February 18, 2009

आजका तीन कुरा

बिहानको खाजा खाने तयारी हुँदै थियो, हल्का भूकम्प आयो। छोरी अझै निद्रामै थिई, उसलाई उठाएर बाहिर वा कुनै सुरक्षित ठाऊँतिर कुद्नुपर्ने हो कि भन्ने दिमागमा आईसक्दा भूकम्प पनि बिदा भईसकेको थियो। यस्ता सानातिना भूकम्प जापानमा सामान्यनै मानिन्छन्, अब हामीलाई पनि सामान्यनै लाग्न थालिसक्यो। पहिला-पहिला भने धेरै डर लाग्थ्यो।

एकछिनपछिनै टेलिभिजनले भूकम्पको बारेमा बताउँदै थियो। यो भूकम्पको SHINDO (seismic intensity)नागोयामा रहेछ। जापानमा भूकम्प मापनको प्रविधि अन्यत्र प्रयोग हुने रेक्टर स्केल भन्दा फरक , त्यसको बारेमा यहाँ पढ्नसक्नुहुन्छ।

भूकम्पको बारेको मेरो पुरानो टाँसो यहाँ छ।
---------------------------------------------------------------------------------
अमेरिकी विदेश मन्त्री (सजिलोको लागि मन्त्री भन्दिएको, अमेरिकीहरु Secretary शब्द प्रयोग गर्छन्) हिलारी क्लिन्टन छाइरहेकी थिईन् बिहानको समाचारमा। आफ्नो कार्यकालको पहिलो विदेश भ्रमणको पहिलो गन्तब्यको रुपमा हिलारीले जापानलाई छानेकोलाई जापानीहरुले निकै महत्व दिएको देखिन्छ। जापान-अमेरिकी सम्बन्ध निश्चयनै विशेष तर भ्रमण कार्यक्रमको यो सानो काकतालीलाई यस्तरी बढाई-चढाई गरेको देख्दा हाँसो उठ्छ मलाई। अमेरिकासंगको प्रसंगमा यस्तै छन् जापानीहरु।

टोक्यो विश्वविद्यालयमा हिलारीको भाषण रहेछ हिजो। भाषण सुनेर फर्केकाहरु निकै प्रभावित देखिन्थे हिलारीको charisma बाट। एकजना बूढीआमै "जापानले पनि यस्तै महिला नेतृ कहिले पाऊँछ होला?" भन्दैथिन्। महिलाप्रति अत्यन्त अनुदार जापानी समाजमा हिलारी वा राइस जन्मिन अझै अलिक समय लाग्छ होला। युवराजसंग बिहे गरेर दरबारको सुनौलो पिँजडामा युवराज्ञीकी रुपमा कैद नभएकी भए मासाको ओवादा एउटी प्रभावशाली जापानी महिलाको रुपमा उदाउन सक्थिन् होला, राजनीतिज्ञको रुपमा नभएपनि कूटनीतिज्ञको रुपमा। यो मामिलामा मेरो बुझाई कम पनि हुनसक्छ, सबै क्षेत्रमा उदाऊँदै गरेका महिला नेतृहरु पनि धेरै होलान्। आशा गरौं, त्यस्तै होस्। तर जापानी समाजले दिने एउटा दह्रो प्रभाव भनेको महिलाप्रति अनुदारनै हो

धेरै पहिलाको मेरो टाँसो "जापान-मनका केहि तरंगहरु" पढ्नुभयो भने जापानका केहि पक्षका बारेमा मैले बनाएका धारणाहरु बुझ्न पाउनुहुनेछ।
---------------------------------------------------------------------------
अर्थमन्त्री शोइची नाकागावा पनि उत्तिकै छाइरहेका थिए समाचारमा। टेलिभिजन वा पत्रिकाहरु कमै हेर्ने इण्टरनेटमा पनि नेपालकै समाचारमात्र हेर्ने बानी लागेकाले जापानका कतिपय बहुचर्चित घटनाहरुका बारेमा पनि थाहै हुँदैन। यो बानी हटाउन सकिएको छैन अझै।

तिनले हिजो साँझ राजिनामा दिएछन्। जी- को हालैको रोम बैठकपछिको एउटा पत्रकार सम्मेलनमा तिनको भाव-भंगिमा प्रस्तुति जँड्याहाको जस्तो हुनाले देशको बेइज्जत भयो भन्ने हल्ला चलेको रहेछ। विपक्षी दलहरु सरकारमै सम्मिलित एउटा दलले पनि राजिनामा मागेपछि तिनी गोल्खाडी भएछन्।

आर्थिक संकटको सामनामा जुटिरहेको जापानका लागि यो अस्थिरताको अर्को एउटा झट्का हो। उता आफ्नो सरकारको लोकप्रियता ओरालो लागेर १० प्रतिशतभन्दा कममा पुगिसकेको बेला प्रधानमन्त्री तारो आसोका लागि झन ठूलो झट्का हो।

पत्रकार सम्मेलनमा ती असाध्यै गडबड देखिएका रहेछन्। तल भिडियोमा हेर्नुस्।

7 comments:

  1. japan ko barema lekhdai jaanus hai ....tapaaiko blog bat bhae pani ..tyhaa ko khabar haru ...saskaar haru thahapa paauda..majja laag6. dhanyabad .

