January 22, 2008

Lazy to Remember

The desktop, which I am given at my work, can be considered a real ‘antique’ by today’s standards. Its an Intel386 machine, with Windows98. I am surprised that the company hasn’t discarded it yet. Or it might only be my ‘wrong’ impression of Japan, that Japanese throw anything after 3-4 years of use. And you also have to pay a ‘not so small’ amount of money to ‘sell’ any old electronic appliance to ‘recycle shops’. It is free though if you go to a riverbank or on a dark night!

Then again, my current work doesn’t involve any hi-tech things (and I am not an expert in any field related to computer). I have made my job as simple as possible and have been completely successful in ‘not getting’ any overtime works so that I can spend my ‘before 8:00 AM’, ‘after 6:00 PM’ and every minute of my holidays with my family.

Recently, after performing some updates, I was unable to use outlook express. There was some problem with a file ‘msoe.dll’. I had encountered this before too and knew the solution was very easy, but I had forgotten it soon after that. So I followed the ‘most modern’ way of doing anything, I googled ‘msoe.dll’ and got some easy steps (it happened to be the Microsoft site! And I felt foolish, why I went to google, instead of going to the Microsoft site directly!).

(I suppose I may not be alone in such thinking) that google and many such sites have made me ‘totally lazy’ to remember anything let alone keeping a written record. Why stress yourself when you can find ‘anything’ in this crazy thing called Internet. And there are many ‘how to----‘ pages too, which I sometimes print and put in my bag and never read!

And there is Wikipedia. I don’t go there for 'everything', but whenever I want to know about some famous/infamous person, I go there direct. It has already become a habit.

It is OK for data, facts, bio-s and ‘how to--- ‘s but I am relying on the Internet for searching meanings of English words too. Coming from a background (school) where ‘English’ was taught in ‘Nepali’ medium, my vocabulary is not big. So I turn to online dictionaries now and then. But I forget too soon. Next time, when the same word comes somewhere else, I have to search again. I don’t know whether it is 100% true or not, but it seems to me that printed information leaves stronger impression than that on monitors. Or it may only be for people like me who got introduced to the digital world around or after their mid-twenties (I read somewhere today that we are called ‘digital immigrants’). ‘Digital natives’ may have different experience/opinion.

January 15, 2008

विदेश बसेका माओवादीहरुसंग

माओवादीहरुको बारेमा केहि लेख्नु गाह्रो कुरा हो। किनभने माओवादी दल, विशेष गरी यसको नेतृत्वको आशय के हो भन्ने बुझ्न एकदम कठिन छ। यो कुरा उनीहरुको उत्पत्तिदेखि अहिलेसम्मका वोली र ब्यबहारले स्पष्ट पारेकै छ। तैपनि, माओवादीहरुले जनताको एउटा हिस्सालाई किसान-सर्वहारावर्गको अधिनायकत्वको सपना देखाएर आफ्नो राजनीतिक शक्ति आर्जन गरेका हुनाले उनीहरुको उद्देश्य नेपालमा उनीहरुको दलको अधिनायकत्वको शाशन ब्यबश्था स्थापनानै हुनुपर्छ भन्ने लाग्छ सतहमा हेर्दा। तर तथ्यहरुको यो पाटोलेमात्रै सबैकुरा स्पष्ट हुँदैन। अर्को पाटो उनीहरुको दरबारसंगको हिजैदेखिको ‘कार्यगत एकता’ र आजभोलिको ‘राष्ट्रवादी’ डकार हो। यो पाटोले यो कुन शंकालाई बल दिन्छ भने कार्यकर्ता र समर्थकहरुको ठूलो पंक्ति दलको घोषित उद्देश्यप्रति वफादार भएपनि नेतृत्वभने छैन र भित्रभित्रै अरुनै उद्देश्यका लागि काम गरिरहेछ।

तत्कालका लागि पहिलो पाटोनै सत्य हो भन्ने मान्यतामा कुरा अगाडि बढाऔं।

विदेश बसेकाहरु भनेर तोकेरै भन्नुको कारण पनि स्पष्ट पारिहालौं। नेपालमा अझैपनि साम्यवादी ‘रामराज्य’ प्रतिको आकर्षण ज्यूँदै छ। विशेष गरी शिक्षाको अवसर नपाएको अथवा केहि समय यताको विश्व राजनीतिको बारेमा कम जानकारी भएको एउटा ठूलो हिस्सा अझैपनि माओवादीहरुले भनेजस्तो कथित सर्वहारा अधिनायकवादनै सबै कुराको रामवाण हो भन्ने कुरामा विश्वाश राख्छ। उनीहरुलाई तुरुन्तै ब्युँझाउन गाह्रो हुनसक्छ। तर लोकतन्त्रले संस्थागत हुन पायो र देशको आर्थिक विकास हुन थाल्यो भने उनीहरुको पनि मोहभंग हुन थाल्नेछ र माओवादीको वास्तविक पतन शुरु हुनेछ।

तर विदेश (यूरोप, अमेरिका, जापान, दक्षिण कोरीया आदि खुल्ला पूंजीवादी समाज) मा केहि समय बसिसकेको मान्छेमा माओवादीप्रतिको मोह हुनुपर्ने कुनै तर्कसंगत कारण देखिंदैन।

माओवादीले कल्पना गरेको उनीहरुको अधिनायकवादी शाशन भनेको कस्तो हो? उनीहरु आफ्नो आदर्शको रुपमा सधैं स्टालिनकालीन तत्कालीन सोभियत संघ र माओकालीन चीनलाई उभ्याउँछन्। यस हिसाबले हेर्दा अहिलेको ‘पागल किम’ को उत्तर कोरीयापनि उनीहरुको आदर्श हो। बाँकी सबै उनीहरुको नजरमा कथित ‘संसोधनवादी’ हुन्। स्टालीनले सर्वहारावर्गको शाशनको नाममा तिनै सर्वहारावर्गमध्येका करोडौंको कत्लेआम गरेका थिए र सोभियत जनतालाई कडा दमनमा राखेका थिए। सोभियत शाशन त्यसपछि पनि कहिल्यै उदार र जनप्रिय भएन। यदि जनप्रिय हुन्थ्यो भने गत शताब्दीको अन्त्यमा त्यति ठूलो क्रान्ति र उथलपुथलबाट सोभियत संघ भित्रका राज्यहरु गुज्रनु पर्ने थिएन र सोभियत संघको अवसान हुने थिएन।

माओकालीन चीनको कथा पनि उस्तै हो। अझ माओवादीहरुको विश्लेषणमा वर्तमान नेपालको राजनीतिक-सामाजिक-आर्थिक अवश्था माओले कब्जा गर्नुअघिको चीनसंग बढी मिल्न आउँछ, त्यसैले उनीहरु माओको बाटो पछ्याउन चाहन्छन्। (एक प्रसंग, उनीहरुले ‘माओवाद’ भन्ने शब्द प्रयोग गरिरहेका छन् जबकि चिनियाँ कम्युनिष्ट पार्टी स्वयंले भने कहिल्यै यो शब्द प्रयोग गरेको छैन, उनीहरु ‘माओ विचारधारा’ भन्ने शब्दावलीनै प्रयोग गर्छन्।)

माओले बन्दूकको भरमा चीनको शाशन हत्याएका थिए र साम्यवादी सत्ता जोगाउनपनि त्यहि बन्दूकको सहारा लिएका थिए। जसले जे भनेपनि आजसम्म चीनको साम्यवाद टिकिरहनुको कारण सेना कम्युनिष्ट पार्टीको नियन्त्रणमा रहनुनै हो। माओको शाशनकाल अझ सनक र लहडहरुले पनि भरिएको थियो। ‘महान अग्रगामी छलाङ’ र ‘सांस्कृतिक क्रान्ति’ यस्तै लहडहरु थिए। अघिल्लोले करोडौं जनतालाई भुखमरीको मुखमा लगेर होमेको थियो भने पछिल्लो त वैचारिक-सांस्कृतिक दमनको निकृष्ट उदाहरण हो। कथित सांस्कृतिक क्रान्तिले भाँचेको चिनियाँ ढाड अझ राम्ररी सोझिइसकेको छैन। त्यो बेला उनीहरुले समाजको ‘वौद्धिक सफाया’ मात्र गरेनन्, चीनका हजारौं सांस्कृतिक सम्पदाहरुलाई पनि ध्वस्त पारे। सांस्कृतिक धरोहरहरु नष्ट गर्ने कुरामा माओको सांस्कृतिक क्रान्तिकाल र अफगानिस्तानको तालेबान शाशनकालमा अलिकतिपनि भिन्नता छैन।

माओको मृत्यु एक अर्थमा चीनको लागि वरदान थियो। यसपछि चीनले ‘बन्द कोठरी’ बाट फुत्केर अन्तर्राष्ट्रिय समुदायमा आफ्नो सकृय भूमिका देखाउन पायो। उदारीकरणका कारण चीनमा विश्व पूँजीवादको लगानी भित्रियो र यसकै कारण द्रुत आर्थिक विकास भयो। अब चीन कुन बाटोमा जाँदैछ भन्ने त हामीले देखेकै छौं। यद्यपि, राजनीतिक रुपमा चीन अझै कठोर एकदलीय नियन्त्रणमानै छ। बिस्तारै राजनीतिक सुधार भएन र स्थिति यहि रहिरह्यो भने भविष्यमा अत्यन्त ठूलो राजनीतिक विद्रोह हुने निश्चित छ चीनमा।

अब वर्तमान विश्वको ‘साम्यवादी मक्का’ उत्तर कोरीयातिर लागौं, जहाँ क्रान्तिका नाममा नयाँ ‘लाल राजतन्त्र’ शुरु गरिएको छ र पूरै देशलाई जर्ज ओरवेलले चित्रण गरेजस्तो ‘एनिमल फार्म’ बनाइएको छ। क्रान्तिको रक्षा गर्ने नाममा जनता सबैलाई ‘भेडा-बाख्रा’ बनाइने यो कस्तो क्रान्ति हो?! हरेक बच्चाले किम परिवारको स्तूति गान गर्दै हुर्कनु पर्ने यो कस्तो प्रगतिशीलता हो? के साम्यवादीहरुले भन्ने गरेको इतिहासको सबैभन्दा विकसित र उत्कृष्ट अवस्था यहि हो?!

नेपालका माओवादीहरु केहि समय यता शान्ति प्रकृयामा आएपनि उनीहरुले खुला समाज र प्रतिष्पर्धात्मक राजनीतिक ब्यबष्थाप्रति अझैपनि घोषित रुपमा आफ्नो प्रतिबद्धता जनाएका छैनन्। उनीहरु जनताको अगाडि एउटा कुरा गर्छन् र ‘रिम’जस्ता ठाउँ (तेश्रो विश्वका गरीब देशमा अस्थिरता फैलाउनु बाहेक जस्को अरु कुनै उपयोगिता छैन।) मा गएर अर्कै कुरा गर्छन्। केहि समय अगाडिमात्रै प्रचण्डले माओवादी संसदीय ब्यबश्थामा विश्वाश गर्दैन भनेर घोषणा गरिसकेका छन्। त्यसको कारणचाहिँ ‘संसदीय ब्यबस्थामा बहुमत र अल्पमतको खेल हुन्छ’ रे! उनीहरु ‘सबैलाई समेट्ने राज्यप्रणालीको पक्षमा’ छन् रे! चीनमा विद्यार्थीको रुपमा पाँच वर्ष बसेको थिएँ म। चीनको कम्युनिष्ट पार्टीले पनि त्यसै भन्छ! चीनमा एकदलीय शाशन छ भन्दैनन् उनीहरुपनि, बरु ‘कम्युनिष्ट पार्टीको नेतृत्व र अरु पार्टीहरुको सहयोग’को शाशन ब्यबष्था भन्छन् उनीहरु। छन पनि कम्युनिष्ट पार्टीका कठपुतलीको रुपमा उभ्याइएका सात आठ दलहरु छन् अरु। तिनीहरुको काम भनेको कम्युनिष्ट पार्टीले गरेको कुनै महत्वपूर्ण निर्णयलाई अन्धसमर्थन गर्नु र वर्षमा एक-दुइ पटक टिभीमा देखिनुमात्रै हो, अरु बेला ती सबै ‘शीतनिद्रा’मा हुन्छन्। माओवादीहरुले चाहेको यस्तै ‘सबैलाई समेट्ने ब्यबष्था’ होला शायद!

