मैले कोरेका यी घेराहरुको
के होला ?
मलाई प्रिय चेहराहरुको के
होला ?
मेरा सुस्केराहरु रहलान् नरहलान् ?
म नाचेका यी पखेराहरुको के होला ?
मेरा सुस्केराहरु रहलान् नरहलान् ?
म नाचेका यी पखेराहरुको के होला ?
जब सधैंका लागि उडेर
जानेछिन् आमा
गुँडमा पर्खिने बचेराहरुको के होला ?
यो यात्रापछिको
यात्रा कता जाने हो ?
यहाँ सँगालेका फेराहरुको के होला ?
जब एक्लै एक्लै जानुछ,
रित्तै जानुछ
(फाल्गुन १५, २०७५, पोखरा)
No comments:
Post a Comment