सप्ताहान्तको साँझ
सप्ताहान्तको साँझ
एक्लै आउँछ,
गुलुपबाट मधुरो पहेँलो उदासी निकाल्छ
र मेरो अनुहारमा पोतिदिन्छ,
ऊ मलाई गिजोल्छ, चिथोर्छ र निचोर्छ
अनि एक्लोपनाका अनगिन्ती माउसुलीहरू बनेर
रातभर मेरा भित्ताहरूमा घस्रिरहन्छ,
सप्ताहान्तको साँझ
एक्लै आउँछ।
सप्ताहान्तको साँझ
एक्लै आउँछ,
गुलुपबाट मधुरो पहेँलो उदासी निकाल्छ
र मेरो अनुहारमा पोतिदिन्छ,
ऊ मलाई गिजोल्छ, चिथोर्छ र निचोर्छ
अनि एक्लोपनाका अनगिन्ती माउसुलीहरू बनेर
रातभर मेरा भित्ताहरूमा घस्रिरहन्छ,
सप्ताहान्तको साँझ
एक्लै आउँछ।
(असोज ६, २०५७; पोखरा)
[कविता पछि अब कविताको कुरा। गजलजस्तै 'छोटो, मिठो र सटीक' कविता लेख्ने मेरो एउटा प्रयास हो यो। 'रचना' मासिक साहित्यिक पत्रिकामा प्रकाशित भईसकेको छ यो, साथै 'साझा' लगायत केहि साइटहरुमा पनि राखिसकिएको छ।]
choto bhapaani sundar chha.
ReplyDeleteछोटो मिठो अनी राम्रो रहेछ। साह्रै बग्नु भयो नि त। अझै पढ्न पाइयोस बसन्त जी
ReplyDeleteWonderful! simply loved it...it reflects the sentiment of many living abroad and missing their family/ friends.
ReplyDeleteNice poem. and the Picture too!!
ReplyDeleteहाहाहा.. बसन्त ब्रो.. अब का तेसो भन्न पाईन्छ र ? त्यो त जमानामा एकलै भएको बेलामा पिउने बहाना पो थियो.. अब त पिउन लाई नयाँ बहाना खोज्नु पर्छ.. नत्र टाउको मा टुटुल्को उठ्ला नि फेरी ब्रो को एक्लै छु भन्दा
ReplyDeleteछोटो तर मिठो कबिता पढनलाई मजादार ।। बाँडनु भएकोमा धन्यबाद बसन्त जी ।
ReplyDeleteकाब्य सटिक ,सवल र सरस छ।साँच्चि !आजकाल कम हुदैछ तपाईको लेखन कार्य।यस्तो नहोस्।
ReplyDeleteचिथोर्ने, गिजोल्ने र एक्लै आउने सप्ताहान्त नआएकै जाति ...बरु हरेक दिन ज्यान फ्यालेर काम गरौंला
ReplyDeleteआफ्नो रमाईलो सप्ताहान्तमा कविताको शिर्षक देख्दा लागेको थियो पक्का रमाईलोको कविता जाँदैछ ... यो त मेरो लागि सस्पेन्स कविता भो....
मेरो बिचारमा ब्लगमा धेरै लामो कविता वा लेख राम्रो नि हुन्न... दाइले लेख्न खोजे जस्तो जस्तो छोटो, मिठो र सटिक कविता बनेको रहेछ |
पहेला मधुरा उदासीका साझहरु लिएर,
ReplyDeleteयस्तो वैरागी सप्ताहान्त न आएकै जाति!
हुन त हो नि मिलन, तर त्यसो नभएको भए यति मिठो कविता कहाँ लेखिन्थ्यो र?
साह्रै मन पर्यो यो सुन्दर छोटो कविता । पढ्ने मौका दिनुभएकोमा धन्यवाद !
ReplyDeleteसाँझहरुको के ग्यारेण्टी हुन्छ र मिलनजी हामीले सोचे जस्तै गरेर आउनलाई । मनमौजी यो त जसरी पनि आउन सक्छ - यस्लाई ट्याप्प समातेर भित्तामा टाँस्ने वसन्तजीको झैं शिल्प पो हामी सबैमा नहोला बरु ।
बसन्तजी संसारमा मुख्यत: तीन चिन्तनहरू निक्कै चर्तित छन् | अरुस्तु, मार्क्स र सिग्मन्ड फ्रायडबाट प्रतिपादित सिद्दान्तहरू ! कुरो बुझिसक्नु भयोहोला मैले भन्न खोजेको |
ReplyDelete"एक्लोपनाका अनगिन्ती माउसुलीहरू बनेर
रातभर मेरा भित्ताहरूमा घस्रिरहन्छ"
एउटा छोटो कवितामा यौनमनोविज्ञानको यति तिब्र अबिब्यक्ति देखेर सारै खुशी लागेको छ | मलाई कोइरालाका कथाहरू अत्यन्तै मन पर्थे र आख्यानकार विश्वश्वरको बारेमा पढेको पनि थिएँ |
"सप्ताहान्तको साँझ
एक्लै आउँछ,
गुलुपबाट मधुरो पहेँलो उदासी निकाल्छ
र मेरो अनुहारमा पोतिदिन्छ"
अतृप्त यौनाकांक्षाको मनोबैज्ञानिक प्रस्तूतीमा सारै दमदार झड्का लाग्यो यो कविता |यो मान्छेले संधै लुकाउन चाहने तर कुनै न कुनै रूपमा प्रकट भैरहने मानवीय मनोबैज्ञानिक यथार्थता हो | अति नै मन पर्यो |
दामी छ। चूडामणिमणि जी को कुरामा म पनि सहमत भए
ReplyDeleteछोटो , मिठो र दमदार को कविता !