अर्को कुरा, संविधानसभाको चुनावमा जाने भइसकेपछि पनि ‘धोका भयो भने फेरि जनविद्रोह गर्ने’ धम्की त ताजै छ। यो धम्की चुनाव सकिएको भोलिपल्टबाट देशलाई फेरि अस्थिर पार्न अहिल्यैबाट तयार पारिएको बहाना हो भन्न सकिने धेरै आधारहरु छन्।

निश्चयपनि, राज्यप्रणाली चाहे अमेरिकाको जस्तो होस् चाहे बेलायतको जस्तो; खुल्ला र प्रतिष्पर्धात्मक राज्य ब्यबष्थामा बहुमतप्राप्त पक्षले निश्चित समयसम्मको लागी राज्यसञ्चालनको अधिकार पाउँछ। यो भन्दा अर्को बाटो पनि छैन। तर बहुमत ल्याउने पक्ष तानाशाह नहोस् भनेर शक्तिसन्तुलनका बिभिन्न उपायहरु पनि अबलम्बन गरिएका हुन्छन्।

देशबाहिर बसिरहेका नेपालीहरुको एउटा ठूलो संख्या यूरोप, अमेरिका, जापान, कोरीया जस्ता खुल्ला लोकतान्त्रिक समाजमा बसिरहेको छ। यो हिस्सामा निश्चित रुपमा माओवादी समर्थक र शुभचिन्तकहरु छन् र केहि ठूलै नेता पनि होलान्। उनीहरु खुल्ला लोकतान्त्रिक समाजको भरपूर उपयोग गरेर आफ्नो देशलाई भने अर्को तानाशाहीतिर धकेल्न बल गरिरहेकाहरुलाई सघाइरहेछन्। गज्जबको बिडम्बना हो यो!

मलाई उनीहरुसंग सोध्न मन लाग्छ, आफू स्वतन्त्र समाजमा बसेर देशका अरुलाई भने ‘एनिमल फार्म’ तिर लखेट्न के नैतिक हक छ उनीहरुलाई? के उनीहरुले कहिल्यै उत्तर कोरीया गएर साम्यवादी शाशनको अनुभव गरेका छन्? अथवा भोलि नेपालमा साम्यवादी अधिनायकवाद शुरु भयो भने के उनीहरु नेपाल फर्किन्छन्? ठोकेर भन्न सकिन्छ, एकजना पनि फर्किनेछैनन्!

विदेश बसाइले मान्छेको राजनीतिक चेतनास्तरलाई अलिक फराकिलो पार्छ/पार्नुपर्छ भन्ने लाग्छ मलाई।

निर्दलीय भएपनि, एकदलीय भए पनि तानाशाही भनेको तानाशाहीनै हो। अलिकति मात्रै पनि राजनीतिक चेतना र नेपालको माया भएको मान्छेले कुनैपनि तानाशाहीको समर्थन गर्नुभनेको आफैंलाई, समाजलाई र देशलाई धोका दिनु हो।

January 04, 2008

It seems to be older than mankind

I happened to read this in 'Yahoo News', just before starting job after one week of vacation. It is funny! We call it the oldes profession of humankind, but it seems to be even older than humankind itself.


Cost of coitus: Male monkeys pay for sex
Wed Jan 2, 1:30 PM ET

Selling sex is said to be humankind's oldest profession but it may have deep evolutionary roots, according to a study into our primate cousins which found that male macaques pay for intercourse by using grooming as a currency.

Michael Gumert of Nanyang Technological University in Singapore made the discovery in a 20-month investigation into 50 long-tailed macaques in Kalimantan Tengah, Indonesia, New Scientist reports on Saturday.

On average, females had sex 1.5 times per hour.

But this rate jumped to 3.5 times per hour immediately after the female had been groomed by a male -- and her partner of choice was likely to be the hunky monkey that did the grooming.

Market forces also acted on the value of the transaction.

