June 15, 2012

तानाशाह

छठका हुँदैनन्, दशैंका हुँदैनन्
तानाशाह कसैका हुँदैनन्

संवेदना भए पो मान्छे भन्नु!
मन र मुटु, नसैका हुँदैनन्

दूध पियाउनेलाई के थाहा
सर्पहरु उसैका हुँदैनन्

लेख्छन्-मेट्छन्, बोल्छन्-फेर्छन्
गोयवल्सका मुख वशैका हुँदैनन्

छठका हुँदैनन्, दशैंका हुँदैनन्
तानाशाह कसैका हुँदैनन्।


1 comment:

  1. सटीक र समय सापेक्ष । पक्कै पनि तानाशाह कसैका हुँदैनन् ....तर सबैले यो थाहा पाउने पो कहिले हो :(

    ReplyDelete