    ReplyDelete
  2. जापानको बारेमा पढ्न पाउँदा निकै रमाईलो लाग्यो दाइ !! धन्यवाद !! अनि हाम्रो देशले पनि कहिले जन्माउने हो हिलारी क्लिन्टनहरु खोइ ?? जाबो जाँड खाँदैमा राजीनामा गर्ने मन्त्री काम नलाग्ने रै'छन् । नेपालमा त बलबहादुर केसीले भित्तो चढेर ,गिरिजाले प्लेन खाँदा, माकुनेले साउथ वेस्ट प्लेन खाँदा त राजीनामा दिएनन् जाबो जाँड खाँदैमा । काम नलाग्ने रै'छन् जापानी मन्त्री ।

    ReplyDelete
  3. हाम्रो तिर यस्तो अचाक्ली भूकम्प जान्न | सुरु सुरुमा जापान आउनेलाई त बानी पार्न गाह्रै पर्ला है ?

    ReplyDelete
  4. बसन्त जी जापानको बारेमा नयाँ नयाँ खबरहरु तपाइको ब्लगमार्फत पढन पाउदा थोरै भएपनि जापानि संस्कृति र मुल्य मान्यताहरुको बारेमा अवगत हुदै आइरहेको छ । सुर्योदयको देशा जापानमा प्राय भुकम्प हरु त गइ नै रहन्छन भन्ने त सुनेकै हो र तिनिहरु खासै हानिकारक हुदैनन की जस्तो लाग्यो तपाइको लेखबाट ।

    जापानिहरुको हिलारी प्रति देखिएको मोह पनि गजबैको रहेछ हगि

    ReplyDelete
  5. साँच्चै हामीले सुनेको जस्तै यो सानो तिनो भुकम्प 'दाल-भात' नै हुन्छ कि क्या हो त्यतातिर?।

    अनी यी मन्त्रीज्यूको बारेमा नेटमा कतै पढेको त थिएं, तर यो भिडियो क्लिप हेर्दा त अचम्मै लाग्यो। हैन पदिय गरिमाको ख्याल त उताका नेताले पनि भुल्दारैछन कहिले काहि ।

    ReplyDelete
  6. हिलरी आँफैंमा राष्ट्रपती हुन सक्षम ब्यक्ती हो, त्यस माथि ओबामा को फुल confidence छ उनी माथि । I believe Obama was very smart to tap her as Secretary of State, hopefully they continue to have symbiotic relationship.
    I think the hype has to do with combination of top US Diplomat and personality of Hillary making Japan her first foreign trip. I bet Canadian are making the same hype of Obama's first official foreign visit to Canada :)

    ReplyDelete
  7. सबै साथीहरुलाई धन्यबाद!

    बेदनाथजी, यहाँहरुको मायाको लागि आभारी छु, यथाशक्य लेख्दै जाऊँला।

    प्रवेश भाइ, हामी नेपाली पुरुषहरु अलि बढी उदार भईदिने हो भने हिलारीजस्तै ब्यक्तित्व हाम्रो समाजले पनि जन्माउन सक्नेछ। अनि नैतिकताको मूल्य हुने देशमा यस्तै हो, नेताहरुले जनमतको कदर गर्छन् र आफ्नो गल्तीको जिम्मेवारी लिन्छन्।

    सिकारुजी, साना-साना भूकम्पहरु हानिकारक नहुन स्वाभाविक हो। फेरि जापानी निर्माण कार्यको गुणस्तर राम्रो हुने हुँदा हामीकहाँ धेरै क्षति गर्नसक्ने भूकम्पले पनि यहाँ खासै क्षति गर्न सक्दैन। तर ठूलो धनजनको क्षति हुनेगरी पनि भूकम्प आइरहेको हुन्छ। म यहाँ आएको छ वर्षबीचमा त्यस्ता दुईटा भूकम्प ब्यहोरिसक्यो जापानले। अरु धेरैको पनि सम्भावना छ र जापानीहरु हरक्षण तयारी अवश्थामा देखिन्छन्, मानसिक र भौतिक दुबै रुपले।

    दिलिप दाइ, मन्त्रीले रुघाखोकीको औषधि बढी भएर हो भनेका छन्, ती रुघाखोकीका दिर्घरोगी पनि रहेछन्। मलाई पनि हो जस्तो लाग्यो, साँचो के हो कि उनैले जाने कि राम जाने।

    प्रज्वलजी, हिलारीको ब्यक्तित्वनै प्रभावशाली लाग्छ मलाई पनि। आशा गरौं उनको कार्यकाल पनि सफल र प्रभावशाली हुनेछ।

    ReplyDelete