It is common to see 'wrong' and 'crazy' use of English words in non-native countries. In Nepal, we can see those everywhere. I used to see it in China. I see in Japan too, mostly in their pop songs.
Today, I saw this ad in Kantipur daily (on its second page). There are other mistakes too, but see the part underlined green. It says "100% visa". What I know is you either get visa or don't get it. How can you give it a 'percentage'?! Are they thinking that getting visa is "100% visa" and "not getting visa" 0%!
Or did they make mistake. Did they want to write "100% scholarship"?
Does anybody know the Danish visa rules? Do they grant visa in percentage?
March 26, 2008
March 23, 2008
"पोखरा" कवितामा
साथी गालबको अनुरोधमा अर्को एउटा कविता राख्दैछु। २०५३ सालको मंसिरको कुनै बिहान म पहिलोपल्ट पोखरा पुगेको थिएँ। रात्रि बसमा गएको थिएँ म। एक दिन-एक-रातको बसाईपछि भोलपल्ट बिहानै फर्केको थिएँ त्यहाँबाट। एक वर्षपछि, २०५४को भाइटिकाको भोलिपल्ट जागिरे जीबनको एउटा चरणलाई अगाडि बढाउन फेरि पोखरा पुगें। त्यो बसाई लम्बियो, नटुंगिने गरी। पोखराको अनुहार माछापूच्छ्रे र फेवातालमा सीमित नरहेको देखेपछि यो कविताले जन्म लिएको हो।
"पोखरा"
पोखरा-
जहाँ ढाका टोपी लागाएर झरेको गाऊँलेलाई
गुण्डाले लुट्छ र ठोक्छ
कुकुरले भुक्छ र टोक्छ,
पोखरा-
जहाँ बस चालक र सञ्चालकहरु
बिहान सबेरैदेखि सुन्दर "रात्रिभाषा" बोल्छन्
र यात्रुका कानलाई "पवित्र" पार्छन्,
पोखरा-
जहाँ जहाँ उभिएर हेरेपनि तारहरुले
अन्नपूर्णलाई तीन टुक्रा
र माछापूच्छ्रेलाई चारटुक्रा पार्छन्,
पोखरा-
जहाँ एकै पटक सडकमा
मोटरहरु र मोटरसाइकलहरु
गाईहरु र भैँसीहरु
मान्छेहरु र कुकुरहरु
भेला हुन्छन्
र प्रजातन्त्रको सदुपयोग गर्छन्,
पोखरा-
जहाँको शब्दकोषमा "सडक" भन्नाले
प्रत्येक घरको ढल निकास अथवा
भैँसीको आहाल भन्ने अर्थ लाग्छ,
पोखरा!
सौन्दर्यको बस्ती
जहाँ मनपरी घरहरुको गाँड पलाउँछ
पोखरा!
तालहरुको शहर
जहाँ सडकमा ताल
र सडक किनारामा छाल हुन्छ ,
म जहाँ भएपनि-ए पोखरा!
गुम्दै गएको तिम्रो सौन्दर्य
र बढ्दै गएको तिम्रो कुरुपता देख्दा
मलाई रुन मन लाग्छ ।
(२०५७-०४-१९, बिहान ११:१५ बजे, लामाचौर, पोखरा)
************************************************
नराम्रो कुरा मात्र देखाएको अथवा तिक्तता मात्रै पोखेको जस्तो पनि लाग्न सक्छ, तर यो वास्तविकता हो। म 'काठमाडौं' भन्दा फरक पोखराको लागि आशावादी थिएँ तर मैले देखें जुन-जुन गल्ती काठमाडौंले गरीसकेको छ, पोखरा पनि तिनै गल्तीहरु दोहोराउँदैछ।
अब यो कविताको शैलीको कुरा। कविताका शब्दहरु, तिक्तता वा रुखोपना मेरा हुन् तर शैली भने भूपि शेरचनको एउटा अत्यन्त सुन्दर कविता "मेरो देश" बाट नक्क्कल गरीएको हो। म भूपिको die hard fan! मेरो सबैभन्दा प्रिय नेपाली कवि भूपि! उहाँका जस्ता कविता लेख्न नसकेपनि शैलीकै नक्कल गर्न सकें भनेपनि मेरो लागि गौरवकै कुरो हुनेछ।
