झुण्ड-झुण्ड चालू छन् ‘जन्ती गफ’
सभाध्यक्ष ऊँघिरहेछ
प्रमुख अतिथि घुँडामा मुन्टो जोतेर-
‘मोबाईलमन्त्र’ फुस्फुसाईरहेछ
कवि कविता पढीरहेछ
अजीर्ण हुने गरी अंग्रेजी शब्द खुवाईएको
उसको ‘छोटो’ ‘नेपाली’ कविता-
भर्खर पाँचौ पृष्ठमा पुगेको छ
कवि सम्मेलन जारी छ
कवि सम्मेलन जारी छ
र एउटा प्रश्न तुर्लुङ्ग झुण्डिएको छ हावामा,
कविता त कवि पढीरहेछ
तर
तर
कविता यहाँ कसले सुनिरहेछ?
(साँझ ५ बजे, बैशाख ७, २०७०; पोखरा)