हुने नहुने सबै सबै काम गरेको छु
यो प्यार जोगाउन खुब इन्तजाम गरेको छु
कस्सम आफैंलाई
कहिल्यै ढाँटेको छैन
दुनियाँसंग जरुर थोरै छलछाम गरेको छु
कोहि हिँडेको
थियो यो बाटोमा कुनै दिन
उसका पद चाप खोजी खोजी सलाम गरेको छु
बाँच्नु भन्नु भित्र
भित्रै मर्नु हो रहेछ
पटक पटक यो मनको कत्लेआम गरेको छु
No comments:
Post a Comment