हेरेरै जितिदिन्छ्यौ तिमी, छोएरै जितिदिन्छ्यौ
कहिले नजरले समेत नछोएरै जितिदिन्छ्यौ
हारमा अभ्यस्त म, जितमा अभ्यस्त तिमी
हाँसेरै जितिदिन्छ्यौ तिमी र रोएरै जितिदिन्छ्यौ ।
December 27, 2014
October 11, 2014
ब्यापार घाटा
तन्नेरी छोराछोरीहरु सस्तोमा निर्यात गरेर-
खाई-नखाई आयात गरिएका
महंगा खसीबोका रेटेर
रित्तिएको छ दशैं,
साला यो दशैं पनि
एउटा ब्यापार घाटा रहेछ।
खाई-नखाई आयात गरिएका
महंगा खसीबोका रेटेर
रित्तिएको छ दशैं,
साला यो दशैं पनि
एउटा ब्यापार घाटा रहेछ।
May 09, 2014
सजाय
सरकारले बिजुली, स्कूल, लीक बनाएन
जनतालाई यो देशको मालिक बनाएन
हार्नु र झर्नुको पनि सीमा हुन्छ नि यार!
नियतिले जीतलाई हाम्रो नजिक बनाएन
जुन अनुहार देखेपनि वाक्क-दिक्क लाग्छ
जुन अनुहार देखेपनि वाक्क-दिक्क लाग्छ
यार! भगवानले यौटै नेता ठिक बनाएन
यै तमाशा देखाएर सजाय दिनुथियो शायद
कुनै हुरीले पनि मलाई शालिक बनाएनयै तमाशा देखाएर सजाय दिनुथियो शायद
February 11, 2014
अराजक मुक्तक
हदैको सोझो र बाठो असाध्यै - दुबै भईदिन सक्छु
तिम्रा रहरमा म राजी र बाध्य - दुबै भईदिन सक्छु
साह्रै मन पर्छन् मलाई तिम्रा यी अराजक योजनाहरु
तिम्रो अराजकताको साधन र साध्य - दुबै भईदिन सक्छु।
December 28, 2013
बोक्न लायक 'झोला'
गत बुधबार (२०७०, पुस १०) बिहान कृष्ण
धरावासीको कथा 'झोला'मा आधारित भएर बनेको सोहि
नामको चलचित्र हेरियो। सर्वप्रथम त यो मौका जुटाईदिएकोमा र्याण्डम रिडर्स सोसाइटी
अफ नेपाललाई हार्दिक धन्यबाद दिन चाहन्छु।
लाज नमानी भन्नुपर्दा मैले 'झोला' पढेको छैन, मेरो खत्तम समय ब्यवश्थापनले मेरो साहित्य पढाईलाई नराम्ररी
बिथोलेको छ। धेरै साथीहरुलेझैं सुन्ने मौका ( 'बुलबुल' लगायतका कार्यक्रमबाट) पनि पाएको छैन। यसैले मैले एकैचोटि
कृष्ण धरावासीको कथा पढ्ने र यादव भट्टराईको निर्देशन कला हेर्ने काम गरें हिजोको
चलचित्रबाट।
सतीप्रथालाई मूल विषय बनाएको कथाले सय वर्ष अगाडिको नेपाली
पहाडी समाजलाई चित्रण गरेको छ। नेपाली चलचित्रहरु सकेसम्म यस्ता सामाजिक-ऐतिहासिक
विषयवस्तुमा पस्दै-पस्दैनन् र पसिहाले भने पनि तिनले सामजिक यथार्थलाई राम्रोसंग पस्कनै
जान्दैनन्/चाहँदैनन्। यस्ता विषयवस्तुलाई साहित्यले धेरै समाएपनि कथित ‘मूलधार’
नेपाली चलचित्रले समाउने आँट अझै गर्न सकेको छैन् बलिउडको मसला शैलीबाट प्रभावित
यो कथित ‘मूलधार’ले आजसम्म गीत, जोकर, फाईट आदि मिसाएर बन्ने ‘ऊँट’ शैलीलाईमात्रै
पछ्याऊँदै आएको छ। बेला-बेला फरक धारका चलचित्रले केहि शिक्षा दिन्छन् तर यो कथित
मूलधारले ती शिक्षा पटक्कै लिएको देखिँदैन।
‘झोला’ले १०० वर्ष अगाडिको पहाडी नेपाली समाजको चित्रण गर्ने राम्रो
प्रयास गरेको छ। प्रदर्शनपछिको अन्तर्कृयामा निर्देशकज्यूले भन्नुभए अनुसार त्यो
बेलाको जस्ता घरहरु भएको गाऊँ भेट्न साह्रै मुश्किल पर्यो रे, थुप्रै ठाऊँ चहार्नु
पर्यो रे। फिल्म सिटीले यस्तै अप्ठेरोमा साथ दिन्थ्यो शायद। तत्कालीन समाजको
प्रतिलिपि तयार पार्न सकिने फिल्म सिटी भैदिएको भए यो ‘झोला’ हामीले अझ चाँडै
हेर्न पाऊँथ्यौं होला। त्यस्तै पात्रहरुको संवादको भाषा र शैलीलाई पनि यतिखेरको
सट्टा त्यहि बेलामा पुर्याउन सकेको भए अझ राम्रो हुनेथियो। पछि अन्तर्कृयामा पनि
अरु केहि सानातिना कमजोरीहरुका कुरा उठेका थिए। सती प्रथाको अन्त्यका लागि चन्द्र
शमशेरलाई मात्रै जस नदिई त्यसलाई त्यतिखेरको समाजमा बढेको जागरुकता र विद्रोही भावसंग
पनि जोडेको भए पनि हुन्थ्यो जस्तो मलाई पनि लागेको हो, तर अहिले सोच्छु त्यतिखेरको
अत्यन्त आतंकित र दमित हाम्रो समाजमा विद्रोह भन्न सकिने विद्रोहनै कति थियो होला
र? सतीप्रथाको अन्त्यमा शायद चन्द्रशमशेरकै ‘विवेक’ बढी जिम्मेवार हो कि?
औसत नेपाली चलचित्रहरुभन्दा कलात्मक प्रस्तुतिमा पनि उच्चकोटिको रहेको
छ ‘झोला’। तर यस्तै विषयवस्तुमा चीनका निर्देशक चाङ्ग यी मोऊले सन् १९९० को दशकमा
बनाएका थुप्रै चलचित्रहरु हेरेर तिनको ‘फ्यान’ बनेको मलाई कलात्मक प्रस्तुतिमा अझ
मेहेनत गर्न सकिन्थ्यो जस्तो लाग्यो। चलचित्रले कता-कता डकुमेण्टरीको झल्कोचाहिँ
दिन्छ। हुनत यस विषयमा मेरो आफ्नो ज्ञान केहि छैन, म एउटा आम दर्शकको रुपमा यी
कुराहरु बोलीरहेछु र निर्माण-निर्देशक समूहका आफ्नै धेरै बाध्यता र सीमाहरु पनि
थिए होलान्। अन्त्यमा पृष्ठभूमिबाट बोलिएको “अरु धेरै खाले सतीप्रथाहरु अझै जिऊँदै
छन्---“ भन्ने आशयको भनाईलाई अलिक कलात्मक प्रस्तुति पनि दिन सकिन्थ्यो कि?
सबै कलाकारले राम्रो अभिनय पस्केका छन्। समग्रमा, ‘झोला’को दर्शनले
मलाई खुशी र गौरवान्वित बनाएको छ। ‘झोला’ को पूरै टिमलाई हार्दिक बधाई! विविधतापूर्ण
नेपाली समाजका थुप्रै कालखण्डहरु यस्तै कलात्मक चलचित्रको प्रतिनिधित्व पर्खेर बसीरहेछन्।
‘झोला’को टिमले अरु धेरै सुन्दर ‘झोला’हरु निर्माण
गर्न सकोस्, मेरो हार्दिक शुभकामना!
December 18, 2013
कसैलाई विपत्ति, कसैलाई रमिता!
