जय शम्भो!
हामी सबैको जय गर्ने शम्भो, शंकर, भोलेबाबा, पशुपतिनाथ, कैलाशपति, नीलकण्ठ अहिले आफैं संकटमा छन् र माओवादी उनलाई आफ्नो लाल-झण्डा बोकाउन हात धोएर लागेको छ। घोषित रुपमा नास्तिक र धर्म-संस्कृति-परम्पराका विरोधीहरु पशुपतिनाथका हर्ताकर्ता भएका छन् र अरुलाई पाठ पढाउन थालेका छन्। यो समस्यालाई 'भारतीय पूजारी' र 'नेपाली पूजारी' र अझ 'राष्ट्रघात' र 'राष्ट्रवाद' बीचको द्वन्द्वको रुपमा परिभाषित गर्ने उसको कुत्सित प्रयासले हावा खाने निश्चित छ।
यो (पशुपतिनाथ)काण्डको बारेमा यो ब्लगमा पनि (पशुपतिनाथमाथिको राजनीतिकरणको विरोध गर्दै) एउटा टाँसो राखौंला भन्ने सोचेको थिएँ तर अरु ब्लग पढ्दै र प्रतिकृया दिँदै समय गयो। अब तिनै कुराहरु फेरि यहाँ दोहोराएर छुट्टै लेखिरहनुभन्दा तीमध्ये दुईटा ब्लगमा मैले लेखेका प्रतिकृयाहरु यहाँ राख्दैछु। उतै पढिसक्नुभएकोभए क्षमा चाहन्छु। भविष्यमा खोज्न सजिलो होस् भनेर पनि यसो गरेको हुँ।
दौतरी मा 'ठरकी दादा'को एउटा ज्यादै चित्त बुझ्दो लेख छ, 'नयाँ पशुपति’ र माओवादीका दिमागी आयतन । भन्ने। त्यहाँ भएको कुराकानीमा मेरो कुरा राखेको छु। कुरा अझै अगाडि बढ्दै जानपनि सक्छ, दौतरीको यो धागोहेर्दै गर्नुहोला।
"अत्यन्त चित्त बुझ्दो कुरा गर्नुभयो ठरकी दादा! आफ्नो कुत्सित उद्देश्यलाई राष्ट्रवादको खोल ओढाएर ढाक्ने दाउ हो यो माओवादीको।
म पनि आफूलाई धार्मिक भन्दा बढी आध्यात्मिक भन्न रुचाऊँछु। मैले आफूलाई धार्मिक भन्न नरुचाउनुको कारण म नास्तिक भएर हैन, 'धर्म'शब्दसंग धेरै पाखण्डी परम्पराहरु पनि जोडिएर आउने भएर हो। सारमा सबै धर्म महान छन् जस्तो लाग्छ। धर्मको नाममा हुने यावत कुकृत्यहरुको विरोध गर्छु म। तर धर्मको सुधार र संरक्षणको विकल्प छैन।
पशुपतिनाथको धेरै महत्व छ। यो विश्वका अरब भन्दा बढी हिन्दूहरुको आस्थाको केन्द्र हो। विशुद्ध कलाप्रेमीको आँखाबाटमात्रै हेर्दापनि यो हाम्रा पुर्खाहरुले हामीलाई छोडेर गएको सुन्दर धरोहर हो, यसलाई जोगाउनु हाम्रो कर्तब्य र दायित्व हो।
नेपाली पूजारी राख्ने कुराको विरोध कसैले गरेको छैन। इतिहासको एउटा कालखण्ड विशेषमा कुनै कारण दक्षिण भारतको पूजारी ल्याएर पूजा गराउन थालियो। भारतले हामीलाई लादेको पनि होईन, हाम्रै तत्कालीन शाशक र धार्मिक नेताहरुले उनीहरुलाई अनुरोध गरेर ल्याएका हुन्। अहिले अर्को कालखण्डमा यो प्रथाको परीवर्तन हुनु जरुरी थियो र नेपाली पूजारीनै हुँदा सर्वसम्मत नै पनि हुनेथियो। यो नियुक्ति राष्ट्रिय एकताको एउटा सानो सूत्र बन्नसक्थ्यो। तर 'बाँदरको हातमा नरीवल' भनेजस्तो यस्तो राम्रो मौकालाई माओवादीले राष्ट्रिय विभाजनको हतियार बनाईदियो।
माओवादीहरु घोषित रुपमा नास्तिक र धर्म-संस्कृति-परम्पराविरोधी हुन्। उनीहरुले विगतमा धेरै मठ-मन्दिरहरु ध्वस्त पारेका छन्। संस्कृत शिक्षाको विरोध गरेका छन् र संस्कृत पढाएको निहुँमा मुक्तिनाथ अधिकारीजस्ता सोझा शिक्षकहरुको निर्मम र पाशविक हत्या गरेका छन्। माओवादी नेताहरु सगर्व गाईको मासु खाएको कुरा गर्छन्। यसैले उनीहरुलाई हिन्दू धर्म र हिन्दू धार्मिक मामिलामा बोल्ने कुनै नैतिक अधिकार छैन। तर देशको सरकारको नेतृत्वमा रहेकाले ब्याबहारिक रुपमा उसलाई ठ्याम्मै रोक्न सकिन्न। हाम्रो यहि 'ब्याबहारिक' अड्कोको चरम दुरुपयोग गरेको हो माओवादीले। सबैलाई थाहा छ विरोध नेपाली पूजारीको भएको हैन, विरोध जुन चोर-बाटोबाट आफ्नो कार्यकर्तालाई पूजारी बनाईयो, त्यहि चोर-बाटोको भएको हो। तर माओवादी यसलाई नेपाली पूजारी र भारतीय पूजारीको मुद्दा बनाउन हात धोएर लागेको छ। कुनै पनि समस्यालाई 'कालो' वा 'सेतो' भन्दा बढी केहि नदेख्ने लिँडे माओवादीहरु ठाऊँ-कुठाऊँ आफूबाहेक अरु सबैलाई राष्ट्रघाती र दलाल भन्दै गाली गर्दै हिँडेका छन। माओवादीको 'राष्ट्रवाद' र 'भारतविरोध'को रंग उहिल्यै खुईलिसकेको यिनलाई थाहा छैन। थाहा हुने कुरो पनि भएन किनभने माओवादीभित्र रचनात्मक चिन्तन कहिल्यै सिकाइन्न। त्यसकारण तपाईँले भनेजस्तै माओवादी दिमागको आयतन असाध्यै कम छ। चिन्तन-मनन र विचार खेल्ने भए पो दिमाग चाहिन्छ, सोझै हातखुट्टा र उस्तै परे बन्दुक चलाउनेलाई दिमागको कामै के र?
अब यो विषयमा मलाई लागेका तीन कुरा:
१) पहिलो कुरा त 'भारतको पूजारी' कुनै समस्यानै होइन (अब माओवादीहरुले यहाँभन्दा तल पढ्दै-नपढी मलाई राष्ट्रघाती र दलाल भन्दिनेछन्)। पशुपतिको आम्दानीको सही लेखा राख्ने र निश्चित रकममात्रै तलबको रुपमा पूजारीलाई दिने हो भने यति बिधि रडाको मच्चिनेनै थिएन। तलबमा चित्त बुझे उनीहरु बस्थे, नबुझे फर्केर जान्थे र अरुलाई ल्याउन सकिन्थ्यो। भारतका धेरै मन्दिरहरुमा नेपालीहरु पूजारीका रुपमा रहेका छन्, त्यहाँकै जस्तो ब्यबश्था यहाँ पनि गर्न सकिन्थ्यो।
२)माओवादीको नियत पनि पशुपतिनाथको सम्पत्ति हत्याउने बाहेक अरु केहि हैन। नत्र नियुक्तिमा यो अपारदर्शिता किन? दुई-चार दिन त्यहाँको भेटी गनेर देखाएपनि माओवादीको 'इमान्दारिता' दुनियाँले देखे-जानेको कुरा हो। एउटा दूरगामी असर पर्ने परम्पराको शुरुवात हुँदैछ, त्यसमा ब्यापक छलफल र विचार-विमर्श किन गरिएन? माओवादी लिँडेहरुले जे जे भनेर कराएपनि भण्डारीहरु पुस्तौं-पुस्तादेखि पशुपतिनाथको सेवामा छन्। उनीहरुसंग पनि राय लिँदा के हुन्थ्यो? देशमा धर्म-संस्कृतिका विज्ञहरु अब एकजना पनि छैनन् र पशुपतिनाथको बारेमा निर्णय गोपाल किराँती र शाक्यजस्ता नास्तिकले मात्रै गर्न सक्छन्? के देशमा पशुपतिनाथको पूजारी हुन विष्णु दहालमात्रै योग्य छन्? के कारणले, कुन-कुन योग्यता हुनाले उनी योग्य भए र अरु अयोग्य भए? यो सरकारले कहिले पशुपतिको पूजारी हुन आवश्यक पर्ने योग्यता, छान्ने प्रकृया सार्वजनिक ग-यो?
३)पशुपतिनाथलाई देशका अरु निकायजस्तै राजनीतिक भर्तीकेन्द्र बनाउने चाला हो यो। भोलि अर्को दलको सरकार हुँदा उसले माओवादीका हनुमानलाई लखेटेर आफ्ना हनुमान छिराउनेछ र यो अराजकतालाई निरन्तरता दिनेछ। परम्पराको शुरुवातनै गलत भएपछि पछिकाले सच्याउने सम्भावना झन कम हुन्छ।
यसपछि लुनाजीसंग केहि कुरा;
लुनाजी, माओवादीको दिमागको आयतन नाप्न देउबाको महलमै जानु पर्दैन, माओवादी नेताहरुको महलमा गएपनि हुन्छ। माओवादी नेताहरुले महललाई आफ्नो नभनेर पार्टीको अथवा साथी/नातेदारको भन्लान्, त्यसले केहि फरक पार्दैन। उनीहरुको जीवनशैली तपाईँले गाली गर्नुभएका मान्छेहरुको कम विलासी छैन। माओवादी दिमागको आयतन नाप्न हरेक छाक कुखुराको मासु चाहिने, हरेक रात 'रिल्याक्स'को लागि 'उपहारमा प्राप्त' विदेशी रक्सी चाहिने माओवादी नेताहरुलाई हेरे पनि हुन्छ। त्यतिमाथि पनि जानु पर्दैन, जिल्ला वा इलाका तहका नेताहरुको ठाँटबाँट हेरमात्रै पनि पुग्छ। त्यसकारण अन्धभक्त ढंगले एकोहोरो हेर्न छोडेर आफ्नो दिमागलाई अलि धेरै घुमाउनुहोस् र मात्रै कुनै पनि विषयमा आफ्नो धारणा बनाउनुहोस्।
यहाँ मैले विलासी जीबनशैलीको वकालत गरेको भन्ने नठानियोस्। म त्यसको विरोध गर्छु, मेरो अर्थ यो मामिलामा माओवादीसंग पनि कुनै नैतिक वल छैन भन्ने मात्रै हो।
आफूभन्दा फरक विचार राख्नेलाई 'राष्ट्रघाती' र 'प्रतिगामी' देख्ने 'महान माओवादी रोग' तपाईँमा पनि सल्केको रहेछ भन्ने थाहा पाऊँदा साह्रै दु:ख लागेको छ। बिभिन्न ब्लगहरुमा तपाईँका प्रतिकृयाहरु पढ्दा खुल्ला र निष्पक्ष चिन्तन राख्ने ब्यक्तिको छवि बनाएको थिएँ मैले। शायद म गलत थिएँ कि?
आफ्ना कार्यकर्तालाई जे जे भनेर भारत विरोधमा उचालेपनि अहिलेको सबैभन्दा भारतसमर्थक नेतृत्व माओवादी नेतृत्वनै हो भन्ने बिभिन्न घटनाहरुले बेला-बेला प्रष्ट पारेकै छन्। त्यसकारण माओवादीको राष्ट्रवादको धक्कू कसैले नलगाए हुन्छ। तानाशाही सोच हुनेहरु जहिले पनि राष्ट्रवादको खोल ओढ्छन्, मुगावे र किम जोङ इललेजस्तै।
अब रह्यो प्रतिगामी र अग्रगामीको कुरा। कुनै शब्दलाई च्यापेर बस्दैमा मात्रै कोहि अग्रगामी हुँदैन। निरकुंश एकदलीय अधिनायकवाद, बन्द समाज र वैचारिक-संस्कृतिक दमन हुने मध्ययुगीन शाशन ब्यबश्थामा देशलाई लैजान चाहने माओवादी सबैभन्दा प्रतिगामी हो।"
अनि यो चाहिँ माइसंसारको 'पशुपतिमा पिटापिट'मा मैले राखेको प्रतिकृया।
"पहिलो कुरा, यो टाँसो (पोष्टिङ)को शिर्षकनै गज्जब लाग्यो मलाई! कुनै केटाकेटीले केहि देखेर रमाएर बोलेजस्तो। के यो घटनाले माइसंसारलाई मनोरञ्जन दिएको हो? ‘वाइसीएलले पशुपतिका भण्डारी कुटे’ भनेर लेख्न माइसंसार किन डराएको हो। ‘पशुपतिमा पिटापिट’ लेख्नु र माओवादीले सधैं भन्नेजस्तो ‘छलफल गर्न बोलाएर भण्डारीले वाइसीएललाई कुटे’ लेख्नु उहि कुरा हो।
राष्ट्रियताको खोल ओढाउँदैमा आफ्नो कुत्सित मनशाय सबैका नजरबाट छोपिने ठानेको थियो होला माओवादीले, तर हरेक घटनाले झन-झन उदाङ्गो पार्दै लगेको छ। यहि एउटा घटना पनि काफी छ यो पूजारी नियुक्तिमा माओवादीको नियत राम्रो छैन। पुस्तौं-पुस्ता देखि पशुपतिनाथको रेखदेख र पूजामा सहभागी हुँदै आएका भण्डारीहरुले शान्तिपूर्वक आफ्नो विरोध राख्नखोज्दा निर्घात-निर्मम आक्रमणमा ओर्लनुले के देखाऊँछ? यदि भण्डारीहरु सही थिएनन् भने माओवादीहरुले पनि पत्रकार सम्मेलननै गरेर प्रतिकार गर्न सक्दैनथे र? तर यो आशा गर्नु पनि माओवादीका हकमा बेकारनै हो भन्ने प्रमाणित भईसकेको छ धेरै पटक।
भण्डारीहरुको विरोध नेपाली पूजारप्रति लक्षित नभएर नियुक्ति गरिएको प्रकृयाप्रति हो भन्ने कुरा स्पष्ट छ। पूजारीका रुपमा माओवादीले आफ्नो हनुमान पसाएको त्यहाँ र अझ धेरै हनुमानहरु पसाउनेछ उसले। पशुपतिनाथको सम्पत्ति र आम्दानीमाथि उसको गिद्धे आँखा गडेको छ। माओवादीहरु घोषित रुपमा नास्तिक र धर्म-परम्परा-संस्कृति विरोधी हुन्। विगतमा उनीहरुले मन्दिर-मठ भत्काउँदै हिँडेका हुन्। संस्कृत पढाएको निहुँमा मुक्तिनाथ अधिकारी र अरु धेरैलाई चरम यातना दिएर मारेका हुन्। उनीहरुका नेताहरु खुल्लमखुल्ला गाईको मासु खाएको कुरा गर्दै हिँड्छन। यो गोपाल किराँती भन्नेलाई पशुपतिनाथसंग जोडिएको धर्म-संस्कृतिको कुरो के थाहा छ? उनीहरु रातो लुगा लगाएका तालेबान हुन्। अहिले कसरी यिनीहरु एकाएक धार्मिक र परम्पराप्रेमी भए? उनीहरुबाट पशुपतिनाथको संरक्षण हुन्छ भन्ने कसैले आशा नगरे हुन्छ।
भारतीय पूजारी हटाएर नेपाली पूजारी राख्ने कुराले पूरै नेपाललाई एकताबद्ध गर्न सक्थ्यो तर माओवादीजस्ता बाँदरका कारणले यो मौका राष्ट्रिय बिखण्डनकारीहरुले प्रयोग गर्न सक्ने खतरा भएको छ।
यो वामदेव भन्ने पनि माओवादीनै हो जस्तो छ। वाइसीएललाई छुन नसकेपनि कमसेकम भन्डारीहरुलाई त प्रहरी-सशस्त्र प्रहरीको सुरक्षित घेरामा त राख्न सक्थ्यो। थुक्क वामे"
यो प्रतिकृयामाथि आएका प्रतिकृयाहरु र मेरा जवाफहरु सबैभने नटाँसौं। अतिनै हुन्छ क्या त्यसो गर्दा त:)
अपडेट:यस विषयमा आजको 'कान्तिपुर'मा प्रकाशित लेख पढ्न पनि नभुल्नु होला।
January 07, 2009
जय शम्भो!!!!!
Labels:
समसामयिक
Subscribe to:
Post Comments (Atom)
Politics in Nepal and the politician in Nepal, there is no answer for them. We always surrender in front of them even though people like you and many are writing many articles like this. The condition that is in Nepal is diverting us from our own country and the politicians have to take responsibility. Otherwise why would people like you be in Japan and I see that the condition is not changing for a number of coming years and we will suffer. Somewhere I read "The world is divided into pieces due to the politics in religion", I agree that too. I don't worship Pashupatinath but I respect those who does, but why our politicians want to divide us in the name of creed and culture?
ReplyDeleteबसन्त जि बिल्कुलै सहि। तपाइको लेखाइसंग म सहमत छु। हो जो बामेको कुरा गर्नु भो जायज छ। साच्चै नै देशमा नयां बिहानिको नभै संस्कारबिहिन र नास्तिक परम्पराको सुरुवात हुदैछ । संस्कृति बचाउनमा किन यस्तो?
ReplyDeleteखै, अब के भन्ने त ???
ReplyDeleteजति बोले पनि, सुन्दैनन् । पहिले बल कै तुजुक देखाउँछन् ।
आफ्ना अभिष्ट सिद्द गर्न धार्मिकक्षेत्रमा समेत हस्तक्षेप गर्नु निन्दनीय कुरा हो। त्यो भन्दा पनि निन्दनीय कुरा भनेको यसलाई राष्ट्रीयताको मुखुण्डोले छोप्न खोज्नु हो ।
ReplyDeleteपशुपतिको यौटा पुजारीलाई लठैत लगाएर जबर्जस्ती हटाएर कोहि राष्ट्रबादी हुदैन । यो कुरालाई 'नेपाली पूजारी' वा 'भारतीय पूजारी'को लेबल लगाएर चोखिन्न खोज्नु बेकार छ । पूजारीको राष्ट्रीयता जे सुकै होस, नियम कानूनको खिल्ली उडनु भएन ।
सरहना गर्दछु म तपाईको लेखाई प्रति - राम्ररी राम्रो लेखहरु को लिंक गराई कन आफ्नो आबेगगात्मक बिचारहरु टास्नु भएको रहेछ -
ReplyDeleteमाओबादहरु पनी असल बिद्रोही भावना भएका र बैचारिक लडाई लड़न सक्ने खालका हुन तर अहिले आएर - त्यो गफै मात्र भो -गफाडिको जस्तो । हरे ! कस्ले सदबुद्रि देला तिनिहरुलाई ....???
कानूनी राज्य को अपहेलना हो - यो । राजनीति हैन अराजकता गर्नेहरुको हातमा प्-यो देशको बागडोर । we must kick out for them .....