March 21, 2008
दोहोरिएका उनै-उनै कुराहरु
अचेल वेफुर्सदीका कारण ब्लग धीत मर्ने गरी लेख्न पाईएको छैन। छ्वास्स दुइ-चार लाइन लेखेर पनि के हिँड्नु जस्तो लाग्छ। पूरानै कविताहरु पनि टाँसौं कि फेरि भन्ने पनि नलाग्ने हैन, तर तीनलाई त अझ अप्ठेरो परेको बेलाको लागि, 'अनिकाल पर्दाको लागि' जोगाउनु पर्छ भन्ने मनमा आउँछ:)
नेपालका पत्रिकाहरु राम्रोसंग पढ्ने मेसो समेत परेको छैन। छास्स-छुस्स अलि-अलि गरेर भएपनि कान्तिपुरका केहि पेजसम्म नपढीभने निद्रा लाग्दैन। एकताका कान्तिपुरको टाउकोदेखि पूच्छरसम्म सबै पढ्थें। अचेल साझाको चौतारी जान पनि छोडियो। कान्तिपुर र केही नेपाली ब्लगरका ब्लगहरु भने पढिन्छ।
नेपालमा एस.एल.सी. चलिराख्या छ। हिजो-अस्ति कहिले हो, एस.एल.सी. संग सम्बन्धित त्यस्तै केहि समाचारहरुमा आँखा परेका थिए। 'किरियापुत्री परीक्षामा', 'परिक्षा हलमै बच्चा जन्म' आदि-आदि। यस्ता समाचारहरु हरेक वर्ष आउँछन्, समाचार बन्छन् एक दुइ दिनका लागि र फेरि एक वर्षका लागि हराउँछन्। पुनरावृत्तिनै हाम्रो सही नेपाली पहिचान हो! पुरानै कुराहरु हामीकहाँ नयाँ बनिरहन्छन् र हामी उही गोलचक्करमा घुमिरहन्छौं!
नत्र यस्ता साधारण समस्याहरुले समेत हाम्रो राष्ट्रिय छापाहरुमा 'गौरवपूर्ण' ठाऊँ पाईरहने थिएनन्। किरियापुत्रीको कुरोलाई अलिक फरक मान्न सकिन्छ। शारिरिक रुपमा उ आफैं त्यति अप्ठेरोमा नहुन सक्छ, हो उसमा मानसिक तनाव प्रशश्त हुन्छ। तर बच्चा पाउने समय भईसकेकी केटीले पनि त्यहि परीक्षामा नबसी नहुने परिश्थिति कसरी आउँछ? केहि दशकदेखि हरेक वर्ष यस्ता घटनाहरु घटिरहँदा पनि किन अलिकति पनि परीवर्तन आएको छैन यो परिश्थितिमा? हामीकहाँ बालविवाह घट्नुको सट्टा उल्टो बढीरहेको त छैन कतै?
त्यसो त एस.एल.सी. संग सम्बन्धित हरेक खबरहरु वर्षको दुई पटक छाउँछन् बजारमा र बिलाउँछन्। यसमा सुधार गर्नुपर्ने कुरामात्रै हैन, यसको आवश्यकता-उपादेयतामाथिनै वहस चल्छन् साउने भेलजसरी। तर अहिलेसम्म सुधारको नाममा 'स' पनि शुरु भएको छैन।
एस.एल.सी. भन्ने जिनिसलाई खारेज गरेर विद्यालय शिक्षालाई १२ कक्षासम्म विस्तार गरिनुपर्छ। १२ कक्षा सकिएपछि पनि एस.एल.सी. जस्तो मानसिक रुपमा विक्षिप्त बनाउने खालको 'राष्ट्रिय', 'केन्द्रीय' परिक्षाको आवश्यकता छैन। विद्यार्थीहरुको क्षमताको मूल्यांकन विश्वविद्यालयहरुको प्रवेश परीक्षालेनै गर्न सक्छन्।
यस्तो कुराको विपक्षमा नेपालका राजनीतिक दलहरु र तीनका भरौटे विद्यार्थी संगठनहरु सबैभन्दा अगाडि सर्छन्। एस.एल.सी. सकेर क्याम्पस शुरु गरेका अल्लारे उमेरका विद्यार्थीहरुको समूह शायद सबैभन्दा बढी 'राजनीतिक दुरुपयोग' गरिएको समूह हो नेपालको।
स्कूललाई १२ कक्षासम्म तन्काउने वित्तिकै शैक्षिक क्षेत्रको राजनीतिकरण आधी घट्छ। तर एउटा शर्त पूरा भयो भने मात्रै, विद्यार्थी संगठनहरुलाई विद्यालयमा ढिम्किन पनि दिइनु हुन्न।
मलाई थाहा छ, अहिलेको परिष्थितिमा यो एउटा सपना मात्र हो! हामी 'उँधोमुखी' हावाको बहकाईमा लागेको समयमा बाँचिरहेछौं!
