November 03, 2008

गोर्खापत्रको कथा

गोर्खापत्रको यो रुप फेरिने छाँट देखिएको छैन अझै। उल्टो झन घघडान 'गोर्खापत्र' बन्ला जस्तो पो छ! पात्रहरु फेरिएका जरूर हुन्, तर कथा उस्तै छ।

"गोर्खापत्र- कल्ले कतिपटक?"

पोहर एस.एल.सी मा गुल्टेको कालेले
यसपाली दोश्रोपटक छोला गोर्खापत्र,

सचिव हुँदासम्म शा.अ. डम्बरनारायणले
दशचोटि जति पढ्ला गोर्खापत्र,

अबला एकल धनमाया-
जाली जेठाजूले जग्गा हडप्न खोजेछ
माईती झिकाएर सुनी मात्र एक पाना गोर्खापत्र,

'विक्रम' र 'शमशेर' हरु ठान्छन्-
अरुलाई गोर्खापत्र कोच्याउनु तीनको अधिकार हो
आफू त किन घिच्थे र गोर्खापत्र?

यस्तै हो साथी!
गजब छ यो गोर्खापत्र
एक बाजी मैले पनि पढेथें
तिमीले कतिचोटि पढेका छौ गोर्खापत्र?

-५ अप्रिल, २००६

6 comments:

  1. मैले त धेरै पटक पढेकी छु गोर्खापत्र!! :-)

    ReplyDelete
  2. साधना दिदीले त पढ्ने भइहाल्नुभयो नि !!
    मैले त एसएलसीको रिजल्ट हेरेको गोरखापत्रमा ।

    ReplyDelete
  3. मैले अहिले सम्म बढी पढे १५ पटक जति होला।

    ReplyDelete
  4. निकै गज्जब ले दनक दिनुभयो है गोरखापत्र, गोर्षापत्र, गोर्खापत्र लाई ।

    साँच्चै भन्ने हो भने, अरु पत्रिका नपाएको बेला अनि केही पहिले रिजल्ट हेर्नलाई गोर्खापत्र छोइएको थियो ।

    त्यस्तै चलनचल्तिमा त गोर्खापत्र धैरै अगाडि छ, बच्चा देखि बुढा सम्म, अनि व्यापारी देखि विद्यार्थी सम्म भन्छन् ।
    "गोर्खापत्रमा पोको पारेर दिनु'न"
    -------
    मतलब कुनै पनि सामान-चिजबिज कागत मा पोको पार्नुछ भने, जो कोही भन्छ, गोर्खापत्रमा पोको पारेर दिनु न । तर यसको अनर्थ नलागोस्: पुरानो पत्रिका भएको भएर सबैको मुख मा गोर्खापत्र भन्ने शब्द झुण्डिएको हो ।

    कसैले पनि कान्तिपुर मा पोको पारेर दिनु भन्ने सुनिएको छैन

    हाहाहाहाहा
    :)

    ReplyDelete
  5. मैले चहि त्यो मेनपावरहरु सबै जलेको बेला मेरो पनि सबै मार्गसिट पासपोट जलेको हुदा गोर्खापत्रमा निबेदन दियको थिए। त्यै बेला हेरेको थिए। अरु कुरा चहि आकार जी संग सहमत छु।हा,,हा,,हा!!!

    ReplyDelete
  6. सबैलाई धन्यबाद! यो कविता मैले ज्ञानेन्द्र शाहले नेपाली मिडियामाथि छूरा चलाएताका लेखेको हुँ। साझामा टाँस्दा कविताको टाउकोमा केहि यस्तो लेखेको थिएँ, "यो कविता नेपाली जनताको चेतनाको आयामलाई गोरखापत्र र रेडियो नेपालको सिमानामा कैद गर्न चाहनेहरुको विरुद्ध---"

    अहिलेचाहिँ, नयाँ लेख्न नसकेको बेला फेरि 'इतिहासको ब्याज'ले काम चलाएको:)

    ReplyDelete