July 30, 2008
Know about our First President
Congratulations once again to Dr. Rambaran Yadav!
I was looking for more informations about our first President, in English. You can't expect the timely update on Nepal Government's website. And I think a separate website of the office of the Prsident will not be availabe soon too. Even his office and residence haven't been fully furnished yet!
There is a brief introduction in the Nepali Congress website (you have to scroll down a little bit, it is hidden among many press releases. The overall impression of the NC website was BAD for me). But it is in Nepali only.
Here is our first President in Wikipedia
And coverage in some foreign news sites.
PROFILE: Nepal's first president Dr Ram Baran Yadav
Profile: Ram Baran Yadav -- first Nepali president
Ram Baran Yadav is Nepal's first president
Physician to become Nepal's first president
(Note: This post will get updated when I find more infornmations about President Yadav.)
July 27, 2008
'उप-राष्ट्रपति' काण्डका बारेमा
केहि दिन पहिले मैले उप-राष्ट्रपतिमा निर्वाचित भएकोमा परमानन्द झालाई बधाइ दिएको थिएँ। अहिले पछुताउँदैछु।
पहिलो कारण, मलाई उनको भ्रष्ट विगतको बारेमा थाहा थिएन। महान जनआन्दोलनमा सडकमा बगेको जनताको रगत अझै आलै छ, यति छिट्टै यस्ता भ्रष्टहरु हाम्रो टाउकोमाथि चढिसकेका छन्। नेपाल र नेपाली जनताको यो भन्दा ठूलो अपमान के हुनसक्छ?! ती वीर नेपाली सन्तानहरु जसले आजको दिनको लागि आफूलाई उत्सर्ग गरे, तीनको आत्मा कति रोईरहेको होला? के हाम्रो नियति यस्तै हो? हिजो लोकेन्द्र र सूर्यबहादुरलाई टाउकोमा चढाउनाले पाएको परिणामलाई हाम्रा नेताहरुले यति सजिलै बिर्सेका हुन्? फोरमलाईनै उप-राष्ट्रपति दिनुपर्थ्यो भने पनि यी 'चरेश' झा बाहेक अरु कुनै फोरम नेताको माग किन नगरेका कांग्रेस-एमालेले?! भोलि राष्ट्रपति डा. रामवरण यादव विदेश भ्रमणमा हुँदा अथवा अरु कुनै कारणले अनुपश्थित हुँदा कार्यवाहक राष्ट्रपति यिनै झा हुनेछन्। त्यतिखेर जनताले कसरी सम्मानको आँखाले हेर्न सक्छन् राष्ट्रपतिको पदलाई? लाजले मेरो शिर निहुरेको छ र उनलाई बधाइ दिएकोमा पश्चातापमा छु।
दोश्रो कारण, उनले हिन्दी भाषामा लिएको शपथ हो। देशभरिबाट विरोध भईसकेपछि पनि अझ निर्लज्ज ढंगले 'दलको आदेशअनुसार हिन्दीमा गरेको हुं' भनेका छन्। देशको दोश्रो सबैभन्दा सम्मानित पदमा पुगिसकेपछि पनि उनले दलीय स्वार्थ नत्याग्ने संकेत देखाएका छन्। दलीय स्वार्थ र राजनीतिक मोह त्याग्न नसक्ने मान्छे किन संवैधानिक पदमा बस्न राजी भएको? ताज्जुबको कुरो छ। यदि दलकै 'राजनीति' गर्ने हो भने बाहिरै बसे हुन्थ्यो अथवा कुनै कार्यकारी पदकै दावी गरे भईहाल्थ्यो।
संचारमाध्यममा यस विषयमा धेरै मसी पोखिईसकेको छ, धेरै वहसहरु भईरहेका छन् र वादविवाद जारी छ। तैपनि मेरो सानो दिमागमा सधैं खेल्ने कुरोलाई यहाँ राखिहालौं। केहि 'मधेशी' नेताहरुको चाला मलाई गज्जबको लाग्छ। उनीहरु कथित 'मधेश'का सम्पूर्ण समस्याहरुको लागि पहाडी सत्ता र पहाडी थिचोमिचोलाई दोष दिन्छन्। विभिन्न दमनहरुमध्ये एउटा 'भाषिक दमन' पनि मानिन्छ। तर यो हिन्दी भाषा कहिलेबाट नेपालको प्रमुख भाषा बन्यो? भाषिक दमनमा त मैथिलि, भोजपुरी वा थारु परे होलान्, प्रवर्धन त ती भाषाको जरुरी होला। तर ती भाषा बोल्न यी मधेशी नेताहरुलाई किन लाज लाग्छ? उनीहरुको हिन्दीमोह पनि अर्को खालको भाषिक दमन भएन र तराईमा प्रचलित अरु भाषाहरुका विरुद्ध?
हालसालै मैले पढेको थिएँ (कतिसम्म सत्य हो थाहा छैन), जयप्रकाश प्रसाद गुप्ता र हृदयेश त्रिपाठी जस्ता 'मधेशी' नेताहरुले 'पहाडी' महिलासंग बिहे गरेका छन् रे र उनीहरुका घरमा 'आईस्योस, खाइस्योस्' ढंगका कथित 'अभिजात्य खस' भाषा बोलिन्छ रे। के उनीहरुको हिन्दीप्रेम पनि तराईका आम जनताभन्दा आफूलाई 'अभिजात्य' र उच्चकोटिको देखाउने प्रयास हो? पहाड उक्लेपनि 'अभिजात्य', तराई झरेपनि 'अभिजात्य'। के 'मधेशी' नेताहरुको राजनीतिको सार यहि हो?
