March 18, 2012

दुई नयाँ मुक्तकहरु


तिम्रा कर्तुतहरु, खातामा एक-एक जनिनेछन्
क्रूरताका कथाहरु पुस्तौं-पुस्ता भनिनेछन्
शत्रु बनाउन कसलाई पो बाँकी राखेका छौ र?
अरिंगालझैं एकै पटक तिमीमाथि खनिनेछन्।
---------------------------------
रात-रातभर भट्टीमा टोपी छाड्ने भए
दिनभरी टट्टीमा मुण्टो गाड्ने भए
'शान्ति र संविधान' पक्का भयो रे-
कसै-कसैले दुई करोडको बिटो फाँड्ने भए!

2 comments: