May 15, 2011

भीरको डिलमा उभिएर

देशलाई भीरको डिलमा पु-याएका छन् दल र नेताहरुले। संविधान बन्ने कुनै छाँट छैन, एक वर्ष म्याद थपेपनि बन्ने छाँट छैन किनभने नेताहरुको दरिद्र चिन्तनशैली र राष्ट्रघाती चरित्र जस्ताको तस्तै छ। नेता र दलहरुको चिन्तनशैली र चरित्रमा सकारात्मक परीवर्तन नआऊञ्जेल अर्को दश वर्षमा पनि संविधान बन्ने छैन। दल, नेता, संविधान-सभा र सरकारको बारेमा कुरा गर्न पनि लाज लाग्छ अचेल। जनताले यी सबैबाट आशा मारीसकेका छन्। 

यो विषयमा ब्लगमा लेख्न पनि मन लाग्दैन अचेल, लेखेर के हुन्छ र जस्तो लाग्छ। यो दुरावश्थामा पूरै देशजस्तै निराशा र आक्रोशको अनुभूति भईरहेछ मलाई पनि। अबको हाम्रो बाटो पूरै अन्धकारतिर पस्ने आशंकाले जलाईरहेछ मलाई पनि।

नेता र दलहरुले यो देशको भविष्यको ख्याल राखिदिए हुन्थ्यो, हामीपछिका पुस्ता-दरपुस्ताको स्वाधीनताको ख्याल राखिदिए हुन्थ्यो।

साभार: Destination Nepal

2 comments:

  1. बसन्त दाइ साच्चै यो देशमा के भै रहेको छ ! एक दम दु:खद परिस्थिति सृजना मात्र भै रहन्छ !
    कति भन्ने, कति कराउने तर नि - सुन्ने ले कुरा नसुने पछी, बुझ्ने ले कुरा नबुझे पछी ....भन्ने जस्तै भै रहेछ , होइन र ?

    ReplyDelete
  2. बसन्त जी,एक दिन यी सबै मासिएर जानेछन् । आश गर्न नछाडौं । कर्म गर्न नछाडौं ।

    ReplyDelete