अचेल वेफुर्सदीका कारण ब्लग धीत मर्ने गरी लेख्न पाईएको छैन। छ्वास्स दुइ-चार लाइन लेखेर पनि के हिँड्नु जस्तो लाग्छ। पूरानै कविताहरु पनि टाँसौं कि फेरि भन्ने पनि नलाग्ने हैन, तर तीनलाई त अझ अप्ठेरो परेको बेलाको लागि, 'अनिकाल पर्दाको लागि' जोगाउनु पर्छ भन्ने मनमा आउँछ:)
नेपालका पत्रिकाहरु राम्रोसंग पढ्ने मेसो समेत परेको छैन। छास्स-छुस्स अलि-अलि गरेर भएपनि कान्तिपुरका केहि पेजसम्म नपढीभने निद्रा लाग्दैन। एकताका कान्तिपुरको टाउकोदेखि पूच्छरसम्म सबै पढ्थें। अचेल साझाको चौतारी जान पनि छोडियो। कान्तिपुर र केही नेपाली ब्लगरका ब्लगहरु भने पढिन्छ।
नेपालमा एस.एल.सी. चलिराख्या छ। हिजो-अस्ति कहिले हो, एस.एल.सी. संग सम्बन्धित त्यस्तै केहि समाचारहरुमा आँखा परेका थिए। 'किरियापुत्री परीक्षामा', 'परिक्षा हलमै बच्चा जन्म' आदि-आदि। यस्ता समाचारहरु हरेक वर्ष आउँछन्, समाचार बन्छन् एक दुइ दिनका लागि र फेरि एक वर्षका लागि हराउँछन्। पुनरावृत्तिनै हाम्रो सही नेपाली पहिचान हो! पुरानै कुराहरु हामीकहाँ नयाँ बनिरहन्छन् र हामी उही गोलचक्करमा घुमिरहन्छौं!
नत्र यस्ता साधारण समस्याहरुले समेत हाम्रो राष्ट्रिय छापाहरुमा 'गौरवपूर्ण' ठाऊँ पाईरहने थिएनन्। किरियापुत्रीको कुरोलाई अलिक फरक मान्न सकिन्छ। शारिरिक रुपमा उ आफैं त्यति अप्ठेरोमा नहुन सक्छ, हो उसमा मानसिक तनाव प्रशश्त हुन्छ। तर बच्चा पाउने समय भईसकेकी केटीले पनि त्यहि परीक्षामा नबसी नहुने परिश्थिति कसरी आउँछ? केहि दशकदेखि हरेक वर्ष यस्ता घटनाहरु घटिरहँदा पनि किन अलिकति पनि परीवर्तन आएको छैन यो परिश्थितिमा? हामीकहाँ बालविवाह घट्नुको सट्टा उल्टो बढीरहेको त छैन कतै?
त्यसो त एस.एल.सी. संग सम्बन्धित हरेक खबरहरु वर्षको दुई पटक छाउँछन् बजारमा र बिलाउँछन्। यसमा सुधार गर्नुपर्ने कुरामात्रै हैन, यसको आवश्यकता-उपादेयतामाथिनै वहस चल्छन् साउने भेलजसरी। तर अहिलेसम्म सुधारको नाममा 'स' पनि शुरु भएको छैन।
एस.एल.सी. भन्ने जिनिसलाई खारेज गरेर विद्यालय शिक्षालाई १२ कक्षासम्म विस्तार गरिनुपर्छ। १२ कक्षा सकिएपछि पनि एस.एल.सी. जस्तो मानसिक रुपमा विक्षिप्त बनाउने खालको 'राष्ट्रिय', 'केन्द्रीय' परिक्षाको आवश्यकता छैन। विद्यार्थीहरुको क्षमताको मूल्यांकन विश्वविद्यालयहरुको प्रवेश परीक्षालेनै गर्न सक्छन्।
यस्तो कुराको विपक्षमा नेपालका राजनीतिक दलहरु र तीनका भरौटे विद्यार्थी संगठनहरु सबैभन्दा अगाडि सर्छन्। एस.एल.सी. सकेर क्याम्पस शुरु गरेका अल्लारे उमेरका विद्यार्थीहरुको समूह शायद सबैभन्दा बढी 'राजनीतिक दुरुपयोग' गरिएको समूह हो नेपालको।
स्कूललाई १२ कक्षासम्म तन्काउने वित्तिकै शैक्षिक क्षेत्रको राजनीतिकरण आधी घट्छ। तर एउटा शर्त पूरा भयो भने मात्रै, विद्यार्थी संगठनहरुलाई विद्यालयमा ढिम्किन पनि दिइनु हुन्न।
मलाई थाहा छ, अहिलेको परिष्थितिमा यो एउटा सपना मात्र हो! हामी 'उँधोमुखी' हावाको बहकाईमा लागेको समयमा बाँचिरहेछौं!
यसपाली त एस.एल.सी.को बारेको बहसलाई पनि संविधानसभाको बहसले ढाकेको छ। खासमा समाचारहरुमात्रै छन यसपाली, बहस त 'ठूला-ठूला' कुराहरुको हुन्छ 'नयाँ नेपाल' बनाउनको लागि। तर काँडा जस्ता साना समस्याहरु रहिरहे भने ठूला कुरा गरेर मात्रै केहि हुनेवाला छैन।
*********************************************
यताउताबाट;
Tibetans say several died in latest riots
Start a Web business in an extra few minutes
And before sleeping, I am bowing to Buddha's feet with this video;
यस्तै छ यहाँ,एसएलसी को चलन ! तपाईले भनेजस्तै त्यही वर्षको २ पटक कुरा चल्छ तर पछि आफैँ कता हराउँछ थाहा छैन । जति नै कुरा गरेपनि "नानी देखि लागेको बानी" भन्या जस्तो भा'छ ! के सुधार हुन्थ्यो र ? नाम मात्रै नयाँ (नयाँ नेपाल) राख्दैमा केही हुन्छ र ? मान्छे तिनै हुन्,अनि बुध्दि त्यही हो ! जयहोस एसएलसी को !
ReplyDeleteif we not solve small- small problems in right time, then they become big.
ReplyDeleteमैले बुझ्न नसकेको कुरा, त्यस्तो बिषम परिस्थिती मा पनि तिनी हरुको exam सार्ने व्यवस्था केही नहुनु हो। केही सिमित व्यक्ती हरुलाई गार्हो पर्दा त्यसको लागि फरक सेट को परिक्षापत्र छुत्तएर फेरी जांच लिन कती नै गर्हो कुरा हो र ?
ReplyDeleteThank you all. It is unfortunate that the ones who are responsible for solving such problems don't care at all. Otherwise we wouldn't be reading such news every year. It is sad that, unless there is some 'CHAMATKAR', near future too doesn't seem better.
ReplyDelete