गत शनिवार (जुलाई १८) को दिनभरि म क्योटोमा थिएँ। यो वर्षको "ईञ्जिनियर दिवस" को उपलक्षमा नेपाल ईञ्जिनियर्स एशोसिएसन-जापान केन्द्रले आयोजना गरेको एउटा विचार गोष्ठीमा सहभागी हुन क्योटो विश्वविद्यालय पुगेको थिएँ म।
नेपाल ईञ्जिनियर्स एशोसिएसनको स्थापना भएको दिन श्रावण ३ लाई 'ईञ्जिनियर दिवस'(Engineers' Day)का रुपमा मनाईन्छ। जापानमा हामीले पोहरबाट मनाउन थालेका हौं। पोहरको कार्यक्रमको बारेमा यहाँ पढ्न सक्नुहुन्छ।
यसपाली दुई वटा कार्यक्रम भए। दोश्रो कार्यक्रम जुलाई १९ मा टोकियोमा भयो। टोकियोको कार्यक्रममा सहभागी हुने मेसो मिलेन। क्योटोको कार्यक्रमका केहि तस्बीरहरु राख्दैछु आज।
"Flood Estimation Techniques and Issues in Nepal" शिर्षकको आफ्नो पेपर प्रस्तुत गर्नुहुँदै विनय कुमार मिश्रजी।
"Photochemical Oxidation of Pharmaceuticals and Personal Care Products (PPCPs) in Mixed Aqueous Solution Using Low Pressure UV Lamp and H2O2" शिर्षकमा आफ्नो अनुसन्धानका केहि परिणामहरु राख्दै रवीन्द्र राज गिरि दाइ।
सानो 'ब्रेक'को गफगाफ।
नेत्र प्रकाश भण्डारी दाइ आफ्नो प्रस्तुति "Coupling Hazard Management and Sustainable Development:Role of Engineering Education and Engineers in Nepal" राख्दै।
"Numerical Simulation of Unsteady Storm Storage into Granular Road Sub-base for Sustainable Urban Drainage" शिर्षकमा आफ्नो अनुसन्धानको प्रगति राख्दै बिदुर घिमिरेजी।
"Sediment Disasters and their Countermeasures as Sabo Technologies in the Context of Nepal" शिर्षकमा आफ्नो अनुसन्धान बारे प्रकाश पार्दै बद्रीभक्त श्रेष्ठजी।
"संविधान लेखन र त्यसभन्दा पर:नेपाली राजनीतिका संभावनाहरु र ईञ्जिनियरहरुले खेल्न सक्ने सकारात्मक भूमिका" का बारेमा आफनो मन्तब्य राख्दै भाष्कर गौतमजी।
क्योटो विश्वविद्यालयको प्रमुख 'आइकन'का अगाडि सामूहिक तस्बीर।
साँझको खाना एउटा नेपाली रेष्टूरेण्टमा।
क्योटो र टोकियोका कार्यक्रमहरुका बारे जापानबाट संचालित नेपाली समाचार पोर्टल "समुद्रपारी"मा राखिएको समाचार यहाँ क्लिक गरेर पढ्न सक्नुहुन्छ। यी कार्यक्रमहरुमा प्रस्तुत गरिएका सामाग्रीहरु केहि समय पछि नेपाल ईञ्जिनियर्स एशोसिएसन-जापान केन्द्रको गृह-पृष्ठ http://www.neajc.org मा पनि राखिनेछन्।
यतिधेरै प्रतिभामान ब्यक्तिहरु, देशले यो उपयोग गर्न पाए क्या काइडा हुन्थ्यो । प्रोफेशनल ब्यक्तित्वहरु, नेपालमा गै टाउको ठोकी जूझ्न शायद गार्हो होला; केवल शान्ती सुरक्षा को अत्याभुति र अर्जेको सिप प्रायोग गर्ने ठांउ र बातावरण भए झन कति काइदा हुन्थ्यो ।
ReplyDeleteबसन्त जी ! आफ्नो यो ज्ञान र शिप लाइ नेपाल को निम्ति पनी प्रयोग मा ल्याउन सक्ने एक कदम भए पनी मुलुक लाइ अघि बढाउन सकिने थ्यो की - है ?
ReplyDeleteनेपालमा जुनसुकै कुरा बनाउने वित्तिकै किन भत्किन्छ भनेको त इन्जिनियर जति सबै जापानमा हरेछन् । अब बाँकी फटाह ठेकेदार, भ्रष्ट्र कर्मचारी र चोर नेताको मिलिभगतमा भएको काम कस्तो होला ?
ReplyDeletethe main problem is we are not able to use our resources, ability for country. my graduation batch are gone for abroad among 90 there is only 8 left in nepal.
ReplyDeleteani yesari k ko banchha ni nepal.
ra arko kura nepal ma basare k hunchha ra? furture nai khattam
धन्यवाद बसन्त ब्रो एकदम जानकारीमुलक प्रस्तुतिको को लागि..
ReplyDeleteहेहेहे शिव जी ले एकदम घतलाग्ने कुरा भन्नु भो
म प्राबिधिक नै नभये पनि कुनै समय बिज्ञानकै असफल बिद्यार्थी भएकोले यि प्राबिधिक शब्दहरु मलाई नौलो लाग्दैनन..प्रजेन्टेशन् का गुदी नबुझे पनि सिर्शक नै भये पनि एकदम चाख लिएर पढछु
एकजना म सँगइ पढेको अत्यन्त प्रतिभशाली इन्जीनीअर साथी नेपाल मा र जापान मा र पछी अरु कता कता टप गर्नु भएछ..अहिले पनि भुकम्प सम्बन्धी अनुसन्धान गर्दै हुनुहुन्छ रे .. अमेरिका मन नपर्ने हुनाले एम आइ टी को आकर्सक अवसर छोडेर क्यानाडा मा हुनुहुन्छ अरे सुनेको छु...हाहाहा
ले म्यान को रुपमा मलाई सबभन्दा चाख लगेको नेत्र प्रकाश जी को सिर्शक हो र त्यै सिर्शक्लाई नै प्रश्न बनएर डा. बसन्त जी लगायत अरु इन्जीनीअर साथीहरुलाई सोध्न चाहन्छु:
जापान लगायत अरु धेरै बीकसित् देशहरुमा पनि उच्च खाती कमाउनु भएका तपाईं इन्जीरिअरहरुको वा अरु प्राबिधिकहरुको नेपालमा कुनै भूमिका हुन सक्छ वा नेपालीहरुको लागी तपाईंहरुको कुनै महत्व हुन सक्छ ?
बसन्त जी अबदेखि तपाईंलाई दाजु भनेर सम्बोधन गर्न चाहन्छु तपाईंको अनुमती बिना नै आशा छ मैले कतै गल्ती गरिन होला यदि तपाईंलाई मेरो नयाँ नाताले केही अप्ठेरो पर्छ भने कृपया मलाई थाहा दिनुहोला है
ReplyDeleteर जानकारीमुलक प्रस्तुतिको लागि तपाईंलाई धन्यवाद र खुशी पनि कि हाम्रा नेपाली दाजुभाइ दिदिबहिनीहरु पनि उत्तिकै सक्षम,जागरुक र बुद्दिमान छन। शायद यस्तै कुशल सन्तानहरुको साथ पाउने भए हाम्रो नेपाल साँचिकै उदाहरणकै नयाँ नेपाल हुन्थ्यो होला ।
जानकारी मुलक लेखको लागि बशन्त जि लाइ धन्यवाद!
ReplyDeleteसाच्चै हाम्रो देशले यस्ता धरोहर जनशक्तिको उपयोग गर्ने बातावरण कहिले मिलाउला है? हुनत सुझबुझ बिनानै हाम्रा देशका नेतालाइ हामिसँग पुर्बाधार बिकासको लागि सक्षम जनशक्ती छैन भनेर हचुवामा गफ हान्ने बानी परेको छ त्यसैले के ध्यान दिन्थे देश बिकास सवालहरुमा बिश्वको सम्पनशालि मुलुकहरुमा आफ्नो कार्य दक्षताको सक्षमता देखाइरहेका हजारौ बशन्त जि हरु प्रति------
लौ बशन्त जि नेपाल र नेपालिको लागि पनि केहि योजना हरु छन भने हामिमाझ पस्कनु होला है उहि केहि गर्न नसके पनि सकारात्मक feedback त दिइन्छ।
प्रतिभावान नेपालीहरुको मिठो भेलाले कमसेकम देश बिकासको लागि सोच्न केही समय खर्चिएछ । लाग्छ, बसन्त दाई लगायत अन्य दाजुहरुले आ-आफ्नो ठाउबाट नेपाली भुमी सिन्चिंन केही न केही अबश्य गर्नुभएको छ । माया थिएन भने त कार्यक्रम छोडेर बार्बिक्यू पोल्न गैन्थ्यो नि होइन र बसन्त दाई ?
ReplyDeleteविदेशमा आर्जेको ज्ञान सिप र दक्षताको स्वदेशमा हुनुपर्ने भूमिकाको प्रसंग त छदैछ, तर त्यो भन्दा पर देशबाहिर नेपालीहरुको अध्ययन, खोज, अनुसन्धान र वौद्धिक कार्यक्रमहरुले पक्कै पनि हामी नेपालीको उपस्थिति वा प्रवासमा हाम्रो अस्तित्व गौरवमय बनाउन मद्दत गर्नेछ।
ReplyDeleteबसन्तजी एउटा खरो राजनीतिक चेतना समेत भएको इन्जिनीयर हुनुहुँदो रहेछ | त्यो मैले अघिल्ला पोस्टहरूको अधार मा भनेको हुँ || न कि खालि इन्जिनीयर | एउटा आशावादी नागरिक |
ReplyDeleteसबैलाई हार्दिक धन्यबाद!
ReplyDeleteप्रज्वलजी, बेदनाथजी; त्यहि त! यति धेरै नेपाली प्रतिभाहरुलाई देशले प्रत्यक्ष सदुपयोग गर्न पाए पक्कै अझ राम्रो हुन्थ्यो होला।
सीप र दक्षता बोकेका मानिसहरुमा स्वाभिमान हुन्छ र उनीहरु नेताहरुका अगाडि झुक्दैनन्। त्यस्ता मान्छेका लागि हाम्रो देशमा अझै स्थान बनिसकेको छैन।
अन्त जस्तै जापानमा रहेका नेपाली प्रोफेशनलहरुलाई तीन मोटामोटी समूहमा बाँडेर हेर्न सकिन्छ। एउटा समूह नेपालमा सम्मानजनक जीवनयापन गर्न सकिने गरी आम्दानी हुने कुनै जागिर पाए तुरुन्त फर्कन तयार छ तर जागिरको लागि नेताहरुको गुलामी गर्न तयार छैन। एक-दुई वर्ष संघर्ष गरेर हेरौं, त्यसपछि देखा जाएगा भनेर फर्किसकेकाहरु पनि पर्छन् यहि समूहमा। अर्को समूह, केहि वर्षको exposure र पेशागत अनुभव संगालेर नेपालतिर फर्कन चाहन्छ। तेश्रो समूह, गुनासो मात्रै गर्नेहरुको जमात हो। यो समूहलाई अहिले नेपालले सक्ने जे दिए पनि नेपाल जाँदैन; अब नेपालले अहिल्यै अमेरिकी वा जापानी स्तरको सुविधा दिनसक्ने कुरो भएन।
मूल कुरा के हो भने देशमा राजनीतिक स्थिरता आयो र देशको शान्ति-सुरक्षामा सुधार आयो भने थोरै सुविधामै पनि ठूलो समूह चाँडै नेपाल फर्कन तयार छ।
अर्कोतिर यो विश्वब्यापीकरणको युगमा को नेपालमा छ र को बाहिर छ भन्ने कुराले त्यति महत्व पनि राख्दैन। आफ्नो क्षमता जहाँ बिक्छ, प्रोफेशनलहरु त्यतै लाग्ने चलन छ दुनियाँभरी। एउटा पेशेवर ब्यक्ति जहाँ पुगेपनि ऊ नेपालप्रति कत्तिको ईमान्दार छ र क्षमताले भ्याएसम्म नेपालका लागि कुनै न कुनै हिसाबले केहि गरिरहेको छ कि छैन भन्ने कुरा महत्वपूर्ण हो।
शिव प्रकाशजी, हे हे हे! अन्त हेरी कमनै मान्नुपर्छ जापानमा नेपाली ईञ्जिनीयरहरुको संख्या। नेपाल ईञ्जिनियर्स एशोसिएसनको जापान केन्द्र बनेपछि यहाँका नेपाली ईञ्जिनियरहरु धेरै सकृय भने भएका हुन्।
अर्कोतिर, नेपाल बिग्रनुमा ‘फटाह ठेकेदार, भ्रष्ट्र कर्मचारी र चोर नेताको मिलिभगत’ मात्रै जिम्मेवार होईन, भ्रष्ट ईञ्जिनियर पनि जिम्मेवार छन्। मिलिभगतमा ‘फटाह ठेकेदार, भ्रष्ट्र कर्मचारी, चोर नेता र बेइमान ईञ्जिनियर’ सबै सामेल छन्।
