August 04, 2013

अहिले Long Walk to Freedom

यता यो मिलेको छैन, उता त्यो मिलेको छैन, ब्लगमा लेख्न समय मिलेको छैन :) मिलेको टुक्राटाक्री समयलाई ब्लगका लागि तयार पार्न मैलेनै नसकेको हो, नचाहेको त होईन।

टुक्राटाक्री निक्लने खाली समयमा केहि पढ्ने कोशिश भने गरीरहेछु। पोखरामा हुने विमोचन आदिमा किनिने, प्राप्त गरिने नयाँ पुस्तकहरु लगभग सबैजसो पढिएको छ। सरस्वती प्रतीक्षाजीको कविता संग्रह 'वागी सारङ्गी' र शरण आँशुजीको कविता संग्रह 'असमय' पछिल्ला त्यस्ता दुई कृति हुन्। सरस्वतीजी युवा पुस्ताको सशक्त हस्ताक्षर हुनुहुन्छ र उहाँको साहित्यिक उचाई राष्ट्रिय-अन्तर्राष्ट्रिय आयाममा फैलीसकेको छ। शरणजीका कविताहरुले पनि प्रशस्त संभावना बोकेका छन्। 

विकास थापाजीको 'नेपालमा जलविद्युत' पनि पढिसिध्याएँ केहि समयपहिला। नेपालको जलविद्युत क्षेत्र अपार सम्भावनायुक्त हुँदाहुँदै पनि कसरी हाम्रो देश लोडशेडिङ्गको अँध्यारो दुर्गतिमा फँस्न पुग्यो र कसरी नेपालको जलसम्पदामा देशी-विदेशी माफियाको दाह्रा-नङ्रा गाडिएको छ भन्ने बुझ्न अहिले यो सबैभन्दा उपयुक्त पुस्तक हो।

अहिले भने महान राजनेता नेल्सन मण्डेलाको आत्मवृत्तान्त "Long Walk to Freedom" पढ्न शुरु गरेको छु। आदरणीय मण्डेलाको स्वास्थ्यमा केहि सुधार आएको खबर थियो उहाँको पन्चानब्बेयौं जन्मदिनताका। उहाँको सुस्वास्थ्य र दिर्घायुको कामना गर्दछु। 




5 comments:

  1. मेरो त पढ्ने बानी नै हराई सक्यो,तर हरिवंशजीको "चिना हरायेको मान्छे" पढेर ज्यादै राम्रो लाग्यो.तपाईंले पढ्नु भा छैन ?

    ReplyDelete
  2. नेलशन मन्डेलाको जीवनी मलार्इ पनि पढ्न निकै चाहेको हुं , हिन्दी वा नेपालीमा कुनै पुस्तकको नाम भए पाउन । तपाइका अचेलका लेख रचना पढे । तपाइका लेख रचना पढ्दा नया नयां अनुभव र लेख्ने प्रेरणा मिल्छ । धन्यवाद ।

    ReplyDelete
  3. प्रेमबल्लभ सर र जीसी कार्कीजीलाई प्रतिकृयाका लागि हार्दिक धन्यबाद!कार्कीजी, नेपाली वा हिन्दीमा पनि छ होला, मैले देखेको छैन। काठमाण्डौंमा पाउनुपर्ने हो।

    ReplyDelete
  4. प्रेमवल्लभ सर, मैले 'चिना हराएको मान्छे' पढ्न अझै भ्याएको छैन।

    ReplyDelete
  5. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete