August 23, 2012

चार नयाँ मुक्तकहरु


१. बुझिराख!

तिमीले फलाक्दैमा कुनै पनि क्षण लगन हुँदैन
तिम्रा थोत्रा ढड्डामा स्वतन्त्रताको  गगन हुँदैन
टाउको फनफनी घुमाऊँदै पछिल्तिर हिँड्दै छौ
जति हिँडेपनि त्यस्तो हिँडाई अग्रगमन हुँदैन।

२. 'नयाँ' नेपाल-नयाँ नारा!

बाटो मिच्न पाऊनुपर्छ, शालीक ढाल्न पाउनुपर्छ
मान्छे मार्न पाउनु पर्छ, हड्डी गाल्न पाउनुपर्छ
नयाँ नेपालको नयाँ नारा यहि हो हजुर-
छोरी बेच्न पाउनुपर्छ, बुहारी बाल्न पाउनुपर्छ। 

३. बिडम्बना!

पाठा रोज्दैछन्, जन्माउने माऊ पाईएको छैन
जगमै हानाहान छ, छानो छाईएको छैन
सबैलाई 'राज्य'को चिन्ता छ यहाँ-
विचरो देश! देश कसैलाई चाहिएको छैन।

४. फिर्ता देऊ!

यो देशको दिल, दिमाग र नाभी फिर्ता देऊ
यो पूरा देशमाथिको मेरो दाबी फिर्ता देऊ
जोगाऊँछौ भनी जिम्मा लगाएँ, अन्तै सुम्पेछौ
बाबुराम! मलाई मेरो देशको चाबी फिर्ता देऊ!


10 comments:

  1. चारवटै मुक्तक 'विष्फोटक' छन् । त्यसमा पनि पहिलो र अन्तिमको कुनै जबाफ छैन् ।

    ReplyDelete
  2. This comment has been removed by the author.

    ReplyDelete
  3. गज्जपका घोचक मुक्तकहरु । अन्तिम मुक्तकले त घाइते नै बनायो ।

    ReplyDelete
  4. sabai muktak ek-se-ek chhan, damdaar ra dilip jee bhane jastai Bisfotak chhan.

    ReplyDelete
  5. क्या दामी! झतारे मुक्तक साच्चैको ज्वाला झै देखियो! पढ्ने मौकाको लागि यहाँ प्रती हार्दिक आभार!

    ReplyDelete
  6. चारै मुक्तक ले चुप बनाए मलाई । बसन्त जी अब एउटा मुक्तक सँग्रह निकाल्नु पर्यो चाँडैनै ।

    ReplyDelete
  7. समकालीन परिस्थितिबाट उत्पन्न भयेका राम्रा मुक्तकहरुछन.

    ReplyDelete
  8. एकदमै उत्कृष्ट मुक्तकहरू दाइ !! अन्तिमको झनै गज्जब !! :)

    ReplyDelete
  9. सबै मुक्तक सबल छन् | देशको यथार्थ बोलेका छन्

    ReplyDelete
  10. धेरै राम्रो लाग्यो.के गर्ने खोई ,मधेशीहरू संग माओवादी को गठबन्धन छ,कल्पनापनि गर्या थिइन.

    ReplyDelete