February 01, 2008

एकजना नेपालीसंगको भेट

जापान केहि वर्ष बसिसकेपछिको अनुभवको आधारमा जापानमा रहेका नेपालीहरुलाई तीनवटा ठूला समूहमा विभाजन गर्न सकिन्छ जस्तो लाग्छ मलाई। कमसेकम म बसेको यो क्षेत्रकै हकमा मात्रै भएपनि। पहिलो समूहमा विद्यार्थीहरु र पढाइ सकेर काम गरेर बसिरहेकालाई राख्न सकिन्छ। तीनका परिवारलाई पनि यहि समूहमा राखे हुन्छ। दोश्रो समूह, कानूनी रुपमा बिभिन्न पेशा-ब्यवशाय गरेर बसिरहेका नेपालीलाई लिउँ। यो समूहको ठूलो हिस्सा ‘इण्डियन रेष्टुरेण्ट’हरुमा कार्यरत छ, कामदार अथवा कतिपय अवस्थामा व्यवशायीकै रुपमा। तेश्रो समूहमा, गैर कानूनी रुपमा कार्यरत नेपाली दाजुभाइ-दिदीबहिनीहरुलाई लिन सकिन्छ (उनीहरुकै भाषामा भन्दा ‘छाप नभएका’ वा ‘अछापे’), जो जापानका ठूला-साना औद्यौगिक नगरीहरुमा कार्यरत छन्। उनीहरुको संख्या अरु दुई समूहको भन्दा ज्यादै ठूलो हुनसक्छ। (गलत अर्थ नलागोस् यहाँ, वर्गीकरणका लागिमात्रै बिभिन्न शब्दावलीहरु प्रयोग भएका हुन्। कुनैपनि नेपाली दाजुभाइ-दिदीबहिनीहरुप्रति मेरो कुनै नराम्रो नियत छैन।)

कहिलेकाहीं नसोचेको ठाऊँमा पनि नेपाली भेटिँदो रहेछ।

तीन महिना पहिला नयाँ ठाउँमा सरेपछि-उही पूरानै समस्याको कुरो फेरि पनि-कपाल कटाउने सस्तो ठाउँ खोजियो। ‘कात्तो दाके’ को परम्परा बसालियो त्यो ठाउँमा पनि।

“त्यो पार्लरमा एकजना नेपाली पनि रहेछन् काम गर्ने। ठ्याक्कै जापानीजस्ता देखिँदा रहेछन्।“ केहि दिनपछि उनी पुगेकी रहिछन् र कुराकानी भएको रहेछ।

दोश्रो पटक जाँदा तिनै नेपालीसंग परें म।

“पहिले त मैले तपाईँलाई जापानी भन्ठानेको!”
“ए हो र? म पनि भोटेनै भएर होला!” हामी दुबैजना खित्का छोडेर हाँसेको देखेर जापानीहरु हेर्दै थिए। मभन्दा सात-आठ वर्ष कान्छा रहेछन् पोखरा वरपरका, मगर थरका ती नेपाली भाइ। ‘हेण्डसम’ छन् र काममा निकै जमेका र कमाई धेरै गरिरहेका जस्ता लाग्छन्। जापान आउनुपहिले केहि वर्ष सिंगापुर बसेका रे। पानीपोखरीको नाम चलेको स्कूलबाट एस.एल.सी. गरेको हुँ भन्थे।

अलिकति चाहिँ ‘नेपाली बानी’ फुस्काइहाले भाइले पनि। कुराको बिच-बिचमा ‘के गर्नु हेर्नुस्, यस्तो काम गरेर बस्नु प-या छ!’ भनेर निकै पिर परेझैं देखाउँथे, जबकि उनको भावभंगिमाले बिल्कूलै उल्टो देखाउँथ्यो। उनी आफ्नो काममा निकै सन्तुष्ट देखिन्थे। नेपालमा ‘हजाम’ भनेर हेपिने पेशालाई अँगालेको र आज नेपालीनै आइपुगेकोले मात्रै उनले ती कुरा भनेका हुन् भन्ने सजिलै थाहा हुन्थ्यो। कुनै विदेशीसंग उनले कहिल्यै त्यसो भन्दैनन् होला।

सिंगापुर र जापानजस्ता-श्रमको इज्जत हुने ठाउँ-सबै पेशाको सम्मान गरिने ठाऊँमा यतिका वर्ष बसेर पनि हामी नेपालीको मनस्थिति फेरिन गाह्रै हुँदो रहेछ। एउटा नेपालीले अर्को नेपालीको अगाडि कि त बडप्पन देखाउँछ कि त हीनताबोध! आफ्नो पेशागत सीपसंग ती भाइलाई गौरव हुनुपर्ने हो।

ती नेपाली भाइ नेपाल फर्के भोलि कुनै दिन भने नेपालमा पनि ती ‘हजाम’ बन्लान् भन्ने कुरामा मलाई शंकै लाग्छ। हाम्रो सामजिक मनोविज्ञानै यस्तै छ!