यसपाली त एस.एल.सी.को बारेको बहसलाई पनि संविधानसभाको बहसले ढाकेको छ। खासमा समाचारहरुमात्रै छन यसपाली, बहस त 'ठूला-ठूला' कुराहरुको हुन्छ 'नयाँ नेपाल' बनाउनको लागि। तर काँडा जस्ता साना समस्याहरु रहिरहे भने ठूला कुरा गरेर मात्रै केहि हुनेवाला छैन।
*********************************************
यताउताबाट;
Tibetans say several died in latest riots
Start a Web business in an extra few minutes
And before sleeping, I am bowing to Buddha's feet with this video;

March 14, 2008
"शहरकी बत्ती"
आज फेरि 'इतिहासको ब्याज'ले काम चलाउनु पर्ने भयो!
यो कविता मलाई आफूले लेखेका मध्ये मन परेकाहरुको समूहमा पर्छ। २००६ को अगष्टको कुरो हो। कुनै साँझ म भान्छामा केहि गर्दै थिएँ। गर्मी थियो र झ्याल खुल्ला थियो। मेरा आँखा धेरै परको अर्को शहरमा टिल्पिल गरिरहेका वत्तीहरुमा परे र अचानक केहि तरंगहरु उठे मनमा। र ती तरंगहरुले शब्दमा ओर्लिँदा यो रुप लिए।
"शहरकी बत्ती"
हिजो गोधूलीमा
हतार हतार आफूलाई पूछपाछ पारेर
भाका गुज्रेको पाउडर
लतपत गालाभरि पोतेर
र हतार हतार
विना ऐना
ठूटे लिपस्टिकले ओठ रंगाएर
ताराहरु चम्किनुभन्दा पहिल्यै
सडक किनारमा आफूलाई उभ्याएकी थिई
पिलपिल शहरकी बत्ती,
आफ्नै गह्रौँ छायासंग बेखवर भएर
त्यै छायाँमा जोडिदैँ टुट्दै गरेका
जोडीका जोडी मायासंग बेखवर भएर
पर्दाभित्रका छायाहरुलाई
ताराहरुले जस्तै निर्विचार हेरेर
र पुलमुनि रात बलात्कृत हुँदा
एक थोपा आँशु समेत नझारेर
रातभरि ठडिएपछि
थाकेर बिहानीपख
सडकमै निदाईछे
टिलपिल शहरकी बत्ती।

March 06, 2008
Happy day to you all!
Please enjoy some funny news if you haven’t read these yet. I was really cracked up.
Seems this Mayor is in a big trouble to issue such an order. I am wondering in what way he will punish them who will die.
Cemetery full, mayor tells locals not to die
And it seems sometimes your body can be your liberator.
Big breasts win verdict for Japanese pin-up
And the third one. It is no less funny than others, but if proved true, and with other religions too, it will change the whole human civilization or the concept of civilization. Pot smokers will get the respect they rightfully deserve. Hippie days will make a come back like a ‘come back kid’.
It would be interesting to see reactions from fundamentalist Jews, Christians and Muslims. I don’t have much knowledge about those religions but I think they share Moses. What if someone makes such claim directly on Christ or Mohammad?
All mystics have claimed direct contact with god. But the possibility that all of them were pot smokers with hypnotic abilities seems much closer to reality now. Did Gautam Buddha did the same? Who knows, he was in Jungle for many years.
I think Hindus will not have any problem with it as revered Shiva is the greatest pot smoker of world. And so pot smoking SADHUS are revered in Hinduism. In fact, the more pot you smoke, the higher-level SADHU you become. When you are in pot’s effect for 24 hours a day, god descends to talk with you.
I also tried this journey towards direct face-to-face contact with god. But I failed miserably in my very first lesson. I could never master the art of smoking cigarettes. I excelled in drinking for some time though. But I haven’t heard any drinker having direct contact god. More important than that, I don’t have any memory of talking with god! Some of my friends reached next level and started replacing tobacco inside cigarette with G (G for GAJA, the Nepali word for ‘hemp’). Some even reached another level. I was with them at some occasions and felt they were in an entirely different world than mine. How can an ordinary mortal like me understand them, living much higher than me? I am sure some of them have reached even higher level or some skilled ones may already be playing cards with god.
And what a coincidence, I happened to read this today, on SHIVARATRI day, a day for pot smokers in Nepal.
Happy SHIVARATRI Guys!
