March 23, 2008

"पोखरा" कवितामा

साथी गालबको अनुरोधमा अर्को एउटा कविता राख्दैछु। २०५३ सालको मंसिरको कुनै बिहान म पहिलोपल्ट पोखरा पुगेको थिएँ। रात्रि बसमा गएको थिएँ म। एक दिन-एक-रातको बसा‌ईपछि भोलपल्ट बिहानै फर्केको थिएँ त्यहाँबाट। एक वर्षपछि, २०५४को भाइटिकाको भोलिपल्ट जागिरे जीबनको एउटा चरणलाई अगाडि बढाउन फेरि पोखरा पुगें। त्यो बसाई लम्बियो, नटुंगिने गरी। पोखराको अनुहार माछापूच्छ्रे र फेवातालमा सीमित नरहेको देखेपछि यो कविताले जन्म लिएको हो।

"पोखरा"

पोखरा-
जहाँ ढाका टोपी लागाएर झरेको गाऊँलेलाई
गुण्डाले लुट्छ र ठोक्छ
कुकुरले भुक्छ र टोक्छ,
पोखरा-
जहाँ बस चालक र सञ्चालकहरु
बिहान सबेरैदेखि सुन्दर "रात्रिभाषा" बोल्छन्
र यात्रुका कानलाई "पवित्र" पार्छन्,
पोखरा-
जहाँ जहाँ उभिएर हेरेपनि तारहरुले
अन्नपूर्णलाई तीन टुक्रा
र माछापूच्छ्रेलाई चारटुक्रा पार्छन्,
पोखरा-
जहाँ एकै पटक सडकमा
मोटरहरु र मोटरसाइकलहरु
गाईहरु र भैँसीहरु
मान्छेहरु र कुकुरहरु
भेला हुन्छन्
र प्रजातन्त्रको सदुपयोग गर्छन्,
पोखरा-
जहाँको शब्दकोषमा "सडक" भन्नाले
प्रत्येक घरको ढल निकास अथवा
भैँसीको आहाल भन्ने अर्थ लाग्छ,
पोखरा!
सौन्दर्यको बस्ती
जहाँ मनपरी घरहरुको गाँड पलाउँछ
पोखरा!
तालहरुको शहर
जहाँ सडकमा ताल
र सडक किनारामा छाल हुन्छ ,

म जहाँ भएपनि-ए पोखरा!
गुम्दै गएको तिम्रो सौन्दर्य
र बढ्दै गएको तिम्रो कुरुपता देख्दा
मलाई रुन मन लाग्छ ।


(२०५७-०४-१९, बिहान ११:१५ बजे, लामाचौर, पोखरा)
************************************************
नराम्रो कुरा मात्र देखाएको अथवा तिक्तता मात्रै पोखेको जस्तो पनि लाग्न सक्छ, तर यो वास्तविकता हो। म 'काठमाडौं' भन्दा फरक पोखराको लागि आशावादी थिएँ तर मैले देखें जुन-जुन गल्ती काठमाडौंले गरीसकेको छ, पोखरा पनि तिनै गल्तीहरु दोहोराउँदैछ।

अब यो कविताको शैलीको कुरा। कविताका शब्दहरु, तिक्तता वा रुखोपना मेरा हुन् तर शैली भने भूपि शेरचनको एउटा अत्यन्त सुन्दर कविता "मेरो देश" बाट नक्क्कल गरीएको हो। म भूपिको die hard fan! मेरो सबैभन्दा प्रिय नेपाली कवि भूपि! उहाँका जस्ता कविता लेख्न नसकेपनि शैलीकै नक्कल गर्न सकें भनेपनि मेरो लागि गौरवकै कुरो हुनेछ।

14 comments:

  1. Thank you nabin. Its my pleasure. I am going to add you.

    ReplyDelete
  2. जुन गल्ती काठमाडौंले गरीसकेको छ, पोखरा पनि तिनै गल्तीहरु दोहोराउँदैछ। let's hope after election everything will goes fine and this time Nepali people selects right candidates.

    ReplyDelete
  3. Basanta jee intresting poem..