‘काम राम्रो-नराम्रो भन्ने हुँदैन, सबै पेशा राम्रा हुन्।‘ भनेर ‘सम्झाएको’ थिएँ मैले उनलाई। तर के थाहा, उनको ठाउँमा म भएको भए मैले पनि त्यस्तै कुरा गर्थें कि?! मभित्र पनि ‘नेपालीपन’ गडेको त छ होला पक्कै पनि!

भोलिपल्ट, हामीकहाँ आइपुगेका केहि नेपाली किताबहरु र पत्रिकाहरु उनलाई दिन गएको थिएँ।

केहि दिनपछि फेरि त्यहिँ जानै छ कपाल कटाउन। त्यो भन्दा सस्तो ठाऊँ भेटिएको छैन नजिक कतै, शायद भेटिन्न होला।

13 comments:

  1. Blogging Basanta ji, I visited your page after a long time. Good post. We need to change our mentality now, yes, U are correct. Hope that you are doing well there.
    Take care n keep on progressing!!!

    ReplyDelete
  2. Thank you nepaleselawjee for your visit and kind comment.

    ReplyDelete
  3. Nice Post
    I agree with ur view of Nepalese mentality

    ReplyDelete
  4. बसन्त जी

    धेरै पछि नेसाजको मेल मार्फ़त यहाको ब्लग हेर्ने अवसर प्राप्त भयो । फेरी पनि तपाईको लेखन शैली प्रति नतमस्तक छु । अवश्य पनि हामी नेपालीहरु काम प्रति गौरव गर्ने दिन कुनैदिन आउने आशा र विश्वासमा छू । यो भन्दा भन्दै म पनि बसन्त जी ज़स्तै अवश्व कामलाई सानो ठुलोको रुपमा लिने गर्दछू होला । कुनैदिन टोकियोमा बसन्त जीलाई भेट हुने आशाका साथ ।

    बिश्व कंडेल

    ReplyDelete
  5. Thank you Aratijee for your comment. Such mentality is the real cause of problems in Nepal. Lets hope, we will come out of it soon.

    ReplyDelete
  6. विश्वजी, दन्यवाद छ तपाईँलाई। टोकियोतिर जाने मेसो त्यति परेकै छैन। मलाई पनि टोकियोका सबै साथीहरुसंग भेट गर्ने मन छ एकदम।
    नागोयातिर आउनुभयो भने खबर गर्नुहोला।

    ReplyDelete
  7. interesting to reading, Its the problem for all students also who are in aboard, we convert everything to Nepali currency first. Now days we got a trick for save money. We three friends stay together in room and we cut our hair with each others.......

    ReplyDelete
  8. Thank you Sameer for visiting the blog and commenting!

    ReplyDelete
  9. Basanta Ji,

    I have seen similar instances here too, people react like that (not happy with their work) only infront of other Nepali but are very happy other wise. I think it might be good idea for him to open a parlor in Nepal, हजामको पसल भन्दा हिनता बोध हुने भए, नाम साइबर पार्लर अथवा स्पोर्ट्स बार पार्लर राखे भइ हल्यो नि ;)

    मैले त आजकाल मेसिन किनेर घरैमा कपाल काट्ने व्यबस्था गरेको छु, बिग्रे २-३ हप्ता क्याप लगाएर गए भैहाल्यो :-)

    ReplyDelete
  10. Prajwoljee, I now think I also need to buy the machine so that I can do it myself.

    But I will lose one of my 'favourite' subjects for blogging.;)

    ReplyDelete
  11. के गर्ने नेपाली बानी यस्तै हो । हामीले आफ्नो मानसिकता मा पहिले परिवर्तन गर्नुपर्छ । विदेश मा जे-जस्तो काम गरेको भएपनि देश मा फर्केर ठूला कुरा हाँक्छन पनि । के गर्नु र खै ???

    ReplyDelete
  12. Thank you aakarjee for your visit and kind comment!

    ReplyDelete
  13. it's said that nani dekhi laageko baani, we are thought in similar way, we still after being frm a educated background we still divide the ppl through the work we do. hope it will be eliminated gradually as Nepal and nepali are exposing to the world.

    ReplyDelete