March 22, 2012

राष्ट्र प्रेम अनि प्रतिफल

- रिषभ आत्रेय
 
एक हुल नेपाली टुइटर प्रयोग कर्ता नेपालीले 'नेपाल' लाई टुइटरको ट्रेन्डमा ल्याउन गत हप्ता निकै प्रयत्न गरे तर सफल भएनन । यो प्रसङगबाट कम्तिमा दुई ओटा शिक्षा लिनु पर्दछ । एउटा कथा छ, बाँदरले आफ्नो सुतिरहेको प्रिय मालिकको अनुहारमा माखा नाचेको देख्न नसकी झम्टन्छ। परिणाम माखा होइन मालिकको अनुहारनै चिथोरिन पुग्छ। प्रेमको त्यो तितो प्रतिफलको अर्को कथा नेपाल अनी नेपाली बनिरहेका छौ।
 
टुइटरको यो प्रसँगले सिकाएको एउटा पाठ, हामी नेपाली कुनै काम गर्नु अघी कती अध्ययन गर्दारहेछौ त ? भन्ने हो। टुइटरमा कुनै पनि शब्द वा वाक्य ट्रेन्ड गर्न हुल्का हुल टुइट गर्नु अघि टुइटर ट्रेन्ड भनेको केहो बुझ्नु जरुरी छ। ट्रेन्डको नेपाली अर्थ हुन्छ, प्रब्रिती। टुइटर प्रब्रिती के हो त ? टुइटरको नियम अनुसार, कसैले आफ्नो बिषय ट्रेन्ड मा पार्न जबर्जस्त प्रयत्न गर्नु हुँदैन। संसारले हेर्ने बिषयमा देश प्रेमको नाममा नियम मिचाइ गर्नु कतीको उपयुक्त होला ? नेपाली यूवाहरुले माथिको बाँदरको कथा मनन गर्नु आवश्यक छ । टुइटरले ट्रेन्डमा आउने बिषय छान्न बिशेष गणितिय बिधी ( algorthm) प्रयोग गर्दछ। सो बिधी अनुसार सबैभन्दा छोटो समयमा धेरैले चर्चा गरेको बिषय मात्र ट्रेन्डमा पर्न सक्दछ। उहि  प्रयोग कर्ताले बारम्बार टुइट गरेर हुनेहोइन। अझ एउटै टुइटमा एक भन्दा बढी ह्यास राखी एउटै  शब्द टुइट गर्दा प्रयोग कर्ताको एकाउन्टनै कालो सुचिमा पर्ने (बन्द हुने ) सम्भावना हुन्छ। नेपाली प्रयोगकर्ता त्यो पनि एउटै समयमा एउटै बिषयमा टुइट गर्ने को सँख्याले सो गणितिय बिधी पार गर्न जटिल नै  छ । नेपाली टुइटर प्रयोग कर्ताको आफ्नै ट्रेन्ड के छ भने सकेसम्म रिटुइट नगरि  RT प्रयोग गरी पुन: टुइट गर्ने प्रचलन छ। कसैलाई प्रतिउत्तर गर्दा पनि RT नै प्रयोग गरेर पुन: टुइट गर्ने त नेपाली फेसननै बनेको छ। रिटुइट नै नगरि कसरी एउटै बिषय छिटो चर्चामा आयो भन्ने होला? सफल हुन उदारता चाहिन्छ, एउटा रिटुइटमा पनि चुत्थो गर्नु आवश्यक छैन।
 
अर्को पाठ यो प्रसँग ले के दिएको  छ भने, नेपाल लाई टुइटरमा ट्रेन्ड गर्नुको कारण के त ? त्यो नै प्रस्ट नहुनु । यसरी युवा पुस्तानै उद्देश्य बिहिन कार्यमा समय खेरा फालेर नेपाल संसारमा चिनिएला ? वा कस्तो रुपमा चिनिएला ? नेपाली प्रख्यात नभई नेपालमात्र प्रख्यात हुनु भनेको संसारमा ईथोपिया प्रख्यात हुनु जस्तै हो तेसैले नेपाली युवा हरु टुइटरमा नेपाल लाई प्रख्यात गराउन होइन आँफै प्रख्यात हुनको लागि अध्ययन अनुसन्धानमा समय लागाउने कि ? 

No comments:

Post a Comment