अथवा आफ्नो हिन्दीप्रेमलाई भजाउँदा मिल्ने भारतीय सत्ताको धापका आडमा नेपालमा 'धम्की'को राजनीति गर्ने दाउ हुनसक्छ यो। यो धम्कीको राजनीति अति भईसक्यो! हिन्दीलाई तराईवासी सबैले बुझ्छन् भन्ने 'गोयबल्स' प्रचार कथित 'एक मधेश-एक प्रदेश'को लागि प्रयोग गरिएको एक अर्को ईन्धन मात्रै हो। पूरै तराई एक प्रदेश हुन नसक्ने भाषिक आधार स्पष्ट छ, हिन्दी-प्रेम त्यो आधारलाई मेट्ने उद्यम हो।
हाम्रा दलहरु र नेताहरुको लाचारीले गर्दा हो यो सब भएको। कामकाजको भाषासंबन्धी स्पष्ट नीति अत्यन्त जरुरी छ। भएका नीतिको पनि कडाइका साथ पालना हुनु जरुरी छ। देशमा बोलिने सबै भाषाहरु राष्ट्रिय सम्पत्ति हुन् र तीनको जगेर्ना गरिनुपर्छ, संवर्धन गरिनुपर्छ तर एउटा माध्यम भाषा त चाहियो नि। जसले जुन भाषामा बोलेपनि अरु सबै भाषामा अनुवाद हुनसक्ने संयन्त्र चाहियो कि त। कसैलाई नेपाली भाषा 'पहाडी' वा 'खस' लाग्छ भने त्यसको विकल्प के त? नेपाली जत्तिकै ब्यापक अर्को भाषा कुन छ? जनसंख्याको नगण्य हिस्साले बोल्ने हिन्दीले त त्यो ठाउँ कदापि लिन सक्दैन। फेरि हिन्दीको प्रयोगसंगै हाम्रो राष्ट्रिय अस्मिताको चिन्ता जोडिएर आउने हुँदा झन् हुँदै-हुँदैन।
आज जनता स्वत:स्फूर्त रुपमा यो हिन्दी-प्रेमका विरुद्ध सडकमा ओर्लेका छन्, यो खुशीको कुरो हो। यो विरोधको शुरुवात तराईका केहि सभासदहरुले हिन्दीमा सपथ लिएबाटै शुरु हुनुपर्थ्यो र अझ शुरुवात पनि अरु सभासदहरुबाट हुनुपर्थ्यो।
र अन्त्यमा पोशाक संबन्धी कुरा। 'पोशाक नीति'को पनि आफ्नै महत्व छ। 'मधेशी' नेताहरुभन्दा पहिल्यै माओवादी नेताहरुले हाम्रो पोशाक नीतिलाई 'पत्रु' बनाईदिईसकेका छन्। अरुले त कम से कम आफ्नो जातीय पोशाकको दुहाई दिन्छन्, माओवादीले त भाँडभैलोनै गरिदिए। माओवादीहरुको 'देउता' माओको देशमा पनि सबैले सूट लगाउँछन्। 'देउता' माओ जिउँदै हुँदा पश्चिमी सूट थिएन तर एउटा निश्चित पोशाक भने थियो। विदेशमा 'ड्रेस कोड'लाई अत्यन्त महत्व दिइन्छ। सरकारी पदाधिकारीहरु र कर्मचारीहरुको पोशाक एउटै हुन्छ। हाम्रोजस्तै जातीय विविधता पश्चिमका कतिपय देशमा पनि नभएका हैनन्, तर सबैले सूट लगाउँछन्। जापानजस्तो आफ्नो परम्परालाई हामीभन्दा धेरै माया र संरक्षण गर्ने देशको पनि कामकाजी पोशाक सूट हो। धार्मिक चाडपर्वहरुमा कहिलेकाहीं परम्परागत पोशाक पनि लगाउँछन्, त्यो बेग्लै कुरो हो।
यहाँ सूटकै मात्र वकालत भने गर्न खोजेको हैन मैले, न त दौरा-सुरुवाल-कोटकै पक्षमा आफूलाई उभ्याएको हुँ। दौरा-सुरुवाल-कोटलाई 'बाहुन' र 'खस' पोशाक भनेर राष्ट्रिय पोशाकको मान्यता दिन नसकिने हो भने अर्को ब्यबश्था गर्न सकिन्छ सबैको सहमति हुने गरी, तर तय भएको पोशाकलाई सरकारी र सार्वजनिक निकायहरुमा सबै पदाधिकारीहरुका लागि अनिवार्य गराईनुपर्छ। कामकाजी-औपचारिक पोशाकको तय काममा हुने छरितोपनाका आधारमा हुनुपर्छ। संभव भएसम्म केहि सांस्कृतिक आधार पनि दिन सकिन्छ त्यस्तो पोशाकलाई। सभासद, सांसद आदिले केहि निश्चित दिनहरुमा आफ्ना सांस्कृतिक पोशाकहरु लगाएर सहभागी हुनसक्छन् कामकाजमा तर वर्षैभरि सरकारी निकायहरुलाई 'संग्रहालय' बनाइरहनुमा कुनै तूक छैन।
मेरो ब्यक्तिगत विचारमा भने हामीले पनि सूटलाई औपचारिक पोशाकको रुपमा प्रयोग गर्न थाले हुन्छ।

July 24, 2008
'समुन्द्रसंगको पहिलो भेट'- संस्मरण
१९९२को अगष्ट २१मा हो मैले पहिलो चोटि समुन्द्र देखेको।
पेइचिङ भाषा अध्ययन संस्थानमा एक वर्ष चिनियाँ भाषा पढिसकेपछिको गर्मी बिदा थियो। धेरैजसो साथीहरु नेपाल फर्किएका थिए गर्मी बिदामा। गर्मी बिदा सकिन आँटिसकेको भएपनि म र सबिन(नाम परीवर्तित)ले यो यात्राको योजना बनाएका थियौं।
त्यो दिनको बिहानको खाजापछि हामीले पेइचिङबाट 'पेइताइख' तिरको रेल समातेका थियौं। पेइताइख पेइचिङनजिकैको नामी समुन्द्री किनार र लोकप्रिय पर्यटकीय गन्तब्य हो। हाम्रो योजना धेरै लामो पनि थिएन, एक रात बस्ने र भोलिपल्ट साँझ पर्दासम्म पेइचिङ आइपुग्ने सूर थियो हाम्रो।
रेलमा हल्का भिड थियो तर हामीले सीट भेट्टाएका थियौं। 'लोकल' रेलको काठे सीटमा मौन भएर बसिरहेका थियौं हामी। हाम्रो सामुन्नेमा एउटी वृद्ध महिला र पाँच-सात वर्षका दुई बच्चीहरु थिए, शायद तीनका नातीनीहरु हुनुपर्छ। एउटी अलिक मोटी र पोक्चे अनुहार भएकी थिई, अर्की दुब्ली र मसिनो अनुहार भएकी थिई। दुबै बच्चीहरु सुन्दर र मायालाग्दा थिए। उनीहरु एकआपसमा कुरा गर्दै हाँस्दै थिए र घरीघरी आफ्नी हजुरआमासंग पनि बिभिन्न कुराहरु सोधिरहेका थिए।
