October 17, 2008

2nd NEA-JC Workshop on Present and Future Technology

नेपाल ईञ्जिनियर्स एशोसिएसन-जापान केन्द्र (Nepal Engineers' Association-Japan Center, NEA-JC in short) को आयोजनामा गएको आइतबार (अक्टोबर १२) टोकियोमा एक वर्कशप सम्पन्न भयो। "2nd NEA-JC Workshop on Present and Future Technology" भन्ने थिममा आयोजित यो वर्कशपमा जापानमा कार्यरत/अध्ययनरत नेपाली ईञ्जिनियरहरुले आफ्ना कार्यपत्रहरु पेश गरेका थिए। नेपाल ईञ्जिनियर्स एशोसिएसन-जापान केन्द्रको एउटा प्रमुख गतिबिधिको रुपमा गत वर्षबाट यो कार्यक्रमको थालनी गरिएको हो। गत वर्ष यो कार्यक्रम हामीले ओसाकाको दाइतो शहरमा आयोजना गरेका थियौं, यहाँ क्लिक गरेर हेर्नसक्नुहुन्छ त्यस बारेमा।

नेपाल ईञ्जिनियर्स एशोसिएसन सबै विधाका ईञ्जिनियरहरुको साझा संस्था भएकोले यो कार्यक्रममा स्वभावत: धेरै विषयका पेपरहरु प्रस्तुत भए। फरक क्षेत्रका कुराहरुका बारेमा साथीहरुबाट सुन्न पाउँदा अलिकति सामान्य ज्ञान बढ्ने त छँदैछ, त्यो भन्दा पनि महत्वपूर्ण चाहिँ ईञ्जिनियरिङ पेशा द्रूत गतिमा cross-disciplinary हुँदै गएको यो जमानामा यसले पेशागत जीबनमै पनि सकारात्मक असर दिने पक्का छ।

यो सन्दर्भमा पोहरको कार्यक्रममा एकजना साथीले भनेको याद आउँछ; "आफनो क्षेत्रबाहेकका विषयमा पनि अलि-अलि गफ दिन जान्ने भइयो। यो 'गफ दिन जान्नु' वा 'गफ दिन सक्नु' पनि ठूलो कुरो हो।"

उक्त वर्कशपका बारेमा थप NEA-JC को गृहपृष्ठमा गएर हेर्न सक्नुहुन्छ। तल केहि फोटोहरु राखेको छु।

कार्यक्रमको सिलसिलामा टोकियो पुग्ने क्रममा ११ तारीख बेलुकी म साइतामा मिसातोमा पुगेको थिएँ अखिलेश दाइ र वेदजीको निम्तोमा। वेदजीसंग पोहर ओसाकामा भेट भएको थियो। अखिलेश दाइसंग भने अहिलेसम्म प्रत्यक्ष भेट भएको थिएन। त्यो साँझ, मिसातो दान्ची (आवास क्षेत्रमा) रहेका नेपालीहरुको रमाइलो दशैं कार्यक्रममा सहभागी हुने मौका मिल्यो। यो मौका दिनुभएकोमा वेदजी, अखिलेश दाइ र मिसातोका सबै नेपाली साथीहरु र भाउज्यूहरुलाई हार्दिक धन्यबाद! अहिलेसम्म फोनमा मात्रै कुराकानी भएका ब्लगर मित्र सुरेश परीवर्तनजी र अरु धेरै साथीहरुसंग पनि चिनजान भयो।

कार्यक्रम सकिएपछिको साँझ नेपाली रेष्टूरेण्ट तिहारमा भएको सानो जमघट पनि निकै रमाईलो भयो। उक्त जमघटमा मझेरीका कुमारजी, अखिलेश दाइ, अमनजी, विदुरजी, लताजी, रिपेन्द्रजी र म थियौं। त्यहाँ पक्का नेवारी स्वादका खानेकुराहरु धेरै थिए। नेपाली राष्टूरेण्ट भनेपछि यस्तो पो हुनुपर्छ जस्तो लागेको छ। अरु धेरै रेष्टूरेण्टले नेपाली खानाको नाममा नान-करी मात्रै बेचेर बसेका छन्।