प्रसंग अर्मलाको हो, जहाँ एक महिना यता जारी जमीन भासिने क्रम अझै रोकिएको छैन। झण्डै दैनिकजसो नयाँ ठाऊँमा भासिने गरेको छ र जमीन भासिएर बनेका खाल्डाहरुको संख्या यतिखेर १०० नाघिसकेको खबर छ।
नजिकै बसेर पनि म हेर्न पुगेको थिईन अहिलेसम्म। हिजो दिऊँसो एकछिन घुमेर आएँ। अर्मलाको यो जमीन भासिने प्रकृयाका बारेमा विश्लेषण गर्नसक्ने विज्ञ नभएकाले म यहाँ मेरो विचार केहि नराखी केहि समय यता ब्लग र छापामा आएका लेखहरुको सूत्र राख्न चाहन्छु। तपाईँहरुले पढीपनि सक्नु भयो होला यी लेखहरु।
पूजाआजा गरेर अर्मलाको सिङ्कहोल रोकिन्न
अर्मलामा जमिन भासिनुको भौगर्भिक कारण
हिजोको माहौल हेर्दा भने पूरा रमिता थियो। पोखरा र वरपरका मान्छेहरुका लागि नयाँ घुम्ने ठाऊँ, कुनै नयाँ उद्यान बनेजस्तो वा कुनै भव्य मेला लागेजस्तो थियो। चना-चटपट, बदाम र सुन्तलाका ठेलाहरुका ब्यापार खुब फष्टाएको थियो। मैले सुने अनुसार, हरेक बिदाको दिन यस्तै हुन्छ। स्थानीय मान्छेहरुको पिडा र सुस्केरा 'मेला' हेर्न आउनेहरुको हाँसो-ठट्टा र 'अजासु' विश्लेषणमा हराईरहेको हुन्छ। आफैं रमिते बनियो हिजो, पछि लाज लाग्यो। धेरै रमिते हुन भने मन लागेन, आधा जति 'सिंकहोल' हेरेर फर्किईयो। मलाई लाग्छ स्थानीय जनता, विशेषज्ञ र अरु सरोकारवालाहरु बाहेक अरुलाई त्यहाँ जान-घुम्ननै प्रतिबन्ध लगाऊनुपर्छ। अनावश्यक सन्त्रास र नचाहिँदा हल्लामात्रै फिँजिन्छन् रमितेहरुबाट।
त्यहाँ खिचेका केहि तस्बीरहरु भने राख्ने अनुमति चाहन्छु।
केहि दशक यता मिचिएको दुहुनी खोलाको पानीले आफ्नो प्राकृतिक निकास नपाएर वरिपरिको जमीनमा छिर्नु र त्यो भेगको भौगर्भिक संरचना कमजोर हुनुको संयोगले अहिलेको स्थिति सृजना भएको ब्याख्या गरिएको छ। दुहुनी खोलालाई प्राकृतिक बहावमा फर्काउन यसरी डोजर लगाएर खोलालाई फराकिलो र गहिरो पार्ने कोशिश गरिएको छ, तर यसले स्थितिमा कुनै सुधार आएको छैन। हिजो हामी पुग्दा खोलाको किनारभन्दा धेरै पर डाँडाको फेदीमा पनि मान्छेहरुको भिड थियो। त्यहाँ दुई ताजा खाल्डाहरु थिए। यसले खोलाको नजिकमात्र नभएर अर्मला समग्र क्षेत्रकै भू-संरचना जोखिमयुक्त देखाऊँछ। तलका दुई तस्बीरहरु त्यहि नयाँ भागको हो।
November 10, 2013
मौसम
दशैं पूरै हिले बन्यो। दशैंजत्तिकै हिले नभएपनि तिहारको मौसम पनि खासै राम्रो भएन।
मौसम बल्ल रमाईलो भएको छ, पोखराको मौसमजस्तो भएको छ। जाडो बढेको छ, तर सफा दिनको न्यानो र प्यारो घामले आनन्द दिन्छ।
देशको राजनीतिक मौसमपनि तातीरहेछ। अबको नौ दिनमा चुनाव छ। चुनावमा भाग लिनेहरुको सकृयता त बढेकै छ, चुनावको विरोध गरीरहेकाहरुको सकृयतापनि बढेको छ यतिखेर। चुनाव बहिष्कारको नारा दिएको ड्याश माओवादी नेतृत्वको मोर्चाले भोलि 'नेपाल बन्द' गर्दैछ। पहिले लगातार दश दिनको बन्दको घोषणा गरेको उसले अहिले भोलि ( र हल्ला चलेअनुसार पर्सीपनि) को बन्दपछि थप कार्यक्रम घोषणा गर्ने रे! आगामी हिऊँदभरिपनि अन्यौल र अनिश्चितताले देश र जनतालाई सताउने पक्का-पक्की देखिएको छ अब।
मंसिर चारमा चुनाव हुने सम्भावना धेरै देखिएको छ। चुनाव हुनुपनि पर्छ। राज्यको अरबौं खर्च भईसकेको छ, र दलहरु र उम्मेदवारहरुलाई हेरेर खासै उत्साहित नदेखिएपनि जनता चुनाव हुनुपर्छ भन्नेमा देखिएका छन्। आफूले भनेजस्तो विकल्प नभेटेपनि उपलब्ध विकल्पहरुमध्येबाट एउटालाई रोज्ने मनस्थितिमा देश गईसकेको छ।
ड्याश माओवादीको मोर्चाले केहि स्थानमा भाँड्न सक्ला तर देशभरिकै चुनावलाई पर सार्न सक्दैन भने विश्लेषण गरिएको छ। मेरो आफ्नो बुझाई पनि त्यहि हो। तर भोलि-पर्सीका घटनाक्रमहरुले फरक बाटो लिन पनि सक्छन्। कामना गरौं, त्यसो नहोस् र यो देशमा चुनाव होस्। चुनाव भएमात्रै देशले एउटा दिशा समात्ने सम्भावना रहन्छ।
October 27, 2013
अझै अनिर्णित!