Moses was high on drugs: Israeli researcher

March 03, 2008
समसामयिक केहि कुराहरु
यो ब्लग शुरु गर्दा मैले नेपालको राजनीतिको बारेमा बढी लेख्ने बिचार गरेको थिएँ। तर पछि लाग्यो, विदेशमा बसेर नेपालको राजनीतिको कुरा गर्नु त्यति सजिलो काम हैन। मेरो अर्थ, नेपाली राजनीतिको सहि विश्लेषण गर्न सकिँदैन किनभने धरातलीय यथार्थको बारेमा सही वा बढी जानकारी नहुन सक्छ। दोश्रो, नेपालको राजनीतिक घटना-दुर्घटनाहरुको बारेमा यथेष्ट लेखिईन्छन् नेपाली सञ्चारमाध्यमहरुमा। वास्तवमा हामीकहाँ बोलिने, लेखिने, 'खाइने', 'पिइने' सबै कुरा राजनीति हो। यसैले मैले लेखेको विषय असान्दर्भिक र पुरानो भइसकेको हुनसक्छ भन्ने डर पनि लाग्छ।
(ब्यक्तिगत रुपमा, एउटा निश्चित राजनीतिक महत्वाकांक्षा र सोचाइ भने मभित्र जिउँदै छ, भलै सुषुप्त रुपमा किन नहोस्।)
केहि दिन पहिला, नेपालका एक 'स्वनामधन्य' नेताको अन्तर्वार्ता पढेपछि उठेका केहि विचारहरु लेखौंला भनेर बसेको थिएँ, छोरीलाई खोकीले ग्रस्त पारेपछि उसको स्याहारमा लागियो र लेख्ने मेसो मिलेन। त्यसको सट्टा आफ्नो पुरानो कथा 'एक जोर सूट' टाँसेर काम चलाएँ। 'इतिहासको ब्याज' खाने भनेको यस्तै होला!
मधेशी मोर्चा र गणतान्त्रिक मोर्चासंगको सरकारको सम्झौतापछि अब नेपालमा चुनाबी चहलपहल बढेको देखिन्छ। माओवादीहरु समेत धुरीको पनि दुई-चार हात माथि उफ्रेर प्रचार गरिरहेछन्।
मधेशी मोर्चासंगको सम्झौताको एउटा बुँदामा केहि अस्पष्टता छ र अर्थ जतापनि लानसकिन्छ भनेर लेखिएका केहि लेखहरु पढेको थिएँ। त्यो बुँदा यस्तो रहेछ;
मधेसी जनताको स्वायत्त मधेस प्रदेशको चाहनालगायत अन्य क्षेत्रका जनताको स्वायत्त प्रदेशसहितको संघीय संरचनाको आकांक्षालाई स्वीकार गरी नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हुनेछ-----
मेरो विचारमा यो बुँदालाई 'एक मधेश-एक प्रदेश'को पक्षमा सजिलै प्रयोग गर्न सकिन्छ जस्तो लाग्दैन। केहि अष्पष्ट पक्कै हो, तर सरकारसंग अरु गतिला विकल्प भने थिएनन्। अब ठाडै 'एक मधेश-एक प्रदेश' कदापि हुनेछैन भनेर लेख्नुपनि भएन, त्यो पनि यो 'डढेलो' लागेको बेलामा। सरकारको अबको बिकल्प भनेको यो सम्झौता, यो बुँदाले 'एक मधेश-एक प्रदेश'को ग्यारण्टी गरेको होईन, केवल संघीय संरचनलाई स्विकार गरेको हो र त्यो संघीय संरचनाको स्वरुप संविधानसभाले तय गर्नेछ भनेर जनतालाई स्पष्ट पार्ने हो र जनमत सृजना गर्ने हो।
चुनाव सकिनासाथ त्यहि अर्थमा प्रयोग गर्दै 'एक मधेश-एक प्रदेश' खोज्दै आन्दोलन भने हुनेछ पक्कै! कुनै चमत्कार भए बेग्लै कुरो, नत्र हामी नेपालीको राजनीतिक संस्कारको निश्चित रुप त्यहि हो।
जो अरु सबै कुरा छाडी 'एक मधेश-एक प्रदेश'को नारा चिच्याइरहेछन्, तीनले जानी-नजानी देश विखण्डनको माग गरेका हुन्। किनभने अहिलेको हाम्रो अर्थराजनीतिक संरचना हेर्दा, पूरै तराइ एक राज्य हुने हो भने त्यसले केन्द्रलाई सजिलै घुँडा टेकाउन सक्छ। पहाड र हिमालको घाँटी अँठ्याएर नेपाल टुक्र्याउने दाउ बाहेक केहि पनि होइन यो। त्यसपछिको चरण भनेको उक्त राज्यको भारतमा विलय हो।