१२ तारीखको रात कुमारजीको कोठामा बसियो।

तल कार्यक्रमका केहि फोटोहरु;


















Presented Papers:

1) Special presentation: Technology transfer for infrastructure development in Nepal -- Er. Surya Raj Acharya

2) History, current status and future development of the Internet -- Er. Ved Pd. Kafle

3) Information sharing on the social semantic web -- Er. Aman Shakya

4) Experimental investigation of damping for stone masonry -- Er. Hari Parajulee

5) Greater need of pre-disaster management for infrastructure development and
resource generation in Nepal -- Er. Netra Prakash Bhandari

6) Three dimensional transient slope stability analysis of landslide dam failure
-- Er. Ripendra Awal

7) Numerical solution of the Navier-Stokes equations for incompressible free surface
flow in porous media under forced drainage conditions -- Er. Bidur Ghimire

8) नेपालको विद्युत विकास : अहिलेको वास्तविकता र अबको बाटो -- Er. Netra Gyawali

9) Role of Nepalese engineers abroad in infrastructure development of Nepal
-- Er. Dinesh Manandhar

10) About living space of Buddhist monastery in Patan-a research on living
environment management for elderly of traditional city -- Er. Lata Shakya

11) Modeling lung deformation during breathing -- Er. Subas Chhatkuli

Panel Discussion

Topic: Saptakoshi flooding - Could it be prevented?
Chair : Er. Surya Raj Acharya

Panelists: Er. Netra Prakash Bhandari, Er. Dinesh Manandhar, Er. Basanta K Gautam

9 comments:

  1. बसन्तजी,
    दशैँको शुभ-अवसरमा भेट गर्न पाऊँदा निक्कै खुसी लाग्यो। यस्तै, छोटो समयका लागी भए पनि NEA-JCको कार्यक्रममा भएका ऊच्च राज्ञिक छलफल सुन्न पाऊँदा निक्कै फाईदा भएको महशुस भयो। तराई-मधेश क्षेत्रमा रहेको कोशी क्षेत्रमा भएको प्राकृतिक प्रकोपका सँबन्धमा नेपालीहरुले गरेका छलफल वास्तवमै एकदम ठीक थियो। यस्तै प्यानेल डिस्कसनमा तपाँई, नेत्र दाज्यु, सूर्य राज आचार्य दाज्यूका छलफल निक्कै ज्ञानवर्धक लाग्यो मलाई। ड्याम बनाऊने कि नबनाऊने, विकास परियोजनामा राजनीतिक परिवारका लहडबाजी, नन-टेक्निकलहरुले लिने टेक्निकल निर्णयहरु र विकासका नाममा जन्मेका माफिया ठेकेदारहरुका सँबन्धमा भएका कुराकानी ऊल्लेखनिय छन।

    धन्यवाद।

    परिवर्तन

    ReplyDelete
  2. कार्यक्रम मा धेरै कार्यपत्रहरु प्रस्तुत भएछन् । अनि साथीहरु गफ दिन जान्ने पनि भएछन् । जेहोस्, ईन्जिनियरिङ एसोसिएसन ले नेपाल को लागि तत्काल केही गर्ने उद्देश्य राखेको छ कि छैन ???

    ReplyDelete
  3. Bidesh ma bhaer pani tapaai harule ramrai pargati garnu bhaeko rahe6 , r kushi pani laagyo -ramro saamuhik bhelaa rahe6. tapaaiharuko technology ko sansar .........gajab 6 .

    ReplyDelete
  4. Thanks for sharing your experience with all of us. I was also interested to participate in the workshop, but could not make it due to some compulsions. However, It's good to note that NEA-JC is consistently on the progressive journey & it is now becoming a part of Nepalese Engineers living in Japan. I appreciate the initiation by the present executive committee as well as the efforts put by the event management committee. you, as president of the executive committee, also deserve special acknowledgment. I am looking forward to read the papers, presented at the workshop, once they are available for download at NEA-JC website. and btw, the photographs are nice!

    ReplyDelete
  5. दिनभरिको कार्यक्रम ज्यादै रमाइलो तथा ज्ञानवर्धक रह्यो। उत्कृष्ट कार्यक्रम संचालन गर्नु भएकोमा धन्यवाद छ। विभिन्न ठाउँमा छरिएर रहनुभएका महानुभावहरुसँग भेट गर्ने राम्रो अवसर थियो।

    ReplyDelete
  6. will such workshops ever happen in Nepal.

    Nepalese abroad should do something for the country also.

    please aware urself.

    ReplyDelete
  7. Great work of NEA-JC!!
    Basanta jee thanx for sharing your experience..

    ReplyDelete
  8. This is a great work in Nepali blogging.

    I have created a Nepali social bookmarking site like digg.com. Its goreto.co.cc . You can share your blog posts on this and get more traffic to your site.

    I would like to invite you to join this site goreto.co.cc and start sharing news now.

    ReplyDelete
  9. सबैलाई धन्यबाद!

    सुरेशजी, प्यानेल डिस्कसन लगायत सम्पूर्ण कार्यक्रम निकै रचनात्मक र उपयोगी रह्यो। सबै सहभागीहरुले अत्यन्त सकृयतापूर्वक छलफलहरुमा भाग लिए। सहभागिताको लागि यहाँलाई फेरि एकपटक धन्यबाद।

    आकारजी, जापानमा रहेका नेपाली ईञ्जिनियरहरुको आपसी सम्पर्क र अन्तर्कृया बढाउन भनेर नेपाल इञ्जिनियर्स एशोसिएसन-जापान केन्द्रको स्थापना गरिएको हो (यसको माउ संस्था नेपाल ईञ्जिनियर्स एशोसिएसन हो)। कुनै न कुनै हिसाबले नेपालको लागि केहि योगदान दिने कोशिश यसको हुनेनै छ। त्यसका लागि हाम्रा योजनाहरु पनि छन्। अहिलेलाई भने हामी यहाँ रहेका नेपाली ईञ्जिनियर समुदाय र समग्र नेपाली समुदायको माझमा आफ्नो पहिचानलाई दह्रो बनाउने र जापानका केहि ईञ्जिनियरिङ पेशागत संस्थाहरुसंग सम्पर्क विस्तार गर्ने क्रममै छौं।

    पुलामीजी, यहाँको सदाशयताका लागि धन्यबाद।

    दीपेन्द्रजी, यहाँको प्रशंशाको लागि आभारी छौं। तपाईँ र अरु सबै साथीहरुबाट अझ बढी सुझाव र प्रतिकृयाको अपेक्षा गरेका छौं।

    कुमारजी, तपाईँको सकृय सहभागिताको लागि धन्यबाद!

    हजुरबाजी (अनौठो लाग्दो रहेछ 'हजुरबाजी' भन्दा!), विदेशमा बस्ने नेपालीले नेपालको लागि धेरै गरेका छन् र गरिरहेका छन्।
    जहाँसम्म NEA-JC का यस्ता वर्कशप नेपालमा पनि गर्ने कुरा छ, हाम्रो माउ संस्था NEA संग मिलेर केहि गर्न सकिन्छ, तर समन्वय मिलाउन चाहिँ गाह्रो भईरहेको छ। अर्कोतिर, अहिले पनि NEA-JC का धेरै साथीहरु ब्यक्तिगत रुपमा वा आफू कार्यरत जापानी संस्थाहरुको माध्यमबाट नेपालमा सकृय नभएका भने हैनन्।

    बद्रीजी, धन्यबाद!

    ReplyDelete