Wordflows जी, मेरो पनि अनुभव त्यस्तै छ। आफूसंग पढेका साथीहरु, केहि वर्षको जागिरे जीवनमा बनेका साथीहरु र आफूले पढाएका दुई-तीनसय विद्यार्थीहरुमध्ये झण्डै सबै विदेशमै छन्। जति नयाँ पुस्ता भयो, विदेशिने क्रम त्यतिनै बढ्दै गएको देखिन्छ। यो हाम्रो राज्यको गम्भिर असफलता हो। राज्यले अहिले विद्यालय पढ्दै गरेका हाम्रा भाई-बहिनीहरुलाई नेपालभित्रै बस्दाको आफनो भविष्यप्रति आश्वस्त पार्न सक्यो भने यो क्रम केहि घट्न सक्छ। तर दु:खका साथ भन्नुपर्छ हाम्रा राजनीतिज्ञ र प्रशाशकहरुमा त्यस्तो सोच चाँडै पलाउने छाँट छैन।
हावा ब्रो, ब्रोको कुरा सुन्दा त ‘विज्ञानको असफल विद्यार्थी’ जस्तो लाग्दैन।
जापानमा भएका धेरै नेपाली ईञ्जिनीयरहरुको अनुसन्धान नेपालसंगै संबन्धित छ। अरु केहि नभएपनि, भोलि देशले ती अनुसन्धानबाट प्राप्त परिणामहरु/तथ्यांकबाट लाभ उठाउन सक्नेछ। यस बाहेक कतिपय साथीहरु त नेपालमै जारी योजनाहरुमा जापानी विश्वविद्यालयहरु वा जाइकाजस्ता संस्थाका माध्यमहरुबाट संलग्न हुनुहुन्छ। राज्य अलिक योजनाबद्ध भएर लाग्यो भने देशले यसभन्दा धेरै फाइदा लिनसक्ने कुरामा भने विवाद छैन।
आशा बहिनी, आत्मीय सम्बोधनका लागि धन्यबाद! अन्यथा लिने कुरै छैन। एकदम खुशी छु म यो नाताबाट।
हाम्रा नेपाली दाजुभाई-दिदीबहिनीमा पनि प्रतिभाशालीहरु धेरै छन्। देशभित्र अवसर नपाउनाले ती बाहिरिन बाध्य छन्। हामी नेपाली बाध्यताले होईन रहरले बिदेशिने दिन कहिले आऊलान्!
प्रवीणजी, यताका यस्ता गतिबिधिहरुका बारेमा पछि पनि लेखिरहनेछु। सक्षम जनशक्ति छैन भन्ने कुरो हावा गफ हो नेताहरुको। विदेशमा तिनै नेपाली ईञ्जिनियर सक्षम हुने, नेपालमा नहुने; त्यस्तो कसरी हुन्छ? नेताहरु विदेशीलाई ल्याएर योजनाको भाउ बढाउन र कमिसन खान पल्केका छन्। यो झूटको खेती त्यसैलाई ढाकछोप गर्नका लागि हो।
नेपाल ईञ्जिनियर्स एशोसिएसन-जापान केन्द्रले संस्थागत रुपमे नेपालमा केहि काम गर्ने लक्ष पनि राखेको छ। त्यस्ता योजना बनेमा यहाँ पनि लेख्नेनै छु।
गोकुल भाइ, हो, यस्ता भेलाहरुले नेपाललाई तुरुन्तै केहि दिन नसकेपनि नेपालप्रतिको हाम्रो माया र चासोलाई जीवन्त बनाईराख्न साह्रै सघाऊँदा रहेछन्। साथमा एक-अर्काका उपलब्धिहरुका बारेमा जान्न पाऊँदा एउटा नेपालीका नाताले साह्रै खुशी लाग्दो रहेछ।
कृष्णजी, प्रवासमा नेपालीको सशक्त पेशागत उपस्थितिले हाम्रो राष्ट्रिय पहिचान र गौरवलाई अभिवृद्धि गर्न अवश्य पनि सघाउनेछ।
चुडामणिजी, राजनीतिक चेतना सबैमा हुनु अनिवार्य छ। कुनै दलको घोडा हुनु-नहुनु बेग्लै कुरा हो। म सकेसम्म आफूलाई सचेत र जागरुक राख्नन चाहन्छु। तपाईँको सद्भावका लागि आभारी छु।