एकछिनपछि उनीहरु हाम्रो बारेमा कुरा गर्न थाले, 'कुन देशका होलान् यिनीहरु---', 'के गर्छन् होला----', 'अहिले कहाँ जान लागेका होलान्---' इत्यादि। उनीहरुलाई हामी चिनियाँ बुझ्दैनौं भन्ने लागेको थाहा हुन्थ्यो उनीहरुको कुरा गराईबाट। हामी धेरै बेर उनीहरुको कुरा सुनी नबोली बस्यौं।
"म चिनियाँ बुझ्छु नि!" एकछिनपचि मैले एउटीको हातमा कोट्याउँदै भनें।
"आब्बुई--!" उनीहरु दुबै तर्सिएर कराए। लाज मानेजस्तो गरेर एकछिन दुबैजना चूपचाप बसे। तर केहि समयमै उनीहरुको बालसुलभ चञ्चलता र जिज्ञासा फिर्ता आयो र उनीहरु मसंग खुलेर कुरा गर्न थाले। हजुरआमासंग पनि केहि कुराकानी भयो। दुईटीमध्ये एउटी छोरापट्टिकी र अर्की छोरीपट्टिकी नातीनी रे उनकी, दुबै पेइचिङमा बस्ने, अहिले गर्मी बिदाको केहि दिन बिताउन उनीसंग गाउँ जान लागेका। म दुइ घण्टाभन्दा बढी तीनै बच्चीहरुसंग कुरा गरेर बसें। यतिञ्जेल सबिने एक शब्द पनि नबोली झ्याल बाहिरको दृस्य हेरेर बसिरह्यो। उनीहरु पेइताइख नपुग्दैको कुनै स्टेशनमा झरे।
हामी पेइताइख पुग्दा त्यस्तै दुई-साढे दुई जति भएको हुँदो हो। सानो शहर थियो। स्टेशनबाट निस्केर नजानिँदो उकालो बाटो जानुपर्ने रहेछ। त्यै उकालोमा खाद्यान्न-सागसब्जीको खुल्ला बजार पनि लागिरहेको थियो। बजारको टुप्पोबाट अलिक झरेपछि समुन्द्र किनार भेटियो, स्टेशनबाट हिँडेको पन्ध्र-बीस मिनेटजतिमा। क्षितिजसम्म लमतन्न फैलिएको समुन्द्रलाई पहिलोचटि देख्दा मन आल्हादित भयो। तर समुन्द्र किनार पूरै सूनसान थियो। एक पाखो बनाउँदै-नबनाई छोडेको, झ्वाट्ट हेर्दा खण्डहरजस्तो लाग्ने दुई तल्ले घर थियो ओरालो सकिनासाथ। घर अगाडि केहि मानिसहरु तास खेल्दै थिए। 'अर्कै ठाउँमा त आईएन कतै--' भन्ने जस्तो पनि लाग्यो। पहिलोचोटि समुन्द्र देख्दाको खुशीको भाव तुरुन्तै सुकेजस्तो लाग्न थाल्यो। समुन्द्र किनार अत्यन्त फोहर थियो, जताततै प्लाष्टिक र कागतका टुक्राहरु छरिईरहेका थिए। हामीले लख काट्यौं, हामी गलत ठाऊँमा आईपुगेको नभएर पर्यटकीय याम सकिएपछि आईपुगेछौं। तास खेलिरहेकाहरुले पनि त्यसै भन्थे, तीन दिन अगाडिसम्म भिडभाड थियो रे।
झोला तिनै मान्छेहरुका अगाडि फालेर हामी पौडी खेल्न हान्नियौं। पौडिन त्यति नसक्ने भएकोले म छेउतिरै अल्मलिएँ, सबिने भने निकै परसम्म पुगेको थियो। डेढ घण्टाजति समुद्रमा चोपलिएपछि हामी फेरि त्यै खण्डहर घरतिर फर्कियौं। ती मानिसहरु शायद समुन्द्र किनारको सुरक्षाका लागि राखिएका चौकिदारहरु थिए, हामीले सोध्न भने सोधेनौं। तर एकदम रमाइला थिए ती मानिसहरु। हाम्रो क्यामेराले केहि फोटोहरु खिचिदिएर सघाए पनि तीनले। त्यो घरको दोश्रो तल्लामा सानो रेस्टूरेण्टपनि रहेछ। त्यहाँ बसेर बियरको साथमा केहि स्न्याक्सहरु खाएपछि हामी शहरतिर फर्कियौं, भोलि बिहानै फेरि आउने कुरा गर्दै। हाम्रो अबको ध्याउन्न सस्तो लज/होटल खोज्नु थियो रात बिताउन।
तर विदेशीलाई राख्न मिल्दैन भन्न थाले सबै होटलहरुले। पहिलाको 'बन्द' चीनमा त्यस्ता कुरा अत्यन्त सामान्य हुन्थे भन्ने सुनेका थियौं हामीले, तर 'खुलापन'लाई अँगालेको झण्डै डेढ दशक हुन आँटिसकेको चीनमा पनि त्यस्तो हुनसक्छ भनेर हामीले सोचेका थिएनौं। त्यो पनि पेइचिङनजिकैको पर्यटकीय स्थलमा! सडकको दुबैतिर लहरै उभिएका होटेलहरुमा पस्ने र 'विदेशीलाई राख्न मिल्दैन' भन्ने जवाफ पाएपछि निक्लने क्रम जारी रह्यो हाम्रो, धेरै बेरसम्म। कति ठाउँमा हामीले 'विदेशी भएर के भो त, पैसा नतिर्ने हैन क्या रे' भन्दै धेरै गल्फती पनि ग-यौं तर सबैले 'नियमै यस्तै छ त, के गर्ने?' भन्दै फर्काए।
"यो त अति भयो यार! अब विदेशी हैन, चिनियाँनै भनेर भएपनि बस्ने कोशिश गरौं।" हामीले सल्लाह ग-यौं। हाम्रो अनुहार चीनको बहुसंख्यक हान जातिका मान्छेहरुसंग नमिलेपनि चीनको 'सिन्चियाङ'भन्ने प्रान्तका मान्छेहरुसंग मिल्ने हुँदा हाम्रो सूर आफूलाई सिन्चियाङको मुसलमान बताएर रात बिताउने थियो। उनीहरुको नाम पनि हाम्रो जत्तिकै 'अनौठो' हुन्छ। (इस्लाम धर्माबलम्बीहरु बढी भएको यो 'स्वशाशित' प्रान्त पाकिस्तानसंग जोडिएको छ।)
हामी एउटा होटलमा पस्यौं। रिसेप्सनमा एउटी २०-२२ वर्षकी केटीमात्रै थिई। हामीले कोठाको लागि अनूरोध गर्यौं।
"कहाँबाट आउनुभएको हो?" हामीलाई सर्सर्ती नियाल्दै उसले सोधी। 'विदेशी हुन् यिनीहरु' भन्ने परिसकेको थियो होला उसलाई।