ReplyDeleteब्लगमा तपाईँको लेखाइ ढिलो भए जस्तै मेरो पढाइ पनि पछिल्लो समयमा ढिलो भएर बग्दैछ । कविता केहीदिन पहिल्यै पढेको हुँ, छोटो कविताको लामो कमेन्ट लेख्न गुफावासमा हराए जस्ते भयो ।
ReplyDelete"एक्लोपनाका अनगिन्ती माउसुलीहरू बनेर
रातभर मेरा भित्ताहरूमा घस्रिरहन्छ"
मलाई यो रूपक ज्यादै रुच्यो कविताभरिमा । चुडामणि जीले जस्तो म विश्लेषण गर्दिनँ, सायदै वसन्तज्यूले फ्रायडीय चश्मा जड्नुभएथ्यो यो कविताको लेखनसमयमा । पाठकीय समीक्षामा विपठनको प्रतिक्रियात्मक जवाफ चुडामणिजीबाट आएको हो भन्ने ठम्याएँ मैले । लेखाइको चमत्कार नै यही हो, लेखकले आफ्नो हिसाबले लेखेको कुरालाई पाठकले आफ्नो अनुकूलता, जीवन/अध्ययनपृष्ठभूमिअनुरूप अर्थ लगाएर आनन्दमग्न बन्छ ।
सप्हान्त साँच्चै यस्तै वैरागी हुन्छ । भूतपूर्व पल यस्तै हुन्, अहिले भने वहार होला, भइरहोस्- शुभ कामना ! साथै आभार मीठो र दिमागलाई चटपटे जस्तै घोलिदिने कविताको लागि ।
बसन्त दाजु, सप्ताहान्तको साझ दाजुलाई कुन रुपमा आएको थियो कुन्नी, यो कबिता रचिदा ? तर आजकाल सप्ताहान्तको साझ परदेशमा Happy-Weekend भएर आउदोरहेछ । हातमा चुस्की राख्न सके राख्यो नभए अरुले चुस्केको हेर्दै थुक निल्दै अनी त्यही श्रीमतिको सौता(कम्प्युटर)लाई निचोर्दै जादोरहेछ त आँफै बित्दोरहेछ । यो त मेरो बुझाई मात्र हो ।
ReplyDeleteधेरै अर्थको ओजपूर्ण र दमदार प्रस्तुती ।
बडो गज्जब लाग्यो दाजु कबिता ।
ReplyDeleteसबै साथीहरुलाई हार्दिक धन्यबाद!
ReplyDeleteप्रवीणजि, दूर्जेयजी, दीपेन्द्रजी, सुजनजी, सिकारुजी, बेदनाथजी, कृष्णपक्षजी, जडितजी, wordflowsजी, मुखालेजी; हौसलाका लागि आभारी छु। त्यो तस्बीर भने मैले गुगलमा खोजेर राखेको हुँ।
प्रवासजी, हुनत ब्लगमा राजनीतिक कुरा केहि न केहि लेखेकै छु तर मेरो साहित्यिक लेखन भने कम भएकै हो। गति बढाउने कोशिश गर्नेछु।
हावा ब्रो, यो 'उहि' जमानाको कविता हो, अचेलको होईन:)
मिलन भाइ, सबै सप्ताहान्तहरु रमाईला हुँदैनन्। फेरि रमाईला सप्ताहान्तहरुमा मान्छे आफैं भुल्ने भएर होला तिनको बारेमा कविता कमै बन्छन्। कतै पढेको थिएँ, पिडालेनै साहित्य जन्माऊँछ भनेर। यहि होला शायद।
चुडामणिजी, गम्भिर मनोवैज्ञानिक विवेचनाका लागि धन्यबाद! यो कविता लेख्दा मेरो चेतन मनले यौनाकांक्षा थोपरेको नलागेपनि तपाईँले भनेजस्तै अचेतन रुपमा त्यसको संकेत हुनसक्छ भन्ने कुरा स्विकार गर्दछु। एक्लोपनाको भावको एउटा प्रमुख अंश अतृप्त यौनाकांक्षा पनि हो र हाम्रा धेरै रचनाहरुमा त्यसको प्रभाव परेकै हुनुपर्छ।
धाइबाजी, यो भूतपूर्व पल हो मेरो र अहिले त त्यसको अस्तित्व पनि थियो कि थिएन जस्तो लाग्छ। तपाईँका शुभेच्छाका लागि आभारी छु।
खुल्लामञ्च भाइ, साँझ-बिहान समय निकाल्न सक्ने र परिवार भएकाका लागि यस्तै happy weekend हुन्छ, तर एक्लै संघर्ष गरिरहेका धेरै मान्छेहरुको जीवनसंग भने यो कविता पूरै मिल्न आउला अझै। भाइका सबै सप्ताहान्तहरु यसरीनै happy weekend भईरहुन्!