June 29, 2011

Talking Minds को अर्को कार्यक्रममा

ब्लग कुनै गहिरो खाडलमा जाकिएझैं भईरहेछ। घस्रिएर बाहिर निस्कने कोशिश जारी छ, तर अझै निस्कन सकेको होईन।

ब्लगलाई खाडलबाट निकाल्न नसकेको यहि बेलामा फेरि ब्लग र ब्लगिङ्ग कर्मका बारेमा बोलियो एउटा कार्यक्रममा:)

अध्यापनरत क्याम्पसमा सकृय एउटा विद्यार्थी समाज Talking Minds ले तीन दिने कार्यशाला आयोजना गरेको थियो केहि दिन पहिला। ३५-४० जना विद्यार्थी सहभागी थिए यो कार्यशालामा। कार्यशालामा बिभिन्न विषयका प्रस्तुतिहरु र फिल्ड भ्रमण समेटिएका थिए। 

कार्यक्रम आयोजक भाईबहिनीहरुको सीप र लगन प्रशंशायोग्य थियो। कार्यक्रम आयोजनाको स्तर नि:सन्देह कुनै उत्कृष्ट पेशेवरको जत्तिकै थियो। 

त्यहि कार्यक्रमको पहिलो दिनको पहिलो प्रस्तुति मेरो थियो। मैले Blog - A Tool for Creative Expression शीर्षकमा प्रस्तुति तयार पारेको थिएँ। ब्लगको ईतिहास, नेपाली ब्लग जगतको कुरा र आफ्नो अनुभव आदि समेटेको थिएँ। फेरि ब्लगभन्दा पनि लोकप्रिय हुँदै गईरहेका सामाजिक सञ्जाल आदिका कुरा पनि आउनेनै भयो जोडिएर।
-------------------------------------------------------------------
त्यहि प्रस्तुति बनाउन ईण्टरनेट चहार्दा भेटिएका यी केहि जानकारीहरुका साथ बीट मार्न चाहन्छु आज।

- More that 164 million - number of blogs the blog identified by the blog search engine BlogPulse
  
- 600 million – People on Facebook at the end of 2010.
- 250 million – New people on Facebook in 2010.
- 30 billion – Pieces of content (links, notes, photos, etc.) shared on Facebook per month.
- 70% – Share of Facebook’s user base located outside the United States. 

तपाईँका दिन शुभ रहुन्!

1 comment:

  1. Yes, You are right Basant Dai - Blog is a tool for creative expression. And thanks for your others info. abt blog & faceBook.

    ReplyDelete