"सिन्चियाङबाट।" मैले उत्तर दिएँ।
"ल, यो फाराम भर्नुस्।"
मैले हाम्रा नाम, र ठेगाना लेख्नुपर्ने ठाउँमा 'सिन्चियाङ' लेखें।
"सिन्चियाङमात्रै लेखेर त भएन नि! शहरको नाम, टोलको नाम, घर नम्बर सबै चाहियो।" केटी झर्केर बोली।
हामी अल्मलियौं र मुखामुख गर्न थाल्यौं। चीनको सुदूर पश्चिमी प्रान्तको कुनै शहरको नाम समेत राम्ररी थाहा थिएन हामीलाई, अब टोलको नाम र घर नम्बरको त कुरै नगरौं। कुनै त्यस्तो शहरको नाम, टोलको नाम र कुनै घरको सही नम्बर आदि जानेकै भएपनि हामीले समस्याबाट मुक्ति पाउने भने थिएनौं किनभने फारमसंगै 'नागरिकता' मागिने पक्का थियो। चीनका बहुसंख्यक हान जातिले अल्पसंख्यकहरु र विशेष गरी सिन्चियाङकालाई विदेशीजत्तिनै शंकालु नजरले हेर्थे, त्यसैले 'नागरिकता' धरौटी नराखी बास पाइने थिएन, हामी सिन्चियाङको मुसलमान बन्न 'सफल'नै भएपनि।
"हेर मैयां, हामी सिन्चियाङको मान्छे हैन। हामी विदेशी हौं; विदेशी, पाकिस्तानी।" सबिनले भन्यो। 'अप्ठेरो' ठाउँमा आफूलाई 'पाकिस्तानी' वा 'भारतीय' बताएर फुत्किने हाम्रो पूरानै 'चलन' थियो। [हाम्रो काइते 'देशभक्ति!:) तर हामीमात्रै भने हैन, पाकिस्तानीहरु आफूलाइ 'भारतीय' भनेर उम्किन्थे, श्रीलंकालीहरु आफूलाई 'बंगलादेशी' भन्थे---, सबैको 'चलन' यस्तै थियो:)विदेशी त्यति धेरै नदेखिसकेका चिनियाँहरुले सजिलै पत्याउँथे।]
"अनि किन ढाँटेको त---?" केटी रिसाई।
"अब, विदेशीलाई बस्न नदिने भने सबैतिर, अनि नढाँटेर के गर्ने त--?!"
"विदेशीलाई त यहाँ पनि मिल्दैन!" अघि हामीले भरेको फारमलाई डष्टबीनतिर फाल्दै रिसेप्सनिष्ट बोली।
"-----! ------!" नेपाली भाषाका दुई-चार फोहर शब्दहरुको 'सदुपयोग' सहित आफ्नो रिस ओकल्दै बाहिर निस्कियौं हामी।
"तपाईँहरुलाई कोठा चाहिएको हो?" एकजना अधबैशं महिला हामीतिर आईन्। अघि रिसेप्सनिष्टसंग हाम्रो कुराकानी हुँदा नजिकै बसेर सुनिरहेकी देखेको थिएँ मैले।
"हो।"
"मेरो पनि लज छ, कोठा खाली छ। विदेशीलाई पनि राख्ने गरेको छ। तर यहाँबाट पाँच-सात मिनेट लाग्छ साइकलमा।"
"ए, हो र?!" बल्ल अलिक हँसिलो बोली आयो हाम्रो। "पाँच-सात मिनेट त के टाढा हो र?"
"त्यसो भए मेरो साईकलमा लान्छु नि म दुईजनालाई पालै-पालो, हुन्न?"
ती महिलाले पालै-पालो ओसारिन् हामीलाई।
तल्लो तल्ला रेष्टूरेण्ट र माथिल्लो लज थियो शायद। रेष्टूरेन्ट निकै सफा थियो। अरु केहि मानिसहरु पनि थिए तर ती ग्राहकहरु नभएर लजसंगै सम्बन्धित मानिसहरुजस्ता लाग्थे। 'सुत्ने ठाउँ'को चिन्ता हराएकोले मस्तसंग बियर पिउन थाल्यौं हामी। खाना पनि निकै राम्रो थियो त्यहाँ। खानाको पैसा र कोठाभाडा बेग्लाबेग्लै तिर्नुपर्ने भनियो हामीलाई। बेलुकाको खानालाई भनेर छुट्याएभन्दा अलिक बढीनै खर्च भयो हाम्रो, तैपनि हामी धेरै खुशी थियौं। खाना खाईसकेपछि एकछिन त्यत्तिकै गफ गरेर बस्यौं ।
"माफ गर्नुस्।" अब कोठा देखाईमाग्न प-यो भन्ने कुरा गर्दै थियौं हामी, अघिकी 'साइकलवाली' महिला हामीतिर आईन्। "यहाँ विदेशीलाई राख्न नमिल्ने रहेछ।"
"हँ------!" वियरको नशा उत्रियो हाम्रो। "अनि अघि किन नभनेको त? विदेशीलाई पनि राख्न मिल्छ भनेको हैन अघि?!" हामी रिसले मुर्मुरिएका थियौं। रातको नौ बजिसकेको थियो।
"मलाई थाहा थिएन---!" ती महिला निकै नम्र भएर बोल्ने कोशिश गर्दै थिईन्।
"त्यसो भनेर हुन्छ? यस्तो धोका दिने हो? हामी अन्तै जान्थ्यौं नि----!" हाम्रो स्वर निकै चर्को थियो।
हामी चर्को स्वरले कराएको देखेर अरु पनि आए हामी भएको टेबुलतिर। 'विदेशी राख्न नपाईने नियम छ यहाँ' भनेर कराउन थाले उनीहरुपनि। धेरै बेरको गल्फतीपछि, अलिक नम्र भएर कुरा गर्दा ठिक हुन्छ कि भनेर 'मानवीयताको नाताले भएपनि एकरात बस्न दिन' अनूरोध ग-यौं अन्त्यमा हामीले। तर कथित 'नियम' हाम्रो 'मानवीयता'को अनुनयभन्दा बलियो ठहरियो।
"अघिको ठाउँसम्म पु-याएर छोडिदिन्छु---" 'साइकलवाली' साँचिली पल्टिईन् फेरि।
"प-या छैन---!" रिसले मुर्मुरिँदै हामी बाहिर हुर्रियौँ।
एकछिन त्यसै बरालियौं। कता जाने भन्ने टुंगो थिएन हाम्रो। सानो शहर भएकोले हराइएला भन्नेचाहिँ लागेको थिएन। कम्तिमा ट्रेन स्टेशन त सजिलै भेटिने आत्मविश्वाशमा थियौं हामी।
