June 20, 2010

'खत्तम' खेल अफ दि सेञ्चुरी

स्थान: नेपाल दंगशाला
समय: सधैं; हप्तामा आठै दिन, दिनमा पच्चीसै घण्टा
खेलाडीहरु: जबर्जण्ड, माकुने, झामचन्द्र, हुचीलदा, काबुराम, केपीगोली, कोहुन् वैद्य, झल्लु, बामहल्लु, लेऊबा, गच्छेजाल, लुजाता र अरु गरी चानचुन १००० जति।
कोच: नारत, छिन, चम्रिका, ब्युरोप आदि।
रेफ्री: नामवरण, अहिलेसम्मको प्रमुख कदम: एउटा कटवाल कार्ड। कटवाल कार्ड खानेले तिनलाई 'निदहरण' पनि भन्छन्:)
निरीह दर्शक: तीन करोड भन्दा बढी

खेलको स्थिति: 
मैदानको आधा ब्यारेक र क्याण्टोनमेण्टले भरिएकोले खेल बाँकी आधा मैदानमा मात्रै जारी छ। हावा फुस्कन थालेको बल मैदानको मध्यभागमा फ्याँकिएको छ।  गोलपोष्टमा माकुने र डिफेन्समा केपीगोली, झामचन्द्र र हुचीलदा छन्।

जबर्जण्ड: (जुँघा मिलाऊँदै) मलाई गोल गर्न देओ! मने निश्चित रुपमा पोष्ट खाली गर्देओ, एउटा क्रान्तिकारी गोल गर्ने ठहर छ मेरो।
कोहुन् वैद्य: हो, हो। पोष्ट खाली गर्दिनै पर्छ।
केपीगोली, झामचन्द्र र हुचीलदा (एकै स्वरमा): किन छोड्ने पोष्ट? बल चलाएर, छलाएर र शट हानेर गरे पो गोल। खाली पोष्टमा त जल्ले पनि गोल गर्छ नि! आफू गतिलो स्ट्राईकर हुन नसक्ने अनि हुन्छ----!

गोलपोष्टमा माकुने मुसुमुसु मुस्काऊँदै:)

जबर्जण्ड:मने निश्चित रुपमा त्यसो हो भने म यो बलै फोड्दिन्छु मने जनगोली हान्दिऊँ--?
कोहुन् वैद्य: हो, हो। बलै फोड्दिऊँ अब।
केपीगोली, झामचन्द्र र हुचीलदा (एकै स्वरमा): सके फोडे भो!
(एकछिन कानेखुशी चल्छ, अनि मुसुमुसु हाँस्दै।) अर्को गतिलो स्ट्राईकर आए त हामी छोड्ने विचार पनि गरौंला तर अहिले त---।

यो सुनेर काबुराम 'वार्म अप' शुरु गर्छन्।

काबुराम (वार्मअप गर्दै): कमरेडहरु, म स्ट्राईकर भएर हेर्नुप-यो एकबाजी। एउटा नाथे गोल त सजिलै छिराईदिन्छु।

अचानक हो-हल्ला शुरु हुन्छ। जबर्जण्ड र कोहुन् वैद्य मिलेर काबुरामलाई दुईतिरबाट छिर्के हान्छन् र लडाईदिन्छन्। उता लेऊबा किन हो अंकुशेले झामचन्द्रको खुट्टा तान्न थाल्छन्। एक हुल गाई पनि कता'ट ह्वार्र् मैदानमा छिर्छन्, कसैले 'गाई कार्यनीति-सत्ता रणनीति' को अभ्यास गरेको हुनसक्छ:)

उता झल्लु र हल्लु यहि मौकामा आत्मघाती पेनाल्टी हान्ने तयारीमा लाग्दैछन्। यो हुलमुलमा आफ्नो भागमा एउटा फ्रि-किक झर्ने र आफैंले 'गोल' हान्ने दाऊमा मुख मिठ्याऊँदै गच्छजाल 'कोच'संग छुट्टै टयुशन लिँदैछन्।    
-----------
खेल जारी छ, तर यो खेल देशका लागि भारी छ!
-----------
यस्तो खेललाई रेड कार्ड!
Image Source: Click Here

