January 18, 2012

शहर र देश

शहर 
जति  पस्यो उति फोहर 
जति  बस्यो उति फोहर 
यो फोहर काठमान्डौमा- 
जो फस्यो उहि फोहर


देश चलेको छ! 

सरकार गरीबीको कथा बाँडेर डलर फलाउँछ
एनजीओ गरीबको फोटो बेचेर डलर फलाउँछ
घर चलाउने-देश चलाउने जिम्मा चाहिँ सानेको-
अरबमा रगत-पसिना रोपेर डलर फलाउँछ 

5 comments:

  1. साह्रै सटिक र समसामयिक कविता, राम्रो लाग्यो ।

    ReplyDelete
  2. दोश्रोमा वर्तमानको गहीरो पीडा

    ReplyDelete
  3. एकदमै सही र सटिक कुराहरु ! सहर र देश दुवै पिडित छन् |

    ReplyDelete
  4. मार्मिक यथार्थ ....कतित डॉलर फालाउदा-फलाउँदै जीवननै गुमाउछन .....

    ReplyDelete