पेइचिङको 'विदेशी भाषा अध्ययन संस्थान'ले यो शहरमा एउटा गेष्ट हाउस चलाएको छ भन्ने थाहा थियो हामीलाई। महंगो होला भन्ने सोचेर दिउँसो त्यता गएका थिएनौं हामी। बाटोका केहि मान्छेहरुसंग सोध्दै त्यहाँ पुग्यौं। तर गेष्ट हाउसमा कोठा खाली नभएको जानकारी मिल्यो त्यहाँ पनि। अघिल्लो दिन मात्रै पेइचिङबाट एउटा ठूलो समूह आएर बसिरहेको रहेछ। त्यहाँको रिसेप्सनिष्टबाट नजिकैको अर्को होटेलमा जाने सल्लाह मिल्यो। त्यो होटल, हेर्दै महंगो देखिन्थ्यो, तैपनि हामी पस्यौं। कोठा त रहेछ तर एक रातको १५० यूआन रे! हामी दुबैसंग भएको पैसा जोड्दापनि त्यति पुग्दैनथ्यो! फेरि भोलिपल्ट पेइचिङ फर्कनु पनि थियो।
कुनै उपाय बाँकी रहेन अब! होटेलबाट लगभग २ सय मीटरजति अगाडि एउटा सानो पार्क थियो। हामी त्यतै लाग्यौं। पार्कमा बेञ्चहरु थिएनन्। बीचमा रहेको एउटा खाँबोको टाउकोमा बडेमानको बत्ती बलिरहेको थियो।
"यो हाल्नचाहिँ कसरी सम्झिइस् नि यार?!" सबिनले झोलाबाट एउटा पातलो टाटजस्तो निकालेर ओछ्याउन थालेको देखेर मैले सोधें।
"झोलामा के हालौं-के हालौं भएर कोचेको---, काम लाग्यो।"
"काम लाग्या हो कि यहि टाट अलच्छिनी परेर सुत्ने ठाउँ नपाईएको हो---!"
रातको दश बजिसकेको भएपनि एकदम गर्मी थियो। लामखुट्टे त्यत्तिकै धेरै थिए। हामी कहिले झोलाको सिरानी बनाएर पल्टिने, कहिले पलेंटी कसेर बस्ने गरेर रात बिताउने कोशिशमा थियौं।
"सर्पले टोक्यो भने के गर्ने यार---?"
"मचाहिं छोड्दिंन त्यो सर्पलाई! म पनि टोक्दिन्छु तेल्लाई---!" बेला-बेलामा यस्तै कुरा गरेर हाँस्ने कोशिश पनि गर्दै थियौं हामी। तर दिनभरिको थकाई र वियरको नशा मिसिएर लठ्ठिएका हामीसंग बोल्ने र हाँस्ने शक्ति भने खासै थिएन।
बिहान चार बजेतिरबाट सिमसिम पानी पर्न थाल्यो। हल्ला गर्दै र पेइताइखलाई मातृभाषा-रात्रिभाषामा गाली गर्दै हामी ट्रेन-स्टेशनतिर लाग्यौं। त्यहाँबाट पन्ध्र मिनेटमै पुगियो। पहिलो रेल छ बजेमात्रै छुट्ने रहेछ।
दिउँसो खाना खाने बेलासम्म हामी आफ्नै छात्रावास पुगिसकेका थियौं।
(यो संस्मरण मैले २०५७सालतिरै लेखेर 'हटलाईन दैनिक' नाम गरेको, पोखराको एक स्थानीय दैनिक पत्रिकामा छपाएको थिएँ। पत्रिकाको यो लेखको अंशपनि जोगाएर राखेको थिएँ। अहिले खोज्दा भेटिएन; नेपालमै छुट्यो कि हरायो थाहा भएन। ब्लगलाई अलिक विविधतायुक्त बनाउँ भनेर यो 'पुनर्लेखन'नै भएपनि टाँसेको छु।)
July 22, 2008
“Engineers’ Day in Japan”
The Day, Shrawan 3 (Nepali calendar) is celebrated as the Engineers' Day in Nepal, and outside where NEA chapters/centers are active. Nepal Engineers' Association(NEA) was established on this day in 2024 BS(1968 AD). We started to celebrate it in Japan too from this year.
For this occasion, a talk program was organized in Kyoto University by Nepal Engineers’ Association-Japan Center on the 20th of July, Sunday. Due to busy schedules of our members, we couldn’t manage it on the Engineers’ Day itself which fell on the 18th of July. But the program was very lively and interesting. Five presentations covering different subjects were made.
I want to thank the organizing committee for their dedicated efforts.
Let me share some photographs from the event.
Dr. Taranidhi Lohani is making a presentation on the role of NEA in disaster mitigation in Nepal. The conclusion of the presentation and discussion afterwards was that NEA is not doing enough in this regard despite its long history and vast human resources which it can utilize. Many suggestions were collected from the participants too. They will be summarized and sent to NEA head office.
Dr. Rabindra Raj Giri is making a presentation on the removal of personal care products components from water. Although it was a lot of chemistry, Dr. Giri's explanation in simple terms made it interesting for all of us. Though the method and the equipments he used in this research can be useful in Nepal too, he said it was too expensive for Nepal to afford.
Er. Ripendra Awal with his presentation on the management of landslide lakes. He summarized the Japanese and Chinese experiences with elaborate discussion on Tangjiashan landslide lake cereated by the recent earthquake in China and suggested that we too have probability for such disasters and should learn from their experiences.