If there were several females in the area, the cost of buying sex would drop dramatically -- a male could "buy" a female for just eight minutes of nit-picking.

But if there were no females around, he would have to groom for up to 16 minutes before sex was offered.

The work supports the theory that biological market forces can explain social behaviour, the British weekly says.

"There is a very well-known mix of economic and mating markets in the human species itself," said Ronald Noe of France's University of Strasbourg.

"There are many examples of rich old men getting young attractive ladies."

January 01, 2008

December 25, 2007

अझै पनि के भर छ---?!

त्यसो त जापानी संचारमाध्यममा नेपाल हतपती आउँदैन। जापानीहरुका लागि जापान अथवा अमेरिकासंग सम्बन्धित खबर बाहेक अरु कुनै 'खबर' खबर बनिन लायक हुँदैन भनेर हामीहरु जोक गर्छौं बेला-बेला! फेरि कुन च्यानेलमा कतिखेर छुस्स आउँछ थाहा हुँदैन।

आज खाना खाँदै गर्दा जापानको सरकारी च्यानल NHK मा नेपालको बारेमा खबर आयो, त्यस्तै एक मिनेटजतिको,'नेपाल अब गणतन्त्र हुने भयो!' भन्ने। अरु कुरा त ठिकै थियो, जापानीहरुले माओवादीका 'अध्यक्ष'लाई देखाएका थिए। जापानीहरुमा माओवादीले गर्दानै यो सब भएको हो नत्र नेपालमा 'गणतन्त्र' आउनेनै थिएन भन्ने परेको छ। तर वास्तविकता अर्कै छ। यथार्थ त के हो भने माओवादीहरुकै कारण 'गणतन्त्र नेपाल' झन-झन ढिला हुँदै गइरहेको छ। कथित 'गणतन्त्र लेख्ने' कुरामा गर्व हुँदैछ यहाँ, तर नेपाल वास्तवमै गणतन्त्र भईसक्ने थियो अहिले यदि माओवादीहरुले 'टाङ' नअडाएका भए। विगत केहि महिनादेखि देशलाई अनिर्णय र अराजकताको बन्दी बनाएपनि उनीहरुले केहि नयाँ उपलब्धि गर्न सकेका हैनन्। देशले 'गणतन्त्र' हिजै लेखिसकेको थियो, आज आएर कसैले लेखेपनि र नलेखेपनि! माओवादीहरु चुनावबाट भाग्नुपर्ने कुनै कारण, कुनै मुद्दा थिएन।
देशले त झन केहि पाएकै हैन।
अनि, अझै पनि के भर छ माओवादीहरुको?! अर्को बहाना झिकेर चुनावलाई भाँड्न सक्छन् उनीहरु। 'अस्ति' लेखिएका कुराहरुलाई 'हिजो' धोती लगाइदिन सक्नेहरुले 'आज' लेखिएका कुरालाई 'भोलि' मेट्न सक्दैनन् भनेर कस्ले भन्न सक्छ?!

December 21, 2007

An unexpected guest

I was having mild headaches since last week. I thought it to be the result of cold and stress. The pain was severe on the wednesday morning. And I was also having sore throat and some fever. I thought that I may have caught common cold and moved on according to my daily schedule. But the headache was quite serious when I reached the office. The fever was also very high. Initially, I thought of taking a half-day leave, but still thinking it to be common cold and 'you need some toughness in such conditions' continued to work. Besides, there was a lot of work accumulated in my table. But the day turned out to be a century. The whole day I was shivering and feeling my head was going to burst at any moment.

I came back home at regular time and rested. I expected everything to be better the next morning. But I couldn't sleep well. Even when I was having some sleep, I had many crazy dreams. I was sicker the next morning, instead. But I went to work again. The work was not much and most of the time I was in the 'meditation' position.

I came back two hours earlier and went to a nearby clinic. I had to wait for a long time. I was feeling very tired and was barely able to control myself. While waiting, I dozed off many times.

"Let's check whether it is influenza or not." The doctor told me after some preliminary check-ups.
He inserted a small cotton tipped rod inside my left nose. It was brief but extremely painful. I saw what they call "all the stars of the sky" at once!
"The result will come out about 15 minutes later. Meanwhile, you please rest." The nurse took me to the adjoining room .

