May 16, 2013

कवि सम्मेलन

मोबाईल टोनहरुको नौमती बजीरहेछ 
झुण्ड-झुण्ड जन्ती गफ चालू छन्
सभाध्यक्ष ऊँघिरहेछ
प्रमुख अतिथि घुँडामा मुन्टो जोतेर-
शायद कुनै मोबाईलमन्त्र फुस्फुसाईरहेछ
कवि कविता पढीरहेछ
अजीर्ण हुने गरी अंग्रेजी शब्द खुवाईएको
उसको ‘छोटो’ ‘नेपाली’ कविताको पाँचौ पृष्ठ
कवि सम्मेलन जारी छ
कवि सम्मेलन जारी छ
र एउटा प्रश्न पनि जारी छ,
कविताचाहिँ कसले सुनिरहेछ?
(साँझ ५ बजे, बैशाख ७, २०७०; पोखरा)

1 comment:

  1. धेरै ठाउँमा धेरै पटक यस्तो दृश्य देखेको छ यो मनुवाले बसन्त दाइ !

    ReplyDelete