June 29, 2008

एनआरएनको क्षेत्रीय अधिवेशन

फेरि एनआरएनलाई विषय बनाएर यति चाँडै लेखिएला भन्ने लागेको थिएन। तर नआत्तिनुस् यस पटक प्रशंशाका शब्दहरु बढी छन्:)

एनआरएन-जापानको राष्ट्रिय अधिवेशनको 'गाइजात्रा'को बारेमा लेखेपछि यहि ब्लग र अर्को एक ब्लगको माध्यमबाट केहि मित्रहरुले असन्तुष्टि जनाएका थिए। साथमा 'तैंले ब्लगमा लेख्नाले फलानो रिसायो अथवा फलानोले यसो भन्यो।' भन्ने कुरा पनि नसुनिएका हैनन् तर अनौपचारिक स्रोतबाट आएका कानेखुशीलाई हल्लाको रुप दिन मन लागेन। मेरो गुनासो जित्ने अथवा हार्ने कुनै पनि पक्षसंग थिएन, म 'पक्षगत' भएर त्यहाँ पुगेको थिईँन। मेरो मूल विरोध प्रकृयासंग थियो र एनआरएन-जापानको राष्ट्रिय समिति र अधिवेशन आयोजक समितिले देखाएको नीतिवीहिनता र सम्मेलन ब्यबस्थापनको 'असक्षमता'संग थियो। साथमा आवश्यक उचित हस्तक्षेप नगरी यी सबै नीतिविहिनता र 'भाँडभैलो'को मौन साक्षी बस्दै 'गाइजात्रा'रोक्न नचाहेका एनआरएनका माथिल्ला कमिटिहरुसंग पनि थियो। यहि ब्लगमा आएको 'तेत्रो भाँडभैलो हुँदा तँचाहिँ के हेरेर बसिरहेको थिस्?!' भन्ने आशयको प्रतिकृयाको जवाफ दिएको थिएँ र भविष्यमा अलिक समय मिल्दा लामै जवाफ लेखौंला भन्ने लागेको थियो, समय मिलेन यो बेग्लै कुरो हो। अब यतिखेर लेख्नलाई प्रसंग अलि पूरानो पनि भईसक्यो। केहि मित्रहरुलाई यो ब्लग शुरु भएकै एनआरएनको विरोध गर्न हो भन्ने लागेको हुनसक्छ, तर यो ब्लगमा बढीमा पाँच प्रतिशत मात्रै एनआरएनको बारेमा लेखिएको होला।

आइतबार (जून २९)मा एनआरएन-तोकाइ होकुरिकुको क्षेत्रीय अधिवेशन थियो। औपचारिक रुपमा म नेपाल ईञ्जिनियर्स एशोसिएसन-जापान च्याप्टरको तर्फबाट निम्त्याईएको थिएँ। अर्कोतिर कार्यक्रम नागोयामै भएको थियो र घनिष्ठ साथीहरु संलग्न थिए। त्यसैले कार्यक्रममा त जान्थेंनै जसरी पनि।

कार्यक्रम एक घण्टा ढिलो गरी शुरु भयो। मेरो आफ्नो ब्यक्तिगत कमजोरी पनि राखिहालौं यहाँ। म शुरु हुने भनेर तोकिएको समयभन्दा आधा घण्टा ढिलो गरी पुगेको थिएँ। जानीजानी ढिलो हुने नियत नराखेको भएपनि समयमा नपुग्नुलाई आफ्नो कमजोरी मान्छु र भविष्यमा यस्तो नहुने प्रतिबद्धता जनाउन चाहन्छु।

कार्यक्रम ढिलो शुरु भएपनि सबै वक्ताहरुले ढुक्कसंग लामै समय बोलेका थिए। म आफूले छोटो बोलेजस्तो लाग्थ्यो तर एकजना भाइले 'दाइले पनि लामै बोल्नुभयो।' भनेपछि थाहा पाएँ सहभागीहरुलाई 'मानसिक यातना' मैले पनि दिएछु:) यसमा पनि क्षमाप्रार्थी छु।

राजनीतिक दलहरुका जापानस्थित भातृ संगठनका साथीहरुको मन्तब्यमा एनआरएनको विषयभन्दा नेपालको दलीय राजनीति बढी 'गन्हाएको' थियो। तिब्र उथलपुथलबाट गुज्रिरहेको नेपाली राजनीतिको 'गन्ध' कुनैपनि नेपाली कार्यक्रमहरुमा आउनु स्वाभाविक हो तर कार्यक्रमको माहौललाईनै 'प्रचण्ड-झलनाथ-गिरिजा'मय बनाएर राजनीतिक जुहारी खेलेको बिल्कूल चित्त बुझ्दो थिएन। साथीहरुले बालुवाटार-सिंहदरबारमा खेलिईरहेका दाउपेचहरुलाई 1st hand experience जस्तो गरी लम्बेतान 'ब्याख्या' र 'घोचपेच' गरीरहेका थिए, जो त्यति स्वाभाविक देखिइरहेको थिएन।

सबै वक्ताहरुले निकट विगतको राष्ट्रिय अधिवेशनको प्रकृयागत कमजोरी र 'भाँडभैलो'को प्रसंग सम्झँदै क्षेत्रीय अधिवेशन त्यो परिस्थितिबाट मुक्त हुने आशा र शुभेच्छा राखेका थिए।

एनआरएनका राष्ट्रिय अध्यक्ष र केन्द्रीय उपाध्यक्षको मन्तब्यको पालो थियो अन्तिममा। सधैंजस्तै, ठोस कुरा भन्दा पनि 'अमूर्त' र 'दार्शनिक' कुराहरु बढी थिए दुबै अतिथिहरुको मन्तब्यमा। 'नेपाल राम्रो नभए हाम्रो के काम', 'नेपालीले नेपालीलाई माया गर्नुपर्छ', आदि-आदि। एनआरएनका माथिल्ला कमिटिमा दर्शनशास्त्र लोकप्रिय छ कि क्या हो:) यस्ता कुरलाई नराम्रो भन्न खोजेको भनेको हैन मैले। तर सधैं यस्तै कुरा गरेर बसीरहने हो भने एनआरएनका बारेमा उठेका अनगिन्ती जिज्ञासाहरुको जवाफ चाहिँ कसले र कहिले दिने? आज एनआरएनको राष्ट्रिय अधिवेशनको बारेमा उठेका प्रश्नहरुको सीमितरुपमै भएपनि राष्ट्रिय अध्यक्ष र केन्द्रीय उपाध्यक्षज्यूहरुबाट केहि जवाफ आउनेछ भन्ने लागेको थियो मलाई। आत्मआलोचनासहित त्यस्तो अराजकता भविष्यमा नदोहोरिने प्रतिवद्धता आउनेछ भन्ने लागेको थियो तर दुबै अतिथिज्यूहरुको मन्तब्यमा कतै पनि त्यो प्रसंग आएन। साथै नयाँ नेपाली राजनीतिलाई प्रवासी नेपालीहरुको हितमा प्रयोग गर्नका लागि एनआरएनले लिएको सोच र बनाएको योजनाको बारेमा पनि खासै थाहा पाइएन।

सांगठनिक र आर्थिक प्रतिवेदनको प्रस्तुति पछि नयाँ क्षेत्रीय समिति बन्यो निर्विरोध रुपमा। अन्त्यमा रमाईलो साँस्कृतिक कार्यक्रम पनि भयो र कार्यक्रमले साँच्चिकै जीवन्तता र पूर्णता पायो।

केहि कमजोरी रहँदारहँदै पनि आजको क्षेत्रीय अधिवेशन भने भद्र र अनुशाशित वातावरणमा सम्पन्न भयो। आयोजक समिति र निवर्तमान कार्यकारी समितिका साथीहरु धन्यबाद र बधाईका पात्र छन्।

र यो पनि आशा गरौं कि 'पाठो'को सूझबूझबाट 'माउ'ले पनि धेरै कुरा सिक्ने छ:)

(यसपटक कार्यक्रमका फोटोहरु नराख्ने विचार गरेको छु। बरु साथीहरुबाट प्राप्त भएपछि google video वा youtubeमा अपलोड गरेर भिडियोहरुनै राख्नेछु।)

5 comments:

  1. Absolutely impartial article. I cant agree anymore about what you wrote.
    All Nepalese events start hours later than planned. Plus, almost every program has
    -speakers from 3 parties
    -NRN Japan Pres, and ICC Vice
    And what they speak is almost the same in every program....

    I wonder why more "fruitful" programs are not being organized.

    BTW,
    Thanks for adding the Majheri link to your blog. But, please earase "Kumar's" part :D
    Well, it is more a public place than my blog.... In addition, I am waiting for your submissions. Indeed, it will be an honor to have your high-quality articles in Majheri.
    Still working on making it easier to navigate....

    --Kumar

    ReplyDelete
  2. Thank you Kumar for the comment. "Nepali time" has become the norm for us Nepalese whereever we are.

    OK, I have removed "Kumar's" part on the link. Thank you for your invitation to write in MAJHERI. I will try to post something new. But my problem is that I have been completely unable to write anything new since long. If I post something, it will be one of my old creations.

    Thank you for your effort in developing MAJHERI.

    ReplyDelete
  3. nice blog.trying to write the life of Nepali in japan.how are they spending their life in japan.
    Narendra raule,
    Kathmandu,Nepal

    ReplyDelete
  4. Basantji,
    Except few basic knowledge about NRN Japan and its 'activities', my understanding about it 'lacks' adequacy. However, we must confess that, despite of being exposed to foreign (especially, Japanese) culture, we have not been able to give-up our own 'unique' ways of handling organizations & the associated events. Besides this, due to the extra-ordinary prevailing political developments back in Nepal, I don't think any gathering can conclude without discussing on the homeland 'political' issues.
    I appreciate your narration skill in presenting the issues so lively. If we are writing something, especially on Nepalese organizations, we should not give heed to the biased remarks; however, at the same time, we should also be unbiased.
    Its good to know that the present NRN meeting was held in more disciplined and cordial environment. I wish the same happens in Nepalese context, where the "leaders" have great responsibility to transform the country into a prosperous tomorrow.

    ReplyDelete
  5. Welcome to this blog Narendra Bhai! Thank you for the comment.

    Thank you Deependrajee! We Nepalese still haven't learnt two main things. One is 'time management'. All of us know 'Nepali time', so it doesn't need any explanation. Second is, we become very 'unruly' and 'violent' when more than 20 of us Nepalese gather.
    It had some weaknesses but overall this regional program of NRN was disciplined and peaceful.

    ReplyDelete