Mr. Gobinda Rijal with his presentation about the recent trends in genetic engineering with the focus on its uses in agriculture. He is an agriculture scientist. It was really very interesting to know about the history, present status and future possibilities of the genetic engineering.
Architect Lata Shakya with her presentation on using the traditional public structures of Buddhist Newari community as the care center for senior citizens. she also discussed the possibility of integrating senior citizens from cultures other than Buddhist Newari too into such facilities.
A big "Thank you!" to all the participants.
Participants at the program hall.
Near the main entrance of Kyoto University.
Walk along the banks of a river, towards a Nepali Restaurant for dinner.

July 19, 2008
नेपालको राजनीति-जासूसी धारावाहिक
फोरमका परमानन्द झा उपराष्ट्रपति बनिसके र ४ मत कम भएर कांग्रेसका रामवरण यादव राष्ट्रपति हुन पाएनन्।
परमानन्द झाज्यू लाई हार्दिक बधाई र सफल र लोकप्रिय कार्यकालको शुभकामना!!!
नेपालको राजनीति कुनै उत्कृष्ट जासूसी धारावाहिक भन्दा कम छैन! लामो समयसम्म घटनाक्रम एक ढंगले सुस्तरी अघि बढ्छ, निष्कर्षको बारेमा मान्छेहरुको एउटा अडकल हुन्छ। अचानक नयाँ मोड लिन्छ कथाले र मान्छेहरुलाई पक्का हुन्छ निष्कर्षको। तर भईदिन्छ बिल्कूल फरक, कसैले पनि नसोचेको, नसम्झेको!
गिरिजा, माधव नेपाल, सहाना, रामराजा----आदिमा घुमिरहेको धारावाहिक माधव नेपालमा पुगेर अडिने पक्का लाग्या हुँदो हो सबैलाई तर माओवादीले अस्तिताका अचानक देखाएको 'चलाखी'ले रामराजा नेपालका पहिलो राष्ट्रपति बन्ने निश्चित भईसकेको थियो। आज बिहान केहि घण्टामा घटनाक्रमले यस्तो नयाँ मोड लिन्छ भनेर शायदै कसैले सोचेका थिए होलान्! राष्ट्रपति पदको चुनाव फेरि हुने भएपछि यो अवधिमा अझ के के हुने हो! के फोरम कांग्रेस-एमालेसंगको सम्झौतामा अडिग रहला? कि मेरो भागको उप-राष्ट्रपति पड्काईहालें अब मलाई कण्डैसित्ती भनेर नयाँ खेल खेल्न थाल्ला? के एमालेले सभामुख पाउला त साँच्चिकै? कि फेरि खाल्टाँ' जाक्किएला? माओवादीले केहि नयाँ खेल नखेल्ला र फेरि? हे भगवान! अपरम्पार छ नेपाली राजनीति! नेपाली राजनीतिको बारेमा अनुमान गर्न म भने छोडिदिन्छु अब। तपाईँ नि?
अहिलेमात्रै होईन, अचेलका सबै घटनाक्रमहरु यस्तै गरी 'अप्रत्याशीत' ढंगले अगाडि बढेका छन्।
अरु देशमा पनि यस्तै हो त? राजनीतिमा अलि-अलि चलखेल त जता पनि होला तर हाम्रोमा जति 'रमाईलो'चाहिँ कतै नहोला भन्ने लाग्छ मलाई।
खासमा यस्तो खाले 'राजनीतिमा पोल्टिक्स घुसेका' कुराहरुको बारेमा केहि समय नलेख्ने योजना थियो मेरो। संस्मरण आदिको तयारी गर्दै थिएँ। माओवादीले एमालेलाई खाल्टाँ' हालेपछि केहि लेख्न हात चिलाएको हो। समय मिलेन यतिखेरसम्म। अहिले समय मिल्यो बल्ल, तर अब त त्यो प्रसंग 'डाइनोसर' भईसक्यो!:)
संविधानसभा-चुनावपछिको एमालेको मनोदशालाई हेरेर 'एमालेको छट्पटी' भन्ने एउटा 'टाँसो' हाँनौंकि भन्ने पनि लागेको हो केहि समय यताबाट। त्यो पनि लेख्नुपर्लाजस्तो छ चाँडैनै।
राष्ट्रपति नागरिक समाजबाट भईदिए हुन्थ्यो जस्तो लागेको थियो शुरुमा मलाई। तर माओवादीको कठपुतली हैन कि स्वतन्त्र चिन्तन भएको, राजनीतिक रुपमा निष्पक्ष, इमान्दार। तर माओवादीको तुक न तालको अडान देखेपछि अहिलेको नेपाललाई राष्ट्रपति बलियै चाहिन्छ भन्ने लाग्न थाल्यो। देशको राजनीतिक यथार्थ र समीकरणनै यस्तै छ, तर माओवादीमा अत्यन्त ठूलो दम्भ देखिन्छ। संवैधानिक रुपमा राष्ट्रपति र प्रधानमन्त्रीका काम, कर्तब्य र अधिकार स्पष्ट रुपले छुट्याएपछि कथित 'दोहरो सत्ता' कसरी बन्छ? हो पदमा हुने ब्यक्तिको छवि र ब्यक्तित्वको असर हुनसक्छ केहि, तर त्यहि निर्णायक कदापि हुँदैन। खासमा माओवादी आफ्नो अकण्टक एकलौटी सत्ताको खेती गर्न चाहन्थ्यो। एकलौटी खेतीको सम्भावना अझै टरिसकेको भने छैन।
विहानले दिन देखाउँछ। अबका दुई वर्ष हामीले अझ 'रमाइला' जासूसी धारावाहिकहरु देख्न पाउनेछौं! दुई वर्ष सरकार बनाउने र गिराउने खेलमै बित्ला जस्तो छ। दुई वर्षमा संविधान बन्छ कि बन्दैन? बनेपनि कस्तो बन्छ?

July 16, 2008
‘Upload’ Yourself and Live Forever
Most of us easily accept to view the body part of us as a ‘machine’. But, what about our consciousness? What about our feelings, memories-------? Some people, they are very famous scientists and technologists, think that our consciousness too is a kind of ‘machine’. They say that it is a very complex ‘software’! So our body is the hardware and our consciousness the software. We are nothing more than the complex 'wiring' and '0' and '1' bits! Our senses, experiences and memories are the programs stored inside us. When you say something bad to me, some ‘switch’ inside me gets triggered, a program which makes me angry gets executed and I become ‘angry’! That simple! And another program will also be created which will remind me of this incident in future too. Fire executes another program and you feel heat and pain. It goes on like that!