Basanta Ji,
ReplyDeleteThanks for this post, I hadn't followed this issue to much depth before. I followed those linked post's and your comments (and responses). I totally agree with you, this was a big opportunity for Maoist to unify Nepalese but they blew it up with haste and improper appointments.
Till now Temples and their trusts were independent (in general) of politics, it's very depressing to see dirty politics get there too.
Personally I believe culture & religion should not have any political boundaries. The main focus here should be on how to make the earnings of Pashupatinath more transparent & accountable, and how best to use it.
बसन्त जी के गर्ने जती गरेपनि जे गरेपनि खाली नेताहरुलाई मात्र ठीक्क छ, हामी जनताहरु धेरै बुर्जुक भएरै होकी ।
ReplyDeleteजे भयो साह्रै नराम्रो भयो । यस्तो लज्जास्पद खेल अरु कसले पो गर्न सक्थ्यो । यस्तो संवेदन्शिल कुरामा अत्यन्तै जिम्मेवार भएर विचार राख्नुभएको छ ।
ReplyDeleteजुन कुरा पनि विधिसम्मत हुनुपर्ने हो, नियम फेर्ने नाउँमा अराजाकताले कुनै कुरामा प्रस्रय पउनु हुँदैन ।
माओवादीको यस्तो चरित्रको प्रत्यक्ष मारमा हामी जनता परेका छौँ । माओवादीकै कारण मुलायम सिंहहरू हामीमाथि राज गर्न आइपुगे । भारतीय हस्तक्षेपलाई स्वागत गर्दैछ माओवादीको व्यवहार र आचरणले !!
ReplyDeleteसबै साथीहरुलाई हार्दिक धन्यबाद!
ReplyDeleteयो प्रकरणले एउटा सानो विश्राम लिएको छ तर स्थायी समाधान भने पाईसकेको छैन। एक हिसाबले भन्दा, तत्कालका लागि 'पेन-किलर' प्रयोग गरिएको छ तर जटिल शल्यकृया त बाँकीनै छ। त्यो शल्यकृयाको एउटा बाटो यस्तो हुनसक्छ;
१)देश धर्न-निरपेक्ष भईसकेको अवश्थामा धार्मिक संस्था र सवालहरुमा राज्यको प्रत्यक्ष नियन्त्रण र हस्तक्षेपको अन्त्य गर्ने। त्यस्ता संस्थाहरुको सञ्चालन र धार्मिक सवालहरुको समाधानका लागि सम्बन्धित धर्माबलम्बीहरुको ट्रष्ट बनाउने। २)ती ट्रष्टहरुको कार्यकलाप पारदर्शी बनाउनका लागि आवश्यक कानूनहरुको तर्जुमा गर्न, गतिबिधिको अनुगमन गर्न र धार्मिक सहिष्णुताको प्रवर्धन गर्न कुनै समन्वयकारी निकायको रुपमा राज्यको उपस्थिति राख्ने।
३)त्यस्ता धार्मिक संस्थाहरुको आम्दानीको बाँडफाँडका सम्बन्धमा एउटा स्पष्ट नीति बनाउने जसको आधारमा पूजारीलगायतले कति प्रतिशतसम्म तलब-सुविधाको रुपमा लिन पाउने, कति प्रतिशतसम्म संरक्षण-सम्भारमा लगाउने र कति प्रतिशत राज्यले लिने भन्ने निर्क्यौल गर्न सजिलो होस्।
४)(विशेष गरी पशुपतिनाथका सवालमा) पूजारी को हुने, किन हुने र कसरी हुने भन्ने विषयमा ब्यापक छलफलपछि एउटा राष्ट्रिय नीति बनाउने र त्यसै आधारमा मात्रै काम गर्ने, नत्र अहिलेकैजस्तो स्थिति आउने पक्का छ। अन्य धार्मिक संघ-संस्थाहरुका सवालमा यस्तो स्थिति नआउन सक्छ तर आवश्यक पर्दा सबैलाई समेट्न सक्ने नीति हुनुपर्छ।