May 12, 2012

भो न कुरो गरम्!


यो ब्लगले पाए जति दु:ख अरु कसैले नपाओस्।

ब्लगलाई श्वाश दिन यति गाह्रो भईरहेको छ कि, भो न कुरो गरम:)

यस्तरी अनुपश्थित हुनुपर्ला कुनै दिन भनेर सोचेको पनि थिईनँ। यो लामो अनुपश्थितिका लागि क्षमाप्रार्थी छु।  भन्नलाई म कार्यरत रहेको स्थान एउटा 'ईञ्जिनियरिङ्ग क्याम्पस' भए पनि यहाँको ईण्टरनेट प्रणालीले बेला-बेला हावा खाईरहन्छ, विशेष गरी शिक्षक-कर्मचारी आवास क्षेत्रमा।

देश जातीय द्वन्द्वको भड्खालोमा जाकिने संकेत देखा पर्दैछ। नाकै मुनिबाट भयंकर साम्प्रदायिक हावा चलीरहेछ। कतै मैले पनि आफ्ना अरु पहिचानलाई पछाडि सारेर आफ्नो 'नाक'लाईनै आफ्नो पहिचान ठानेर त्यसै अनुसार चल्नुपर्ने दिन आउन लागेको त होईन भन्ने शंकाले चौबीसै घण्टा चिमोटीरहेछ मलाई।

अब फेरि केहि लेख्ने कोशिश जारी गर्नेछ यो ब्लगले।

तपाईँका दिनहरु शुभ रहुन्!

No comments:

Post a Comment