Funny? Do you think this is just a joke that I am making as I couldn’t write anything new?
There is some serious discussion going on. Some people think that we can upload ourselves to a chip! One day computers will be so powerful that brain-machine interaction will be as common as photocopying. Then you can upload all of your memories, feelings etc. to a chip. Or you may choose to upload the good memories only. You will not have to live in your body. But you will be able to feel and enjoy your existence because you have uploaded yourself to a new body, a chip. If you continue to live in your ‘physiological’ body, it will die one day and your existence will die with it too. But if you live in a chip, you can live ‘forever’. But wait, someone can ‘delete’ you from your body, here too! Or someone can change ‘you’ so that you feel pain and loneliness only.
This concept is called 'singularity'. Some diehard believers of ‘singularity’ believe that such a day is very near. They believe that we will be able to ‘upload’ ourselves by 2030. Raymond Kurzweil, a 60 years old scientist and one of the proponents of this concept, even takes 30 vitamin supplements everyday so that he can live and stay healthy until 2030!
It was new and very interesting for me to read articles, both supporting and against this concept of singularity. I don’t believe that such a day will come. Our existence is far more complex and mysterious than any powerful machines we will ever build can comprehend. One thing is sure, machines will be more powerful than us in many aspects, and they already are in some. But ‘uploading’ our whole consciousness and existence to a chip is hard to digest!
But it is a funny concept. It will be interesting to read this again in 2030. The only problem is the reminder. What can be the best to remind me about ‘singularity’ in 2030? It will also be interesting to see what the ‘diehard’ believers will have to say then, if any of them still remain ‘believers’.
If you too are interested, you can read this discussion here.
July 12, 2008
आदिकवि भानुभक्तमा श्रद्धाञ्जली
भानु-जयन्ती विशेष। तल 'स्पीकर'मा क्लिक गरेर सुन्न सक्नुहुन्छ।
(I started this with imeem.com. But I couldn't solve this '30second preview only' in imeem.com, so using box.net now. If you are an experienced imeem.com user, please share your ideas in this regard. I am using the free account.)

July 09, 2008
जी-८ को होक्काइडो शिखर सम्मेलन
तीन दिनदेखि संसारका ८ शक्तिशाली औद्योगिक राष्ट्रहरुका राष्ट्राध्यक्षहरुको सम्मेलन भइरहेको छ होक्काइडोको सुरम्य पर्यटकीय स्थल तोयाकोमा। जी-८को आधिकारिक वेबसाइट अनुसार शिखर सम्मेलन(summit)होक्काइडोमा भएपनि मन्त्रीस्तरीय बैठकहरु भने जापानभरि छरिएका रहेछन्।
जी-८को सम्मेलन जी-८मात्रै नभएर अरु बिभिन्न देशहरु र निकायहरुको पनि सहभागितामा हुँदैछ। द्रुत आर्थिक विकास, विशाल भूगोल र जनसंख्याका कारण नयाँ आर्थिक र सामरिक शक्तिका रुपमा उदाउँदै गरेका दुई एशियाली मुलुकहरु चीन र भारत, यूरोपियाली यूनियन, अफ्रिकी मुलुकहरुका प्रतिनिधि निकायहरु, ब्राजिल आदिको उपस्थितिले वर्तमान विश्वको जेलिएको अन्तर्सम्बन्धलाई स्पष्ट पारेको छ। आफ्नै तालले अगाडि बढ्न अब विश्वका अति विकसित र शक्तिशाली राष्ट्रहरुलाईपनि सम्भव रहेनछ।
विश्व तापमान बृद्धि, अकाशिँदो तेलको भाउले ल्याएका समस्याहरु र विश्वब्यापी आर्थिक मन्दीमा केन्द्रीत छ यो सम्मेलन। साथमा 'अफ्रिकाको विकासका लागि चौथो अन्तर्राष्ट्रिय सम्मेलन' पनि हुँदैछ।
विश्व तापमान बृद्धि सबैभन्दा पेचिलो समस्या हो हाम्रो समयको। हुनत विश्व तापमान बृद्धिमा हाम्रोजस्तो देशको नगण्यपनि योगदान छैन होला तर यो हाम्रो लागिपनि ठूलो समस्या हो। अझ हाम्रो गरीबिका कारण सबैभन्दा पहिला असर पर्नेमा हामी पर्छौं। "खाई न पाई-छालाको टोपी लाई" भन्ने नेपाली उखान चरितार्थ हुन्छ यहाँ। हाम्रो उपाय भनेको विश्व तापमान बृद्धिका कारणहरु विरुद्ध आफ्नो आवाज मिसाउनु, औद्योगिक देशहरुलाई वातावरण-मैत्री प्रविधि अझ बढी प्रयोग गर्न घच्घच्याउनु र आफ्नो भावी आर्थिक विकासको बाटोलाई सकेसम्म वातावरण-मैत्री बनाउनु हो।