    पोखरा-
    जहाँ ढाका टोपी लागाएर झरेको गाऊँलेलाई
    गुण्डाले लुट्छ र ठोक्छ
    कुकुरले भुक्छ र टोक्छ,
    पोखरा-

    यो कबिता पडेर त म २०५८ सालमा क्याम्पसबाट सर्बे काम्पको लागि पोखराको लामाचौरमा रहेको ईअसको होस्टलमा १ महिना बसेर पोखरामा बिताएको तिता मिठा क्षन हरुको सम्झना गरायो .....

    thanx....

    ReplyDelete
  4. सबैतिर यस्तै हो !

    ReplyDelete
  5. म पोखराको टुरिष्ट ट्रापहरुमा मात्र घुमेको छु। सर्सर्ति हेर्दा काठ्माडौं भन्दा धेरै नै राम्रो लागेको थियो, सायद राम्रो नै होला पनि.....तर दुइ चार दिन मोज गर्न पोखरा जानु र कामकै कारण लामो समय त्यहिं बस्नु पर्नु फरक कुरा हो......
    मलाइ चांहि त्यता तिर पोखरेली accent मा नबोले होटेलवाला र ट्याक्सीवाला ले बढि उसुल्छन् भन्ने अनुभव भयो, तर यो कुरा त काठ्माडौं मा पनि कायम थियो होला.........

    अरु भन्दा पनि बिदेशमा केहि न केहि का प्राक्रितिक सम्पदालाइ पनि ब्यबस्थित गरेको देख्दा र नेपालमा अथाह सम्पदा त्यसै अपहेलित हुदै गरेको संम्झदा दुख भने लाग्छ.....We seem to take that for granted because it was always there

    ReplyDelete
  6. जे भएपनी पोखरा नेपालको मुटु हो !! र संसार को एउटा सुन्दर ठाउँ !!

    ReplyDelete
  7. Thank you all for reading the poem.

    Yes Sameer bro, lets hope things will get better after this election. Elections by themselves can't do anything. If all parties and communities accept the results of the upcoming election (provided it is free and fair), we can leave our past and move ahead.
    Well, I will not talk negative here. Lets hope that will be the scenario.

    Badrijee, I lived and worked in that place for six years. Survey camps were generally during Dashain-Tihar break or winter vacation, right?

    aakar bro, it is sad to see that all the beautiful places in our country are getting ugly due to lack of proper planning.

    Prajwoljee, Pokhara is still very beautiful. But it is heading towards a wrong direction. Its population is increasing very fast. If the new settlements go on increasing without any planning, it will become like Kathmandu soon. Building standards/codes should be stricter in Pokhara than other places.
    On the other hand, I can recollect many instances of typical 'Pokhreli' rudeness, I am not writing it now. That may be similar for any place. People may have this feeling of being 'local' and may feel perfectly OK to misbehave with people from other parts of country.

    Arati, yes it is heart. Heart needs more care.

    ReplyDelete
  8. Basanta jee,

    Thanks for posting this poem. Mero request lai sunidinubhayekoma...

    I remember reading this poem a few years back in a forum. Having lived in Pokhara for about a decade, I was quite touched with the poem. I know many Pokhrelis and Pokhara lovers, (myself included), do not want to acknowledge the fact that Pokhara is indeed following Kathmandu's path.... but what you wrote is reality. Let's hope Pokhara preserves what it truly has.

    Gaalab

    ReplyDelete
  9. माफ गर्नुहोला वसन्त जी , केहि अगाडी देखि तपाईं मेरो ब्लगमा पसेर कमेण्ट पनि लेख्ने गर्नुहुन्थ्यो । मैले तपाईंको लिँक मेरो ब्लगमा रख्छु भन्दा भन्दै दिन त्यसै खेर गै रहेको थियो । हिंजो भने मैले तपाईंको ब्लग आफ्नो ब्लगमा एड गरेको छु ।

    पोखरा कविता उत्तम लाग्यो । यस्तै कविताहरु अरु पनि पढ्न पाउने आश राख्छु ।

    ReplyDelete
  10. Thank you Deepakjee. I will add you too.

    ReplyDelete
  11. kabita ramro chha
    -uhi jwai

    ReplyDelete