संविधानसभापछि तराई बन्दको सिलसिला फेरि चालु हुनेछ। तराईका केहि प्रमुख नाकाहरु बन्द गराइयो भने जे माग पनि पूरा गराउन सकिन्छ भनेर केहि मधेशी नेताहरुले पहिल्यै फलाकिसकेका हुन्। अब सरकारले लगभग सम्पूर्ण रुपमा वीरगञ्जआश्रित हाम्रो अर्थतन्त्रको स्वरुप अलिक नफेरि हुन्न। वीरगञ्जको विकल्प सकेसम्म छिटो नखोजी हुन्न। संविधानसभाको चुनावनै सबै समस्याको रामवाण हो भनेर हिँड्नुमा कुनै तुक छैन। संगसंगै, समानान्तर रुपमा, धेरै समस्याहरुको समाधानको पहल पनि गरिएन भने संविधानसभाले उल्टो हामीलाई अझ गहिरो खाडलमा लगेर जाक्ने छ।
हुनत कस्तो संविधानसभा बन्छ, त्यो भविष्यको कुरो हो, तर गुणात्मक रुपले उच्च होला भनेर मैले कल्पना गरेको छैन। पूरानै अनुहारका भ्रष्ट कांग्रेस-एमालेहरु र कतिखेर कसरी सत्ता कब्जा गरौं र 'एनिमल फार्म' शुरु गरौं भनेर जम्जमाईरहेका माओवादीहरुले इमान्दारीपूर्वक विचार-विमर्श र वादविवाद गरेर गतिलो संविधान देलान् हामीलाई भनेर ढुक्क हुने स्थिति छैन। विशेष गरी काँग्रेसले युवा पुस्तालाई 'बाइकट' गरिसकेको छ। नयाँ सोच र उर्जालाई हाम्रा नेताहरुले शिरोच्छेद गर्ने गरेका छन्, किनभने उनीहरु भविष्यसंग त्रस्त हुन्छन् जहिलेपनि। गगन थापा किन सडकमै? सुजाता र खुमबहादुरहरुले भरिएको संविधानसभा कस्तो होला?! संविधानसभाले पनि केहि कर्मचारीलाई स्वत: स्थायी गर्ने, राजदूत भागबण्डा गर्ने गरेरै बस्ला शायद दुई-चार वर्ष! दिनको छ पटक बैठक बस्दै-स्थगित हुँदै-पटकै पिच्छे भत्ता खाँदै हुने होला त्यहाँ पनि।
'समावेशीकरण' जस्ता जार्गनहरुको राज छ नेपालमा, तर ठण्डा दिमागले सोच्दा संविधानसभा संविधान बनाउनको लागि हो, त्यसैले त्यहाँ संविधान-कानून विज्ञहरुको बहुमत हुनुपर्छ र उम्मेदवारहरुको चयन गर्ने प्रमुख आधार यहि हुनुपर्थ्यो। मेरो मतलब त्यसको स्वरुप राजनीतिक कम र सकेसम्म अध्ययनशील र बौद्धिक हुनुपर्छ भन्ने हो। शम्भु थापा, नरहरि आचार्य र प्रदीप गिरिहरुको बहुमत हुनुपर्छ त्यसमा (वामदेवजस्ता चर्का कुराहरुमात्रै गर्न जान्ने कथित 'राजनीतिज्ञ' हरुका लागि संविधानसभापछिका दिनहरु छँदैछन्)। त्यस्ता मान्छेहरु कतिले टिकट पाए र कतिले जित्लान् त्यो बेग्लै कुरो हो, तर उठाइएका भनेर बाहिर आएका नामहरुले त्यस्तो संविधानसभा बन्ने संकेत दिँदैनन्। अर्को कुरा 'समावेशीकरण'का लागि 'समावेशीकरण'को जुन लहर चलेको छ नेपालमा, त्यसले पनि संविधानसभालाई 'ऊँट' बनाउन प्रशस्त योगदान दिनेछ।
तर आशावादी हुनुको बिकल्प छैन मसंग। यसले नेपालको राजनीतिक स्वरुपलाई एउटा टुंगोमा प-याउनेछ र हामीले राजनीति बाहेकका अरु कुराहरु पनि सोच्न पाउने दिन पनि आउने छ भन्ने आशाको दियोभने मनमा बलिरहेकै छ।