November 16, 2008

गजल- 'बादलमा लुकी घाम आयो'


                            फेरि कालो वर्षातको याम आयो
                            लाग्छ बादलमा लुकी घाम आयो!

                            खोटा सिक्काले भरेर खल्तीहरु
                            नया 'दण्ड, दान,भेद, साम' आयो!

                            बस्ती कसरी पसे कंकालहरु?
                            प्रेतहरुको तामझाम आयो!

                            प्वाँख पलाए जस्तो छ कमिलाको
                            पुतली हुँ भन्दै छलछाम आयो!

                            अधूरै नराख्नु अब इतिहास!
                            अवसरको अन्तिम खाम आयो!


-नोभेम्बर १४, २००५

11 comments:

  1. राम्रो । साह्रै राम्रो लाग्यो ।

    ReplyDelete
  2. अवसरको अन्तिम खाम आयो!

    साँच्चै हो ???

    ReplyDelete
  3. Indeed nice composition!

    ReplyDelete
  4. nice to read this gajal

    ReplyDelete
  5. देशमा कालो वादलमा लुकेर नै घाम आयो तर त्यसलाई पुरा गर्ने देशका आम सबै नागरिकको कर्तव्य हो -पूरा गर्नु पर्छ त्यो अपूरो इतिहासलाई ।

    ReplyDelete
  6. सबै साथीहरुलाई हार्दिक धन्यबाद!

    उजेलीजी, एउटा पूरानो प्रसंगमा यो गजल लेखिएको थियो। लतारेर, तानतुन पारेरै भएपनि त्यो प्रसंगको 'अवसरको त्यो अन्तिम खाम'को सदुपयोग भईसकेको छ। 'अन्तिम' शब्दलाई हटाउँ जस्तो पनि लाग्छ तर आफ्नै रचनामाथि, त्यो रचना हुँदाको प्रसंग र मनोदशामाथि अन्याय हुने हो कि जस्तो पनि लाग्छ। फेरि, यहाँ राख्न मिल्ने यत्तिकै सटीक अर्को शब्द भेटेको पनि छैन।

    अनि, हरेक अवसरलाई 'अन्तिम अवसर' मानेर कस्सिएर काममा लाग्दा बेफाईदा त के नै होला र?

    ReplyDelete
  7. अवसरको अन्तिम खाम आयो .....

    कालावधिमा त्यति अन्तर नभए पनि २००५ सालको लेखनी अझै पनि कति सान्दर्भिक छ । विषयवस्तु र प्रस्तुतिमा तिक्खरता त छँदैछ, गेयात्मकतामा पनि कुनै खोट देखिनँ । साहित्यको कालजयी पाटो भनेको यही नै होला ।
    विकृत पक्षलाई उजागर गर्ने सावधानीसूचक गजलका लागि धेरै आभार तपाईँलाई । नयाँ साहित्य पनि (साहित्य पुरानो त हुँदैन, र पनि लेखिएको समयको हिसाबले भनेको हुँ) ल्याउनुस् है ।

    ReplyDelete
  8. धाइबाजी, धन्यबाद!

    लेख्नन सकिएछ भने टाँसौंला अवश्य। तर अचेल जिन्दगीको 'मूसो दौडाइ'मा परेर होला, सोचाइ शुष्क र निरस हुँदै गएको छ, केहि फुर्ने लक्षण छैन।

    ReplyDelete
  9. मुसो दौडाइसँगै रचनात्मक वेग मार्न सक्नुहोस्, मंगल कामना !
    आस गर्या छौँ ।

    ReplyDelete
  10. धन्यबाद धाइबाजी! केहि लेखियो भने अवश्य राख्नेछु तपाईँहरुका पारखी आँखा अगाडि।

    ReplyDelete