एक आपसमा लिंक रहेको छ उनीहरु निस्क्रिय रहदा पुन BLOGAN को जस्तो हालत नहोला भन्न सकिन्न | अनि अर्को कुरा, को -कसलाई लिमिटेसनमा कसरि बाध्ने भन्ने कुरा गर्नु भएको छ .. कुनै पनि नेपाली ले ब्लग मा आइ डि बनाइ ब्लगिङ्ग गर्छ भने उ नेपाली ब्लगर को सदस्य हुन् सक्छ तर उ हाम्रो परिधिमा रहन चाहदैन भने उ स्वतन्त्र छ | एउटा कुरा ब्लगिङग स्वतन्त्रताको एउटा राम्रो उदाहरण हो त्यसमा हस्तक्षेप सुहाउदैन | हामि एउटा सभ्य समाज को सिर्जनामा जुटेका सचेत व्यक्तिहरुको परिम , कुनै राजनैतिक संगठन खडा गर्न त गएका होइनम नि !
    बास हामीले नेपाली ब्लगर समाज एकबद्र भै जुटेको विश्व लाइ देखाउनु छ अनि ब्लगिङग प्रति चासो राख्ने हरुको लागि मार्गदर्शन र हौसला बढाउनु छ साथै तपाइँ हामि एक भै आपसमा मिलेर धेरै आघि बढ्नु छ परिवर्तन को लागि |

    ReplyDelete
  18. तपाइले लामो कुरा गरिसक्न भएको ले र म प्राय सबै कुरासंग सहमत भएको ले जे थपे पनि डुब्लिकेट होला ;)
    अहिले हाललाइ यही ब्लगर ग्रुप नै काफी छ। पछि चाहिएमा भूगोल अनुसार या अन्य केही अनुसार सह-समुह बनाउन सकिन्छ। मेरो पनि बिचार त्यही हो।
    अन्य कुरा ठरकी जी ले दौंतरीमा लेख्नु भएको छ। त्यसमा पनि पुन छलफल गरौंला। आखिर छलफल त भयो नि ब्लगर सम्भन्धि।

    ReplyDelete
  19. I had also mentioned on the online Bhela of Nepalese bloggers that just email group is enough for now. NO need to form an organization. I am still with my point. Thank you Basanta Gautam jee for this nice article.

    ReplyDelete
  20. सूझबूझपूर्ण प्रतिकृयाका लागि सबै साथीहरुलाई धेरै-धेरै धन्यबाद! ब्लगहरु ई-मेल समूहभित्र पनि यस विषयमा छलफल जारी राख्न सकिन्छ।
    मेरो ब्यक्तिगत विचार भने परीवर्तन हुने छैन। हामी नेपालीहरु 'फलानो अध्यक्ष भएको फलानो संगठन' नभई संगठित भएको भान नहुने संस्कारबाट प्रभावित छौं। ई-मेल समूहकै भरमा धेरै प्रभावकारी कामहरु हुन सक्छन्।

    ReplyDelete
  21. प्रतिकृयाको लागि हार्दिक धन्यबाद! एउटा छलफललाई निरन्तरता दिने प्रयासमात्र हो मेरो। तपाईँहरु सबैका विचारहरु पनि पढ्न पाउने आशा गरेको छु।

    ReplyDelete