July 13, 2011

स्पन्दन कविता पुरस्कार

आज भानुजयन्ती, यसैले सर्वप्रथम आदिकवि भानुभक्तमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु।
-------------------------------------
सात महिना पहिले मैले मेरो एक कविता 'परदेशी' ले स्पन्दन कविता पुरस्कार - २०१० प्राप्त गरेको कुरा यहाँहरुसमक्ष राखेको थिएँ। त्यसबारेमा यहाँ क्लिक गरेर पढ्न सक्नुहुन्छ। त्यहाँ मैले 'स्पन्दन' साहित्यिक पत्रिका र यसका प्रकाशक अग्रज साहित्यकार आदरणीय होम बहादुर क्षेत्रीज्यूका बारेमा पनि केहि लेखेको छु।

स्पन्दनले अरु बिभिन्न बिधामा पनि पुरस्कारहरु घोषणा गरेको थियो र पूर्व योजनाअनुसार पुरस्कार वितरण समारोह आजकै दिन आसाममा हुने कार्यक्रम थियो। यहि निहुँमा म आसाम घुम्ने योजना र कल्पनामा पुगीसकेको थिएँ। तर केहि समय पहिला क्षेत्री सरको सन्देश प्राप्त भयो, विशेष कारणवश कार्यक्रम आयोजना गर्न सकिएनछ। उहाँले प्रमाणपत्र पठाउन ठेगाना माग्नुभएको थियो। केहि समयपछिनै आईपुग्यो प्रमाणपत्र, र पुरस्कार राशि पनि मनी ट्रान्सफरका माध्यमबाट हात प-यो।
----------------------------------------
उक्त सम्मानका लागि फेरि एकपटक 'स्पन्दन' परिवार र आदरणीय क्षेत्री सरलाई हार्दिक धन्यबाद दिन चाहन्छु र नेपाली भाषा-साहित्यको सेवामा लागीरहने दृढता व्यक्त गर्दछु।



5 comments:

  1. फेरी एकपटक बधाई तपाईंलाई वसन्तजी । व्यक्त दृढतामा तपाईंको कलम अटुट चलोस् । शुभकामना!

    ReplyDelete
  2. दिपक दाइ ले भन्नु भए झैँ फेरी एक पटक बधाई छ यहाँ लाइ - बसन्त दाइ !

    ReplyDelete
  3. एकदमै खुशी लागेको छ ! हार्दिक बधाई । अब भोज कहिले खुवाउने त ?(प्रमाणपत्र सँगै दाम पनि जो आएको छ :)

    ReplyDelete
  4. हार्दिक धन्यबाद यहाँहरु सबैलाई!

    दिलिप दाइ, अबको पटक काठमाण्डौं आऊँदा भोज पक्का भयो ल:)

    ReplyDelete