February 12, 2013

क्षतिपूर्ति



क्षतिपूर्ति

गौरवका साथ घोषणा गरीरहेछ ब्याधा
क्षतिपूर्तिको,
लाग्छ-
फिला-फिला र चोक्टा-चोक्टा गरेर
उसले बेचेको छ एउटा जीवनको मासु
र ‘दान’ दिँदैछ-
नाफाबाट अलिकति कोट्याएर,
ए ब्याधा!
के जीवनको मोल तैंले तोकेर तोकिन्छ?

(दिऊँसो १२:४० बजे; माघ ५, २०६९; पोखरा)

No comments:

Post a Comment