देशको दुर्भाग्यले गर्दा अघिल्लो संविधानसभा संविधान नबनाई बित्यो। त्यो संविधानसभाको चुनावमा जापानमै थिएँ, यो 'दोश्रो' हुनेबेला देशमै छु। मत प्रयोग गर्न पाऊँदाको उत्साह त्यति धेरै छैन। आशालाग्दा विकल्प छँदै-छैनन् भन्दा हुन्छ। यो मेरो दृष्टिदोष पनि हुनसक्छ तर पूरै देशको मनस्थिति यस्तै देखिन्छ। देश उत्साहित छैन, अझ भनौं आशावादी छैनन्। हामी नेपालीहरुले यति धेरै धोका पाईसकेका छौं राजनीतिबाट कि हामी कसैबाट पनि आशावादी हुन सक्दैनौं यतिखेर।
तर निराशाले मात्रै कतै पुर्याऊँदैन। निराशै-निराशाको माझबाटै सही, आशा खोज्नुछ र उज्यालोको संकेत खोज्नुछ।
चुनावी प्रचारप्रसारले गति लिँदै गरेको देखिएको छ। अघिल्ला चुनावहरुमा भन्दा पागलपन कम देखिएको छ अहिलेसम्म। हुनत, त्यो पागलपनले पनि गति लिने खबरहरु पनि ह्वात्तै बढेका छन् आज। वैद्य माओवादीले चुनाव बहिष्कारको पारालाई आक्रामक पार्दै लगेको छ चुनावमा भाग लिएका दलहरुबीचपनि ठाऊँ-ठाऊँमा भिडन्त हुन थालेका छन्।
तर दशैं, तिहार, छठ र मंसिरको चटारोलाई धन्यबाद; जनताले यी 'पागलपन'भन्दा अन्तै ब्यस्त हुने बहाना पाएका छनः)
तर दशैं, तिहार, छठ र मंसिरको चटारोलाई धन्यबाद; जनताले यी 'पागलपन'भन्दा अन्तै ब्यस्त हुने बहाना पाएका छनः)
ब्यक्तिगत रुपमा म अझै अनिर्णित छु। यतिखेर देशमा कस्तो खालको संघीयता भन्ने बहस चलेको छ तर म संघीयतानै गलत ठान्छु यो देशका लागि। अहिलेकै राजनीतिक संरचनालाई केहि फेरबदल गरेर ब्यापक विकेन्द्रीकरण गर्ने हो र स्थानीय निकायलाई अधिकारसम्पन्न बनाउने हो भने हामीले अनेक थरी प्रयोगका झमेला र जटिलताहरुमा आफ्नो राष्ट्रिय उर्जालाई खेर फाल्नै पर्ने थिएन। राजनीतिका पात्रहरु ईमान्दार भैदिने हो भने अहिलेको संरचना त्यति ठूलो बाधा बन्ने देखिँदैन। यसभित्रैबाट ब्यापक प्रगतिशील आर्थिक-सामाजिक नीति लागू गर्न सकिन्छ। तर संघीयताका बारेमा यस्तो चिन्तनलाई केहि प्रतिगामी पात्र र दलहरु बाहेक कसैले बोकेको छैन। तिनका अरु विचारका कारण त्यस्ता दलहरुसंग म नजिक हुनै सक्दिन। यसैले म यतिखेर एउटा असमञ्जसमा उभिएको छु।