14 comments:

  1. के गर्ने बसन्त दाइ हाम्रा रेफ्रीहरु नै कम्जोर छन् रेड कार्ड नै दिन सक्दैनन ...या दिदैनन ..(सायद उनीहरु नै खेलाडीहरु संग मिलेमतोमा रहेका छन् )....
    प्रसंग र तरिका निकै राम्रो अपनाउनु भएको रहेछ तर अलिकति सम्बाद अझ मिलाउनु भएको भए बेस हुने थियो ! जस्तो आत्मघाती पेनाल्टी (आत्मघाती पेनाल्टी अलिक सुहाउदैन र हुदैन नि ) नभएर आत्मघाती गोल !
    जेहोस समय सान्दर्भिक लेखोट राख्नु भएको रहेछ , धन्यवाद !

    ReplyDelete
  2. Prashanta ShresthaJune 20, 2010 at 6:56 PM

    A nice one. Happening & very well presented. Thank you for your live commentary.

    ReplyDelete
  3. "म स्ट्राइकर भएर हेर्नु पर्‍यो जाबो एउटा गोल त सजिलै छिराइदिन्छु" बास्तबमै यथार्थ चित्रण गर्नु भयो बसन्त जी।
    रेफ्रीहरु कमजोर भएका हैनन् बास्तबमा यो खेलमा रेफ्रीनै छैन, रेफ्री हुनु पर्ने पनि खेल खेल्न मैदानमा आउन थालेर नै यो हाल भइरहेको छ। बसन्तजी साह्रै राम्रो सोच र तुलानात्मक शैलीमा सबै कुरा भन्नु भयो..

    ReplyDelete
  4. hahaha...............
    Football ma nepali rajniti ..........

    ReplyDelete
  5. खेल जारी मात्रै छैन, धुमधामका साथ चलिरहेको छ। माथि दखाईए जस्तै कुनै निश्चित नियम वा अनुशासनको पालना गर्नु नपर्ने भएकोले 'जसको शक्ति उसैको भक्ति' भन्ने एकमात्र मन्त्रमा सबै चलेका छन्।

    मेरो तर्फबाट पनि खेलाडी,एक्स्ट्रा खेलाडी समेत अनि रेफ्रीलाई पनि "रातो कार्ड" । यो खेलको कुनै न्यायसंगत परिणाम आउनेवाला छैन। त्यसैले खेल रोकेर पुन: "फ्रेणडली म्याच" खेल्नु मा नै सवैको जय हुन्छ ।

    ReplyDelete
  6. यी खेलाडीलाई त गोल र गोल पोस्ट भनेकै के हो थाहा छैन | समयमा गोल गर्न नसकेर पोस्ट नै हटाउँ कि यता उता सारुं भन्ने खालका परे यी | गजब लाग्यो खेल समिक्षा !

    ReplyDelete
  7. सबैलाई रेड दिनुपर्ने हो !!!

    ReplyDelete
  8. देशभाँडा खेललाई रेड कार्ड दिनुहुने सबैमा सादर धन्यबाद!

    ReplyDelete
  9. nice Match, धेरै भयो यो म्याच हेर्न थालेको, खै रेफ्रीले धुस खाएको जस्तो छ, रेड कार्ड नै देखाउदैन ,

    ReplyDelete
  10. बाँचुन्जेल खेल मैदानमा उत्रिन नपाउने कार्ड बनाउनु पर्यो रेड कार्डले भ्याएन ।

    ReplyDelete
  11. यतिको गहन कुरालाई कती रमाइलो तरिकाले प्रस्तुत गर्नु भो , धेरै नै राम्रो लाग्यो बस्न्तसर ।

    ReplyDelete
  12. प्रतिकृया दिनुहुने सबै साथीहरुलाई हार्दिक धन्यबाद!

    ReplyDelete