The doctor came after some time and told me that it was 'Influenza A and B'. It was a little shock to me. I had some plannings for the holidays season.

"Please continue resting. We will find somebody to fetch medicine for you." The nurse told. My condition must have looked very bad!

And bye-bye to BONENKAI (NOMIKAI)s this season. They are having one today at the office and tomorrow in my previous lab. They were supposed to be 'double party's, for my welcome and farewell respectively. I was also planning to participate in one or two Nepalese gatherings.

It is better today. Fever is almost gone, headache is very mild. Sore throat is getting better too, but it pains a lot when coughing or sneezing. I was at bed almost all afternoon listening Ghazals and Qawwalis. I was about to get asleep when there was a small earthquake around two O'clock. I couldn't sleep after that. But I stayed at bed for another one and half hours, though it was a real torture!

I hope my daughter Aryaa hasn't caught it yet. She was playing with me on wednesday evening. She was kissing me and putting her cheeks against mine when I was telling her some 'gibberish' stories.

Sobita and Aryaa will get flu vaccine today.

BONENKAI:year end party, direct translation may mean little bit different
NOMIKAI: drinking party (but people don't drink only, they eat a lot too!)

December 15, 2007

अड्डाको भोजमा

अड्डाको एउटा कार्यक्रम थियो केहि दिन पहिला। वार्षिक रुपमा यहि समयमा हुने रे। दिनभरि भाषण, छलफल, बिभिन्न पुरस्कार वितरण आदि भईसकेपछि बेलुका छ बजेबाट भोज थियो। (‘भोज’ भनेर ठेट नेपालीमा ‘पार्टी’ भन्न खोजेको हो।)

भाषणहरु कति बुझियो, कति बुझिइएन। छलफलमा पनि सकेसम्म सकृय भएर आफ्नो जापानी भाषाले भ्याएसम्म विचार राखियो। तर विभिन्न चरणका वीचमा हुने १०-१५ मिनेटका छुट्टीका समय कटाउन भने बडा मुश्किल भयो। अढाइसयजति सहभागीमध्ये ८० प्रतिशत भन्दा बढी धुम्रपान गर्ने थिए होलान्। त्यो कुहिरीमण्डलमा गएर को संग कुरा गर्नु!? विदेशीमा एकजना दक्षिण कोरीयाली पनि छन् म बाहेक, तर ती झन उधुमका ‘चुरौटे’ परेछन्! फेरि दश वर्षभन्दा बढी जापान बसिसकेका र अड्डामै पनि झण्डै पाँच वर्ष पुराना भईसकेका उनी जापानीहरुसंगै गफमा मच्चिँदै थिए।

एउटा ‘ब्रेक’मा ‘हाम्बाइकी’ बाट चिया निकालेर पिउँदै थिएँ, आफ्नै ‘बुच्योउ’ आईपुगे। यी पनि ‘चेन स्मोकर’नै हुन्, यो ‘ब्रेक’मा भने के भएछ यीनलाई?!