मैले दलहरुका चुनावी घोषणापत्र पढ्न पाएको छैन, चासो दिएर खोजेको पनि छैन। सञ्चारमाध्यमहरुबाट थाहा पाए अनुसार सबैमा मूल मुद्दाका कुरा कम र विकासे 'ललीपप' बढी छन्। तैपनि यतिखेर चुनावमा भिडिरहेका दलहरुलाई दुई कित्तामा उभ्याएर हेर्न सकिन्छ; राज्यहरु एकल पहिचानका हुने कि बहुपहिचानका हुने वा कार्यकारी प्रधानमन्त्री हुने कि राष्ट्रपति हुने आदि विषयहरुका कोणबाट हेर्दा। विकासे 'ललीपप'मा मुख मिठ्याएर त केहि हुनेवाला छैन।
दललाई नरोजेर ब्यक्तिलाई रोजौं कि भन्ने सोचाई पनि थियो अलिक अघिसम्म तर ब्यक्ति साह्रै खराब (वा साह्रै असल) भएका बेला बाहेक यो तरिका पनि त्यति उपयुक्त हुँदैन जस्तो लाग्दैछ। उसैपनि दलीय प्रणालीमा दल शक्तिशाली हुनेगर्छ, ब्यक्तिको योग्यताको एउटा प्रभाव र महत्व अवश्य हुन्छ तर अन्तिम निर्णय दलीय हुन्छ र हुनुपर्छ। हाम्रा कतिपय दलहरुमा नेता विशेष हावी भएको देखिन्छ तर यतिखेर कांग्रेस (गिरिजापछि) र एमाले यहि मान्यतामै चलीरहेको देखिन्छ। फेरि विगत संविधानसभामा शाशकीय स्वरुप, पहिचानको आधार, बहुलवाद कि एकलवाद, न्यायालयको स्वतन्त्रता आदिजस्ता धेरै संवेदनशील मुद्दाहरुमा स्पष्ट दलीय विभाजन देखियो। ब्यक्तिनै छान्नुपर्ने अपवाद मैले देखेको छैन, कम्तिमा म मतदाता भएको चुनावी क्षेत्रमा।
यतिखेर कतिपय पिंध नभएका 'बुद्धिजीवि'हरु प्रत्यक्ष र समानुपातिकमध्ये एउटा कांग्रेस र एउटा माओवादीलाई दिने कुरा पनि गर्दैछन् तर मलाई लाग्छ एउटा भोट कांग्रेसलाई दिन्छु र अर्को भोट माओवादीलाई दिन्छु भन्नु एउटा खुट्टाले काशी जान्छु र अर्को खुट्टाले ल्हासा जान्छु भन्नुजस्तै हो। बिल्कूल विपरीत मति भएका दलहरुलाई 'बाँडेर' भोट दिने नेपाली 'बुद्धिजीवि' काईदाकै कारण हाम्रो संक्रमणकाल यस्तरी लम्बिएको हो। प्रत्यक्ष र समानुपातिक दुबैको भोट एउटैलाई दिन मन लाग्दैन भने कम्तिमा नीतिगत सामीप्यता भएका दलहरुलाई बाँडेर दिन त सकिन्छ नि! देशबाट दोधारे राजनीति र छेपारे नेताहरुलाई बिदा गर्ने हो भने पहिला हामी नेपाली जनता भनाऊँदाहरुले आफूलाई पिँध नभएको दोहरो मानसिकताबाट मुक्त पार्न सक्नुपर्छ।
एमाओवादीको हिंसात्मक विगत र राष्ट्रघाती-भ्रष्ट वर्तमान देखिसकेपछि उसलाई त मैले शुरुमै आफ्नो सूचिबाट हटाईसकेको छु। माथिनै भनें राप्रपा नेपाललाई पनि हटाईसकेको छु। यी बाहेककाबाट छान्नुपर्नेछ।
जोडघटाऊ चल्दैछ। सकेसम्म प्रत्यक्ष र समानुपातिक दुबैका लागि एउटै दल रोज्नेछु, नत्र कम्तिमा वैचारिक-नीतिगत सामीप्यता भएका दलहरुलाई बाँड्नेछु।

Subscribe to:
Posts (Atom)