December 20, 2011

कांग्रेसले पोखेर रित्याएको पुँजी

यो देशमा आफूलाई सबैभन्दा ठूलो राष्ट्रवादी र जनताको सबैभन्दा शुभचिन्तक नठान्ने दल कुनै छैनन्। सबै आफूलाई एक से एक लोकतन्त्रवादी पनि ठान्छन्, भलै लोकतन्त्रको परिभाषा सबैका आ-आफ्नै हुन्छन्, देशभक्तिका परिभाषा र रुप पनि सबैका आ-आफ्नै हुन्छन्। 

देशका अरु दलहरु कोहि वामपन्थी/साम्यवादी खेमाका भएका र कोहि पूर्व पञ्चहरुको नेतृत्वमा रहेकाले आफूलाई खाँट्टी र अब्बल दर्जाको प्रजातन्त्रवादी (वा अहिलेको भाषामा लोकतन्त्रवादी) 'स्वघोषणा' गर्ने अधिकार केहि वर्षयता कांग्रेसले पाएको छ। हुनत, २०४६ सालपछि देखिएको कांग्रेसी दम्भ, असहिष्णुता र अहंलाई धेरै मान्छेले बिर्सिसकेका छैनन् तर द्वन्द्वकालमा माओवादीबाट सबैभन्दा बढी सताईएको कारणले पनि कांग्रेसप्रति जनतामा एक प्रकारको सहानुभूति जन्मन थालेको थियो। हो न हो, कांग्रेसचाहिँ सहिष्णु संस्कार बोकेर बसेको छ भन्ने भ्रम पर्न थालेको थियो मान्छेमा। यतिखेर त्यो भ्रम नराम्ररी चिरिएको छ। कांग्रेसको मन बदलिएको होईन रहेछ, यो पनि मौका पाउना साथ आफैंले तानाशाही र अधिनायकवादी भनेका दलहरु जस्तै असहिष्णु, बाहुबली र आतंकवादी रहेछ।

हिजोको बन्द र देशको सडकमा देखिएको गुण्डाराजले यहि प्रमाणित गरेको छ।

देश केहि वर्ष यता बन्द, हडताल र चक्काजामको चक्कामुनि नराम्ररी पिसिएको छ। कम्युनिष्ट दल र तिनका भातृसंगठनहरु अनि च्याऊझैं उम्रिएका अनगिन्ती संघसंस्थाको बन्दले देशको आर्थिक, सामाजिक र राजनीतिक जीवन रसातलतिरको बाटोमा हिँडिसकेको छ। यो परिश्थितिमा कांग्रेस देशमा एउटै मात्र 'बन्द' नगर्ने दल बनेको थियो। विगत केहि वर्षमा कांग्रेसले जम्मा पारेको यो एउटा ठूलो नैतिक पुँजी थियो। यो पुँजीलाई जोगाउन सकेको भए कांग्रेसले सही समयमा यसको उचित प्रतिफल पाउने थियो।

तर कांग्रेसीहरुले त्यो पुँजीलाई जोगाउन चाहेनन्, उनीहरु पनि क्षणिक आवेशमा क्षणिक हिसाबकिताबको लोभमा फँसे।

र उनीहरुले आफूले जम्मा गरेको पुँजीलाई हिजो दिनभरि सडकमा पोखेर भाँडो रित्याए।

 

5 comments:

  1. As a NC supporter, I feel very let down by our leaders. They should be ashamed.

    BNP

    ReplyDelete
  2. यसो विचार गर्दा नेपालमा राजनीति गर्ने भनेकै बन्द, हल्ला र मारपिट गर्ने भन्ने बुझियो | कांग्रेस पार्टी पनि अबुझहरुको जत्था बनेको प्रष्ट प्रमाण हो यो |

    ReplyDelete
  3. काग्रेस भित्रका सच्चा कांग्रेसलाई कति चोट पुगेको हुँदो हो यो
    स्थितिमा आफ्ना नेताहरुको कुबुद्दी देखेर !

    ReplyDelete
  4. कांग्रेस केवल वि.पि को विरासतले अस्तित्वमा रहेको हो/वि.पि ले आर्जेको जन बिस्वासले पालिएको पार्टी हो तर आज वि.पिको बिरासत यी मन्दबुद्दी नेताहरुको बहुलट्ठीपनले मेटीसकेको छ/कांग्रेस केवल date expired medicine हो/यसबाट लाभ भन्दा हानि कै आशा राखे हुन्छ.No offence

    ReplyDelete