यताउताका कुरा हुँदा-हुँदै कताबाट धर्म-सर्मको कुरा शुरु हुन थालेछ!
“नेपालमा मान्छेहरु धर्ममा त्यस्तो विश्वाश राख्छन् उसो भे! हामी जापानीहरु भने खास मतलब गर्दैनौं। भनेपछि तिमीहरुको समाजमा नैतिकता बढी होला, हाम्रोमा भन्दा, हैन?”
के जवाफ दिउँ भनेर म रनभुल्ललमा परें। धर्ममा विश्वाश गर्छु भन्नेहरु बढी छन् भन्दैमा हाम्रो समाज असाध्यै नैतिक छ भन्ने कुरा मलाई पटक्कै लाग्दैन। उल्टो हाम्रो भन्दा भ्रष्ट र अनैतिक समाज पाउन गाह्रो हुने दिन आउँदैछ।
“खोइ अरु कुरामा त थाहा भएन तर काममा इमान्दरिता र पेशागत नैतिकताको कुरा गर्ने हो भने छँदै-छैन भन्दिए हुन्छ।“ भनिसकेपछि एकचोटि चाहिँ किन भनें हुँला भन्ने लागेको हो, तर साँचो कुरो भनेर केहि बिग्रदैंन भन्ने विचारले जित्यो त्यल्लाई। नेपालको बारेमा हुँदै-नभएका गफ हान्न पनि भएन। फेरि आफूले सगरमाथा र बुद्ध ‘बेच्न’ धेरै पहिलेबाटै छोडिसकेको।
“हा हा हा! त्यस्तो पो हो!”
****************
एउटा छलफलमा आफ्नो समूहमा परेको एउटा केटाले “तँ किन जापान आएको?--- “ भनेर सोध्यो।
“पढ्न आएको नि! अब काम पनि गर्ने!”
“हैन, अमेरिका-यूरोप नगएर किन जापानै आ’को त नि?”
यो प्रश्नको सामना धेरैचोटि गरिसकेको छु, जापान आउँदाका शुरुवाती दिनहरुबाटै। जापानी युवाहरुमा एक किसिमको हीनताबोध छ, अमेरिका-यूरोपको सन्दर्भमा। उनीहरुले त्यस्तरी हीनताबोध पालेर बस्नुपर्ने ठूलै कारण छ जस्तो लाग्दैन मलाई। उनीहरुले हीनताबोध पाल्ने हो भने हामीले त सामूहिक आत्महत्यानै गरे पनि भयो!
“धेरै ठाउँमा कोशिश गरेको हो, पहिला यता मिलेकोले यतै आएँ।“ साँचो कुरा बताएँ मैले उसलाई। मान्छे हेरीकन ‘जापान एकदम मन पर्ने भएर अन्त कतै नगएर यता आएको हो।‘ भनेर गफ पनि दिने गरेको छु मैले।
बेलुका ‘भोज’मा अर्को एउटा केटोले पनि त्यस्तै कुरा ग-यो।
“नामासुते, मेरो नाम ताकाहाशी हो!” भोजको आधा-आधीतिर होला, एकजना ६०-६५का ब्यक्ति आईपुगे मसंग कुरा गर्न।
“नमस्ते!----“ छक्क परें म।
उनले जानेको नेपाली भने त्यत्ति रहेछ। त्यसपछि मसंग ‘जिङ्लिश’ (Japanese+English) मा कुरा गर्न थाले उनी। एकछिनपछि पूरै जापानीमा दिन थाले। पाँच पटक नेपाल पुगेका रहेछन् उनी, सबैभन्दा लामो बसेको चाहिँ चार महिना। लुम्बिनी र अरु एक-दुई ठाउँ बाहेक प्राय:जसो काठमाण्डौं उपत्यकामा बिताएका रहेछन्। काठमाडौंको कहि एक शेर्पाको घरमा बसेर तिब्बती परम्पराको बौद्ध धर्मको बारेमा अध्ययन गरेका रहेछन् उनले।
“तिमीहरुको देशमा राजा राख्ने-नराख्ने प्रसंगमा चुनाव पनि हुनेवाला थियो यहिताका हैन? के हुँदैछ?”
नेपालको राजनीतिको बारेमा पनि राम्रै जानकारी राख्दा रहेछन् भन्नुप-यो अब।
“भएन, माओवादीहरुले हुन दिएनन्।“
“हँ?! झन् उनीहरु त सबभन्दा धेरै राजाविरोधी होइनन् र?”
“होला, तर राजासंगसंगै आफैंपनि सकिने भए, त्यसैले हुन नदिएका होलान्। जनताले मन पराए पो!” प्रचण्डको आजभोलिको ‘राष्ट्रवादी’ दिव्यदृष्टि अथवा पहिलैदेखिको ‘कार्यगत एकता’ आदिको बारेमा कुरा गर्न मेरो जापानी शायद पर्याप्त पनि थिएन र मैले गरेकै भएपनि ताकाहाशी बूढाले कुन हिसावले बुझ्थे कुन्नि!
“जनताले मन पराउँदैनन् रे?! जनताले मन नपराएपछि कसरी उनीहरुले भन्दैमा चुनाव रोकिन्छ त?”
“उनीहरुसंग सेना छ नि त!” मेरो पिडालाई मैले एकै वाक्यमा अटाएँ। बन्दूकको राज चलेको मेरो मुलुकको पिडा उनले बुझ्नसक्ने सम्भावना कमै छ।
कुरो धेरैतिर मोडियो। पछि अरु केहि ब्यक्तिहरु पनि मिसिएका थिए गफमा।
“एउटा कुरा सोध्न मन लागेको थियो मलाई। नेपालमा नेपाली नागरिकता नभएको ब्यक्तिको नाममा घरजग्गा किनबेच गर्न सकिन्छ कि सकिन्न हँ?” छुट्टिने बेलामा सोधे ताकाहाशी बूढाले।
“खोई, थाहा भएन।“ वास्तवमै थाहा छैन मलाई। अहिलेसम्म यो प्रसंगको कुरा पनि चलेको छैन कहिल्यै आफ्नो जमातमा।
“मेरो साथी तिब्बती शरणार्थी हो, काठमाडौंमा बस्छ, तर नेपालको नागरिकता छैन। उसको लागि केहि गर्दिन मन लागेको थियो।“ अलि भावुक थिए उनी यतिखेर।
उनीसंग छुट्टिँदा भोज पनि सकिने बेला भईसकेको थियो। बियर कति खाईयो कुन्नि याद भएन, तर म सग्लै थिएँ भनेपछि धेरै खाईएको रहेनछ कि! यसपछि भने बियर खान मन लागेन, ‘उ लोन च्या’ पिउन थालें।