हिजो जी-८ले सन् २०५०भित्र विश्व तापमान वृद्धिका कारक 'ग्रीन हाउस ग्यास'हरुको उत्सर्जनमा आधा कटौती गर्ने लक्षको घोषणा गरेको छ। अल्पकालीन, मध्यकालीन लक्षभने देशहरु आफैंले तय गर्नेछन् भनिएको छ। जी-८का वर्तमान अध्यक्ष जापानी प्रधानमन्त्री यासुओ फुकुदाले केहि समय अगाडि "फुकुदा दृष्टिकोण" (Fukuda Vision)नाम दिँदै जापानले सन् २०५० भित्र
आफ्नो ग्रीनहाउस ग्यासहरुको उत्सर्जनमा ६०-८०% कटौती गर्ने महत्वाकांक्षी योजना पेश गरेका थिए। अहिलेको जी-८ सम्मेलनको यो निर्णयमा केहि हदसम्म प्रधानमन्त्रीको फुकुदाको 'लबीइङ' पनि जिम्मेवार हुनसक्छ। तर २०५० जस्तो टाढाको लक्ष राखेर र निकट भविष्यका लक्षप्रति मौन रहेर गरिएको घोषणाको सार्थकता कहिलेसम्म रहला र विकसित देशका भावी नेतृत्वले यो घोषणालाई पछ्याउलान्, नपछ्याउलान्, यो भने शंकाको विषय हो।
केहि जापानी संचार माध्यमहरुले जी-८को यो बैठकलाई 'अलोकप्रिय नेताहरुको भीड' पनि भनेका छन्। हुनपनि जर्मन चान्सलर मर्केलबाहेक बुश लगायतका बाँकी जी-८ नेताहरुको लोकप्रियता यतिखेर धेरै कम छ। गत सेप्टेम्बरमा ५९% जनमतका साथ आफनो कार्यकाल शुरु गरेका फुकुदाको लोकप्रियता झरेर मे मा २१% सम्म पुगेको थियो। सम्मेलनका कारणनै होला, अहिले उनको लोकप्रियता २९% मा उक्लेको छ।
तर यो जी-८ सम्मेलनले फुकुदालाई फेरि दह्रो लोकप्रियता दिन्छ कि दिँदैन, त्यो हेर्न भने केहि समय पर्खनै पर्छ।
(साभार:बिभिन्न संचारमाध्यमहरु)

July 07, 2008
"No!" to 'एक मधेश-एक प्रदेश'
फोटो साभार:कान्तिपुर दैनिक
नेपालका सबै रोगहरुको जडको रुपमा आजसम्मको केन्द्रीकृत राज्यब्यबश्थालाई दोष दिन थालेका छन् सबैले। यसको पुनर्संरचना गरी संघीय राज्यको रुप दिने प्रयासनै आजको नेपाली राजनीतिको यथार्थ र गन्तब्य दुबै हो। तर नयाँ राज्यको संरचना कस्तो हुँदा सबैले न्याय पाउन सक्छन् भन्ने कुरामा सबैतिर बहस जारी छ अझै। राज्यको पुनर्संरचनाकै लागि भनेर तेत्रो 'जम्बो' संविधानसभाको निर्वाचन पनि भएको छ। अबको दुई वर्ष संविधानसभाभित्र र बाहिर सबैतिर ब्यापक छलफल र वादविवाद नगरी राज्यहरुका सिमा कोर्न थालियो भने त्यो बिखण्डनको बीउ रोपेसरह हुनेछ।
यसै प्रसंगमा अचेलको नेपाली राजनीतिको 'तातो' विषय 'एक प्रदेश-एक मधेश'को नारा मलाई वेमौसमी र बेतुकको लागेको छ। अहिल्यै कुनै राज्यको सीमा यो हो भनेर तोक्नुपर्ने हो भने हामीलाई चुनाव र संविधानसभानै किन चाहिएको थियो? दोश्रो सिंगै नेपाल जति विविधतापूर्ण छ, मेचीदेखि महाकालीसम्म फैलिएको नेपाली मैदानी भूभागपनि त्यत्तिकै भाषिक-सांस्कृतिक-भौगोलिक विविधतापूर्ण छ। एक राज्यले मात्रै त्यो विविधताको सम्बोधन कदापि हुनसक्दैन। 'एक मधेश-एक प्रदेश' केन्द्रीकृत नेपालकै अर्को रुपमात्रै हुनेछ।
'एक मधेश-एक प्रदेश'को नारा उचाल्ने नेताहरुको नेपालप्रतिको निष्ठामा शंका गर्दिन म। तर एउटा कुरा के भने स्पष्ट देखिँदै आएको छ भने तराइका केहि 'स्थापित' राजनीतिज्ञहरु तराइमा 'आफ्नै' केन्द्रीकृत सत्ता लागू गरेर भूमिसुधार लगायतका सामाजिक-सांस्कृतिक परीवर्तन र अग्रगमनलाई रोक्न चाहन्छन्।
यी 'कुनियत'हरुका का विरुद्ध देशभरि आवाज उठिरहेछ, यो अत्यन्तै खुशीको कुरो हो।
अर्कोतिर, देश टुक्राउने नियत भएपनि-नभएपनि 'एक प्रदेश-एक मधेश' नयाँ नेपालको घाँटीमा कुनैबेला पनि कस्नसकिने पासो बनेर रहनेछ। भारतसंगको पारवहन निर्भरता र समग्र आर्थिक निर्भरतामा तात्विक कमी नआउँदासम्म 'एक मधेश-एक प्रदेश' नेपाल देशभित्रको 'भिआइपी' राज्य बनेर रहनेछ र यसले अरु राज्यहरु र केन्द्रीय राज्यलाई सजिलै घुँडा टेकाउने हैसियत राख्नेछ। यो संभावनालाई कुनै पनि हालतमा रोकिनै पर्छ।
यसबारेमा मैले अलिक पहिला पनि केहि लेखेको थिएँ, जुन यहाँ 'मूसो' पिटेर हेर्न सक्नुहुन्छ।
भर्खर पढें 'मधेश' शब्दको सट्टा 'तराइ' शब्दको प्रयोग गर्न 'स्वनामधन्य मधेशी नेताहरु तयार भए रे! तर यो कुन ठूलो कुरो भयो? शब्द जे राखेपनि सार त उहि हैन र?
July 05, 2008
म पनि रोएँ भने-----
फेरि 'इतिहासको ब्याज'ले काम चलाउने मन थिएन तर ब्लगमा केहि पनि नटाँसेको एक हप्ता हुन लागेछ। त्यसैले ध्वाँसो जमेको पेटारोबाट निकाल्दैछु यो गजल। मेरो छोटो गजल यात्राको पहिलो गजल हो यो।
तिमीसंगै सुँक्क-सुँक्क तारा गनी रोएँ भने
तिम्रो आँशु कल्ले पूछ्ने म नै पनि रोएँ भने?
जग सामु देखिनुछ धातु ढाली बनेको झैँ
तिम्रो शिर अड्ने छाती कहाँ अनि रोएँ भने?
ज्वरो बोकी हिँडेकै छु बेहोश हुन के बेर!
समयको खातबाट घाउ खनी रोएँ भने,
वर्षौँ भयो मैनको मन भित्र भित्रै पग्लेको
जिन्दगीनै बाढी बन्ला ऐया भनी रोएँभने!
गोतामेको आँशु बग्छ रगतझैँ भित्र भित्रै
मेरो आफ्नो के नै बाँकी बाहिर पनि रोएँ भने ?