August 18, 2016

यतिखेर

सेमेष्टर सकिन आँटेको छ। साथीहरु धेरैले आफ्नो 'कोर्स' सकिसकेका छन्। अलिक बढी बाँकी भएको मै अल्छी हुँला :) भोलि बिहान पढाउन बोला'को, विद्यार्थीहरुले जनैपूर्णिमा, मन्दिर, पूजाआजाको कुरा गरे। यसैले भोलि कक्षा नहुने भो।
चाडबाडको याम शुरु भएको छ। मौसम बिस्तारै खुल्दैछ। पोखरामा पनि झरी घटेको छ। दिऊँसो खासै पानी पर्दैन अहिले, साँझ र राति भने बेस्सरी दर्किन्छ।

आज दिऊँसो दिनकर नेपालजीसंग भेट भयो। हामी ब्लग र फेसबुकमा लामो समयदेखि सम्पर्कमा रहेका छौं, तर प्रत्यक्ष भेटघाट भने भएको थिएन अहिलेसम्म। पोखरा आएको बेला सम्झिएर सम्पर्क गर्नुभयो, भेटघाट भयो। उहाँलाई धन्यबाद!

दैनिकीकै रुपमा भएपनि यो ब्लगलाई निरन्तरता दिनुपर्ला अबबाट।

4 comments:

  1. Replies
    1. यस्तै छ भाइ चाला। लेख्नै गाह्रो भएको छ अचेल।

      Delete
  2. blog circle ma tapai ko blog matra updated dekhiyo. keep on updating

    ReplyDelete
    Replies
    1. धन्यबाद आरतीजी! म त नियमित हुन सकेको छैन। तपाईँ धेरै नियमित हुनुहुँदो रहेछ बरु। यो नियमितता जारी रहोस्, शुभकामना!

      Delete