पछि घरतिर फर्कने बेलामा बाहिर देखें, ताकाहाशी बूढा आकाशका तारा गन्दै चुरोट तान्दै थिए।
“एक छिन है! जापानी भाषामा छ नि, मान्छेको नामको पछाडि जोड्ने ‘सान’ भन्ने, नेपालीमा त्यस्तो केहि छ?” उनले सोधे।
“छ नि, नेपालीमा पनि मान्छेको नामको पछाडि ‘जी’ जोड्ने चलन छ।“ मैले उत्तर दिएँ।
भित्रबाट एकदम कममात्रै उज्यालो चुहिएर बाहिर आएको थियो, तैपनि उनले नोटबुक निकालेर टिपे।
“नेपा-रु हेइवा नि नात्ते होशीइ ने! ” (नेपालमा शान्ति भइदिए हुन्थ्यो है!) लेखिसकेपछि उनले भने।
“सोउ देस ने! आरिगातो गोजाईमास!” नेपालप्रतिको उनको सदभावका लागि उनलाई हृदयदेखिनै धन्यबाद दिँदै म घरतिर लागें।


हाम्बाइकी‌=भेण्डिङ्ग मेशीन, बुच्योउ=विभाग प्रमुख

December 05, 2007

झण्डै आफ्नै ब्लग बिरानो भएको!

जिन्दगीले बेस्सरी ब्यस्त बनाइदिएको छ। ब्लगलाई समय दिन पाइएन लामो समयसम्म। केहि समय पहिला पढेको थिएँ, दिनमै हजारौं ब्लगहरु शुरु हुन्छन् रे इण्टरनेटको दुनियाँमा, र झण्डै सबैजस्तै केहि समयपछि (केहि त एक-दुई पोष्टिङ्गपछिनै!) 'मृत: ब्लग' बन्छन् रे! 'मृत: ब्लग' भनेको नयाँ कुरा केहि पनि नथपिने ब्लग। त्यस्ता ब्लगहरु करोडौँ भईसके रे। एकजना लेखकले त्यस्ता ब्लगहरुलाई सोत्तर भएर मरेका किराहरुसंग दाँजेका थिए कतै।

मलाई एकदम डर लागिरहेको थियो, मेरो ब्लग पनि 'मृत:'को दर्जामा पुग्ला भनेर। त्यसैले अलिकति सास भर्न आज पसेको हुँ यहाँ। यति सासले कतिदिन धान्छ कुन्नि, तर यो ब्लगमा अलि गतिलो 'ज्यान' नभरी भने भएको छैन।

अलि दामी 'डाइट' लिएर आउँला अब फेरि, कम्तिमा हप्ताको एकचोटि!

जय होस् सबैको!